देशभरका होटल ब्यवसायीहरुद्धारा संखुवासभाको पर्यटन प्रवर्धनमा सघाउने प्रतिवद्धता
कृष्णराज शाक्य
संखुवासभालाई पुर्वको पर्यटन हब बनाउने उदेश्यले देशभरका होटल ब्यवसायीहरु संखुवासभामा भेला भएका छन् ।संखुवासभालाई देशकै प्रमुख गन्तब्यस्थलका रुपमा चिनाउने उदेश्यले होटल ब्यवसायी महासंघले केन्द्रिय सचिवालय बैठक तथा राष्ट्रिय भेला समेत भर्खरै संखुवासभाको सदरमुकाम खाँदबारीमा सम्पन्न गरेको छ ।
कार्यक्रममा भेला भएका ६६ जिल्लाका होटल ब्यवसायीहरुले संखुवासभा प्राकृतिक र भौगोलिक हिसावले अत्यन्त मनमोहक र आकर्षक रहेको भन्दै यो जिल्लाले अत्यन्त बलियो अर्थतन्त्र बोकेको चिन र भारतका पर्यटकलाई आकर्षित गर्न सक्ने धारणा राखेका थिए ।पर्यटनको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा थप टेवा पुर्याउने उदेश्यले पुर्वी पहाडी जिल्लाहरुको पर्यटन संभावना र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि काठमाण्डौ भन्दा धेरै टाडा रहेको संखुवासभा भित्र बिश्वले हेर्ने धेरै कुरा बिद...
