अन्तर्राष्ट्रिय Archives - Page 13 of 14 - साझाकुरा
सोमवार, असार ८, २०८३

अन्तर्राष्ट्रिय

अमेरिकाको माउ टापुको जंगलमा आगो लाग्दा ३८५ जना बेपत्ता
अन्तर्राष्ट्रिय, समाचार

अमेरिकाको माउ टापुको जंगलमा आगो लाग्दा ३८५ जना बेपत्ता

लस एन्जलस स् अमेरिकाको हवाई राज्यस्थीत माउ टापुमा रहेको जंगलमा आगो लाग्दा ठुलो क्षति पुगेको छ । सैयौंको संख्यामा जंगलमा रहेका जलचर, थलचर लगायत अन्य प्राकृतिक सम्पदाहरु जलेर नष्ट भएको जनाईएको छ ।   आगलागीपछि उद्धारमा खटिएका सहित तीन सय ८५ जना बढि अझै बेपत्ता भैरहेको बताईएको छ । माउ प्रहरी विभाग र अमेरिकी संघीय अनुसन्धान ब्युरोले शनिबार संयुक्तरूपमा एक विज्ञप्ति जारि गरि उक्त संख्यामा मानिसहरु हराईरहेको जनाएको हो । माउइ जंगलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा समेत प्रवेश गरेकाले त्यसमा परि एक सय १५ जनाले ज्यान गुमाएको बताईएको छ भने अधिकांशको मृत्यु माउइको समुद्री किनारको लहाइनमा गत साउन २३ गते लागेको डढेलोमा परेर भएको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । झण्डै एक दशक पछि भएको यो प्राकृत...
युक्रेनका रक्षा मन्त्री ओलेक्सी रेजनीकोभलाई बर्खास्तीमा परेका छन् ।
अन्तर्राष्ट्रिय

युक्रेनका रक्षा मन्त्री ओलेक्सी रेजनीकोभलाई बर्खास्तीमा परेका छन् ।

युक्रेनका राष्ट्रपति भ्लोदोमीर जेलेन्स्कीले रक्षा मन्त्री ओलस्कीलाई पदबाट बर्खास्त गरेको बीबीसीले जनाएको छ । रुसले सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण शुरु गर्नू अघिदेखि नै ओलेस्कीले युक्रेनको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनलाई पदबाट बर्खास्त गरेपछि राष्ट्रपति जेलेन्स्कीले युक्रेनको स्टेट प्रोपर्टी फन्डका प्रमुखका जिम्मेवारिमा रूस्तम उमरोभलाई नयाँ रक्षा मन्त्रीको रुपमा नियुक्ती दिएका छन्। जेलेन्स्कीले रक्षा मन्त्रालयमा अब नयाँ सोच र दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए । जेलेन्स्कीले बर्खास्त गरिएका ओलेस्कीलाई बेलायतमा युक्रेनका लागि राजदूत बनाएर पठाउने निर्णय गरेको समेत अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ओलेस्कीले पछिल्लो समय बेलायतका वरिष्ठ मन्त्रीहरूसँग राम्रो सम्बन्ध विस्तार गरेको युक्रेनी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।...
अन्तर्राष्ट्रिय

भारतको ओडिशामा चट्याङ्ग लागेर १० जनाको मृत्यु

सनिवार भारतको ओडिशा राज्यमा परेको चट्याङ्गबाट १० जनाको मृत्यु भएको छ भने अन्य ३ जना गंभिर घाईते भएका छन् । ओडिशाको विभिन्न ६ जिल्लामा वर्षाका कारण जनजीवन प्रभावित बनेको बिबिसीले जनाएको छ। ओडिशाको विशेष राहत आयुक्तको कार्यालयका अनुसार खोरधा जिल्लामा मात्रै चट्यांकका कारण चार जनाको मृत्यु भएको छ भने तीन जना जना घाइते भएका छन्। यस्तै बलाङ्गीर जिल्लामा दुई जना, अङ्गुल, बौध, जगतसिंहपुर र ढेकानाल जिल्लामा एकएक जनाको मृत्यु भएको छ भने दर्जन बढि घाईते भएको उल्लेख गरिएको छ । ।    ...
उत्तर कोरियाद्वारा फेरि मिसाइल प्रक्षेपण, दक्षिण कोरिया र अमेरिकी सैन्य अभ्यासलाई चुनौती
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा फेरि मिसाइल प्रक्षेपण, दक्षिण कोरिया र अमेरिकी सैन्य अभ्यासलाई चुनौती

एजेन्सी । उत्तर कोरियाले फेरि अर्को मिसाइल प्रक्षेपण गरेको छ । उत्तरले कोरियाली प्रयाद्वीपको पश्चिम तटीय समुद्रतर्फ क्रुज मिसाइल प्रक्षेपण गरेको हो । दक्षिण कोरियाली सेना र अमेरिकी सेनाले कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास गर्न थालेपछि उत्तरले निरन्तर लामो तथा छोटो दूरीका मिसाइल प्रक्षपण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उत्तरले आफ्नो पूर्वी तटमा दुई वटा व्यालेस्टिक मिसाइल प्रक्षपण गरेको केहीदिन पछि आज शनिबार बिहानै अर्को प्रक्षेपण गरेको दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीहरुले बताएका छन् । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार अमेरिका र दक्षिण कोरियाका सेनाहरुले उत्तरका गतिविधि संयुक्त रुपमा निगरानी गरिरहेका छन् । सो प्रक्षेपणमार्फत दक्षिण कोेरिया र अमेरिकी सेनाले ११ दिनसम्म गरेको उच्च सैन्य अभ्यासलाई चुनौती दिएको उत्तर कोेरियाली अधिकारीह...
अस्ट्रेलियामा गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह
अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह

एजेन्सी । अस्ट्रेलियाको अधिकांश स्थानमा गर्मी बढेको भन्दै सम्भावित बिपदबाट शतर्क रहन चेतावनी जारी गरिएको छ । जंगलमा डढेलो लाग्नसक्ने र गर्मी अत्याधिक बढ्नसक्ने भन्दै सबैलाई शतर्क रहन त्यहाँको मौसम विज्ञान ब्युरोले चेतावनी दिएको हो । गत बिहीबार जारी गरिएको पूर्वानुमानमा २०२३ मा अस्ट्रेलियाका अधिकांश स्थानमा वर्षा कम हुने बताइएको छ । त्यस्तै, तापक्रम पनि उच्च हुने बताइएको छ । गर्मीका कारण जंगलमा डढेलोको सम्भावना उच्च रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ । अधिकांश क्षेत्रमा गत वर्षको तुलनामा कम मात्रै वर्षा हुने र त्यसको असर कृषि उत्पादनमा पनि पर्ने बताइएको छ । अहिले अस्ट्रेलियाको तापक्रम १९६१—१९९० को औसतमा भन्दा १.५४ डिग्रि सेन्टिग्रेट भन्दा माथि चलिरहेको छ । यो १९९६ पछिकै सबैभन्दा गर्मी भएको हो ।  ...
क्यानडामा ४२० स्थानमा डढेलो, ६५ हजार बढी परिवार बिस्थापित
अन्तर्राष्ट्रिय

क्यानडामा ४२० स्थानमा डढेलो, ६५ हजार बढी परिवार बिस्थापित

एजेन्सी । क्यानडाको धेरै जंगलहरुमा आगलागी भएको छ । पश्चिमी प्रान्तका ब्रिटिश कोलम्बिया र नर्थवेस्ट टेरिटोरीका जंगलहरुमा डढलो लागेको हो । खडेरी र लामो समयसम्म बेमौसमी तापक्रम वृद्धिले डढेलो नियन्त्रण बाहिर रहेको बताइएको छ । २४ घण्टामा करिव २० ठाउँमा डढेलो लागेको छ । धेरैजसो डढेलो चट्याङका कारण लागेका हुन् । देशभर ४२० स्थानमा डढेलो लागेको बताइएको छ । सरकारले ४ हजार २ सय बढी परिवारलाई जोखिम क्षेत्रबाट स्थानान्तरण गरेको छ । त्यस्तै ६५ हजार बढीलाई स्थानान्तरण गराउन आदेश दिइएको छ । डढेलोको कारण प्रभावित प्रान्तमा दुई हप्ता आपत्कालीन अवस्था घोषणा गरिएको छ । ब्रिटिश कोलम्बियाले गत हिउँददेखि खडेरीको सामना गरिरहेको छ । उत्तरी क्षेत्रमा पानी नपर्दा आगो नियन्त्रणमा लिन झनै समस्या भएको बताइएको छ । सात दिनपछि मात्रै एकपटक दक्षिणी हावा बहेकोमा खशी भएको मन्त्री एमएले बताउनुभयो । डढेलो निभाउ...
थाईल्याण्डमा प्रधानमन्त्री स्रेथा नेतृत्वको नयाँ मन्त्रिमण्डल
अन्तर्राष्ट्रिय

थाईल्याण्डमा प्रधानमन्त्री स्रेथा नेतृत्वको नयाँ मन्त्रिमण्डल

थाईल्याण्डमा स्रेथा थाभिसिन नेतृत्वको नयाँ मन्त्रिमण्डल गठन भएको छ । त्यहाँका राजा महा वजिरालोङकोर्नले स्रेथा थाभिसिनलाई प्रधानमन्त्री र अर्थमन्त्रीको रूपमा नियुक्त गर्दै नयाँ मन्त्रिमण्डललाई अनुमोदन गरेपनि नयाँ नेतृत्वको मन्त्रिमण्डल अनुमोदित भएको हो । । राजा महा वजिरालोङकोर्नले ६ जना उपप्रधानमन्त्री र अन्य मन्त्रीसहित ३४ जना मन्त्रीलाई नियुक्त गर्ने निर्णयलाई अनुमोदन गरेको राजपत्रमा प्रकाशित सुचनामा उल्लेख गरिएको छ । गठबन्धन सरकारको नेतृत्व गरिरहेको फेउ थाई पार्टीले रक्षा, अर्थ, यातायात, वाणिज्य, जनस्वास्थ्य र विदेश मामिलालगायत १० वटा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेको छ भने गठबन्धनका साझेदार भुमजैथाई पार्टीले गृह, शिक्षा र श्रम मन्त्रालयको जिम्मेवारी लिने सहमति गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । थाइल्यान्डको संविधानअनुसार मन्त्रिपरिषद्का नयाँ सदस्यले राजासमक्ष निष्ठाक...
इजरायली र प्यालेस्टाइनी सैनिकबीच झडप
अन्तर्राष्ट्रिय

इजरायली र प्यालेस्टाइनी सैनिकबीच झडप

इजरायली र प्यालेस्टाइनी सैनिकबीच नाब्लस शहरमा बिहीवार राति भएको भिडन्तमा हुँदा वेस्ट बैंकको १० प्यालेस्टाइनी र ४ जना इजरायली सैनिक घाइते भएका छन् । इजरायली सेनाले दर्जनौँ इजरायलवासीलाई धार्मिक अनुष्ठानका लागि नाब्लसको फ्ल्यासपोइन्ट साइट जोसेफको चिहानमा लैजान नाब्लस शहरमा आक्रमण गरेको थियो । प्लोस्टाइनी नागरिकहरुले भने जोसेफको चिहानसम्म जाने सडकहरु अवरुद्ध गर्दै बिरोध गरेका थिए । उनीहरुले इजरायली गाडीको टायर जलाउनुका साथै इजरायली सेनाको गाडीमाथि ढुंगा प्रहार गरेका थिए । ईजरायल र प्यालेस्टाईन बिच लामो समय देखि बैमनस्यता बढिरहेको र ठुला ठुला युद्धहरु हुँदै आएका छन् । ईजरायल संगको पटक पटकको युद्धमा प्यालेष्टिनले आफ्नो भुमि र हज्जारौं आफ्ना सैन्य दस्ता गुमाईसकोको छ ।...
जोहानेसबर्गको एक भवनमा आगलागि हुँदा ६५ जनाको मृत्य
अन्तर्राष्ट्रिय, समाचार

जोहानेसबर्गको एक भवनमा आगलागि हुँदा ६५ जनाको मृत्य

दक्षिण अफ्रिकाको ठूलो सहर जोहानेसबर्गको आगलागिमा परि ६५ जनाको मृत्यु भएको छ । त्यहाँ रहेको एक पाँच तले भवनमा अकस्मात आगलागि हुँदा ६५ जनाको मृत्यु भएको छ भने ५० बढि गंभिर घाईते भएको बीबीसीले उल्लेख गरेको छ । आगलागि पश्चात आग्नी नियन्त्रण र उद्धारमा खट्ने दर्जन बढि उद्धारकर्ता र सहयोगिहरुको समेत ज्यान गएको बताईएको छ । त्यहाँका आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता रोबर्ट मुलाउजीले आफ्नो २२ वर्षे सेवा अवधीमा यति बिनासकारि आगलागि कहिल्यै नदेखेको भन्दै दुख ब्यक्त गरेका छन् जोहानेसवर्ग दक्षिण अफ्रिकाकै सवैभन्दा ठुलो र अति ब्यस्त सहर मानिन्छ । यो सहर जोहानेसवर्गको प्रमुख आर्थिक एवम् व्यापारिक केन्द्रका रुपमा रहेको प्रवक्ता मुलाउजीले बताए । उनले उक्त भवनमा अझैपनि पुरिएका शवहरु हुनसक्ने भन्दै खोजि कार्य जारिरहेको जानकारी दिए । उनले भवनमा कति मानिस थिए भन्ने यकिन नहुँदा खोजीमा कठिनाइ भैरहेको ब...
अदालतद्वारा पाकिस्तानका पुर्वप्रधानमन्त्री ईमरान खानलाई हिरासतमा राख्न आदेश
अन्तर्राष्ट्रिय

अदालतद्वारा पाकिस्तानका पुर्वप्रधानमन्त्री ईमरान खानलाई हिरासतमा राख्न आदेश

भाद्र १४, गोप्य दस्तावेजहरु सार्वजनिक गरेको आरोपमा पाकिस्तानको उच्च अदालतले पुर्वप्रधानमन्त्री ईमरान खानलाई हिरासतमा राख्न आदेश दिएको छ । ईस्लामाबाद स्थीत उच्च अदालतले पुर्वप्रधानमन्त्री खानलाई मंगबार धरौटीमा रिहागर्न आदेश दिएको खुशियालीमा उनको समर्थकहरु खुशीयालिको तैयारीमा थिए । अदालतको पछिल्लो आदेशले उनका समर्थकहरुमा निराशा बढाएको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् । पुर्व प्रधानमन्त्री खानलाई करिव दुई सय वटा मुद्धा लगाई थुनामा राखिएको छ । आफुलाई आगामी निर्वाचनमा लड्न नदिन षडयन्त्र पुर्वव सैयौं निराधार आरोपमा मुद्धा लगाईएको नेता खानले दावी गरेका छन् । खानका वकिल सलमान सफदरले अदालतले औपनिवेशिक युगको गोप्य कानुनी प्रावधान अन्तरगत खानलाई दुई हप्ता हिरासतमा राखेर अनुशन्धान गर्न आदेश दिएको जानकारी दिएका छन् । पुर्वराष्ट्रपति खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय तोकिएको छ भ...