अर्थ/व्यापार Archives - Page 11 of 12 - साझाकुरा
आइतवार, बैशाख २७, २०८३

अर्थ/व्यापार

राष्ट्र बैंकद्वारा एक सय भन्दा माथिका भारतीय नोटको कारोबारमा प्रतिबन्ध
अर्थ/व्यापार, समाचार

राष्ट्र बैंकद्वारा एक सय भन्दा माथिका भारतीय नोटको कारोबारमा प्रतिबन्ध

नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ एक सय भन्दा ठूला नोटको कारोबारमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि भन्दै मंगलबार जारी गरेको सूचनामा भारतीय रुपैयाँ एक सय दरभन्दा ठूला नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न प्रतिबिन्धत लगाइएको उल्लेख छ । यस्तै, भारतबाट नेपाल आउने वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भारतीय रुपैयाँ मात्रै लैजान सकिने पनि राष्ट्रबैंकले जनाएको छ । त्यसरी लैजाने वा ल्याउने नोट पनि सय भन्दा ठूला नोट हुन नहुने व्यवस्था गरिएको छ । पाँच हजार डलर भन्दा बढीको भारतीय रुपैयाँ ल्याउन लैजान परेमा भन्सारमा घोषणा गर्नुपर्ने छ । भारत भ्रमण जानेहरुका लागि बैंक तथा वित्तिय संस्थाबाटै भारतीय रुपैयाँ २५ हजारसम्म र औषधोपचारका लागि भारतीय रुपैयाँ ५० हजारसम्मको सटही सुविधा लिन सकिने पनि राष्ट्रबैंकले जनाएको छ । ड्राफ्ट, टीटी, कार्डमार्...
शेयर बजार साढे १८ अङ्कले बढ्यो, २ अर्ब ९ करोड रुपैयाँको कारोबार
अर्थ/व्यापार

शेयर बजार साढे १८ अङ्कले बढ्यो, २ अर्ब ९ करोड रुपैयाँको कारोबार

हिजो र अस्ति घटेको शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ४५ अङ्कले बढेर २ हजार २२ दशमलव ९१ विन्दुमा पुगेको छ । आज होटल र पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको उच्च अङ्कले उकालो लागेको छ । बजार बढेकाे दिन मेन्छियाम हाइड्रो, मनकामना इन्जिनियरिङ, शुभम् पावर र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै हिमालयन लघुवित्त र थ्री स्टार हाइड्रोको शेयर साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ । आज ८७ लाख ४ हजार कित्ता शेयर २ अर्ब ९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ८ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । ...
सगरमाथा क्षेत्र भ्रमणमा पुग्ने ८४ प्रतिशतले बढ्यो
अर्थ/व्यापार

सगरमाथा क्षेत्र भ्रमणमा पुग्ने ८४ प्रतिशतले बढ्यो

सोलुखुम्बु स्थीत बिश्वको सवैभन्दा अग्लो सगरमाथा क्षेत्रमा भ्मण गर्ने पर्यटकको सख्या ८४ प्रतिशतले बढेको छ । गत चालु आर्थिक वर्ष २०८०र८१ को साउन महिनाको तुलनामा भदौ महिनामा सगरमाथा क्षेत्रको भमण गर्नेको सङ्ख्या ८४ दशमलव २९ प्रतिशतले बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्कले जनाएको छ । तथ्यांङ्क अनुसार गत श्रावण महिनामा २ सय ८ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । तर भदौमा १ हजार ३ सय २५ जनाले भ्रमण अनुमति लिएका निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिए । भदौमा भ्रमण अनुमति लिनेमा १ हजार १ सय ५४ जना विदेशी र १ सय ७० जना नेपाली रहेको मण्डलको भनाई छ । यसबाट ३२ लाख ६८ हजार ३ सय ८७ रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले नेपालीलाई प्रवेश शुल्कबापत १००, सार्क राष्ट्रका पर्यटकलाई एक हजार ५०० र अन्य विदेशी पर्यटकलाई ...
नेपालले छिमेकी देशहरु चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम राख्नैपर्छ स् सभापति देउवा
अर्थ/व्यापार, मुख्य समाचार

नेपालले छिमेकी देशहरु चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम राख्नैपर्छ स् सभापति देउवा

नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नेपालको बाध्यता भएको बताएका छन् । मङ्गलवार काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै देउबाले चीन र भारत स्थाई छिमेकी भएकाले दुवै देशसंग सन्तुलित सम्वन्ध राख्नसके मात्र नेपालको हितहुने धारणा राखेका हुन् । उनले नेपालको बिजुुलिको मुख्इ बजार भारत मात्र भएकाले नेपालले कि बिजुली नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरूमा मान्नुपर्ने बाध्यता रहेको खुलासा गरे । भारतले भनेका कुरा नमान्ने हो भने बिजुली नबिक्ने हुँदा थोरै लचिलो भएर भए पनि देशको हितमा काम गर्नुपर्ने बाध्यत्मक परिस्थीति रहेको देउबाको भनाई थियो । चीन र भारत दुवै महत्वपुर्ण छिमेकि हुन् । कोसँग कति बोल्ने, कति कुरा राख्ने भन्ने कुरा महत्वपुर्ण हुन्छ । साथी बनाउन सक्नुहुन्छ तर छिमेकी बनाउन सकिँदैन । ची...
भारतले दस बर्षमा नेपालसंग १० हजार मेगावाट बिजुली किन्ने
अर्थ/व्यापार, मुख्य समाचार

भारतले दस बर्षमा नेपालसंग १० हजार मेगावाट बिजुली किन्ने

भारतले दस बर्षमा नेपालसंग १० हजार मेगावाट बिजुली किन्ने निर्णय गरेको छ । भारतिय मन्त्रिपरिषदले आगामी १० बर्षभित्र नेपालसंग १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत शंकर शर्माले जानकारी दिए । हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको उनले बताए । ‘भारतीय मन्त्रिपरिषद्ले भारतिय सरकारले अब नेपालबाट बिजुली किन्ने र नेपालमा थप बिजुली उत्पादन गर्न प्रोजेक्टहरु कसरी थप गर्ने भन्ने बिषयमा अध्ययन अघि बढाईने बिषयमा गहन निर्णय भैसकेकाले यस बिषयमा थप गृहकार्य चाँडैनै शुरु गर्ने जनाएको राजदुत शर्माको भनाई छ । नेपालले अहिले बर्खामा भारतीय बजारमा बिजुली बेचिरहेको छ भने हिउँदो समयमा भारतबाट महंङ्गोमा बिजुली किनिरहेको छ। गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० व...
अपर तामाकोशीको हकप्रद सेयर खुल्यो
अर्थ/व्यापार

अपर तामाकोशीको हकप्रद सेयर खुल्यो

सञ्चालक समितिको निर्णयबमोजिम हकप्रद सेयर निष्कासनका लागि यही साउन २६ गते बुक क्लोज गरेको थियो। यस अनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा असोज ७ गतेसम्म आवेदन दिन सकिनेछ। तसर्थ साउन २५ गतेसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको सेयर खरिद गर्न पाउनेछन्। कम्पनीको हकप्रद सेयरमा असोज ७ गतेसम्म आवेदन दिन सकिनेछ। हाल सो कम्पनीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। अब कम्पनीले १०० अंकित दरका कूल १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। अपर तामाकोशीको ह...
एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटर क्रिस भान बीच भेटवार्ता
अर्थ/व्यापार

एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटर क्रिस भान बीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ । सिंह दरबार स्थीत एमाले संसदीय दलको कार्यालयमा आज आइतवार ओली र होलेनबीच शिष्टाचार भेट भएको हो । नेपाल भ्रमणमा रहेका होलेनले अध्यक्ष ओलीसँगको भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी कामबारे समेत गहिरो चासो व्यक्त गर्नुभएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए । सञ्चारकर्मीसँग भेछघाटका बारेमा कुरागर्दै नेकपा एमाले संसदीय दलका उपनेता तथा एमाले पार्टि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भेटमा द्धिदेशिय आपसी सम्बन्ध र शान्तिप्रकृयाका बारेमा कुराकानी गरिएको नेता नेम्वाङले जानकारी दिए । सिनेटर समक्ष अध्यक्ष ओलिल आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुने गरी टुङ्गोमा पुग्नुपर्छ भन्...
निक्षेपकर्ता डुवाउँदै सहकारी धनकुटाका १७ सहकारी संस्था खारेज, निक्षेपकर्ताको साढे ३ करोड जोखिममा
अर्थ/व्यापार

निक्षेपकर्ता डुवाउँदै सहकारी धनकुटाका १७ सहकारी संस्था खारेज, निक्षेपकर्ताको साढे ३ करोड जोखिममा

धनकुटा नगरपालिकाले सहकारी ऐनविपरीत कार्य गरेको भन्दै नगरभित्रका १७ वटा सहकारी संस्था खारेज गरेको छ । धनकुटा नगरपालिकाले सहकारी संस्था नियमन गर्न बनाईएको सहकारी ऐन २०७५ विपरीत कार्य गरेको पाईएको भन्दै नगर क्षेत्रका ७० मध्ये १७ सहकारी संस्था खारेज गरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको भनाई छ । पटक पटक ऐन विपरित कार्य नगर्न सुचित गर्दासमेत संस्थाका संचालकले कुनै चासो नदिएपछि बाध्य भएर खारेज गरिएको नगरप्रमुख तामाङ्गले बताए । उनले खारेजी गरिएका बाहेक अन्य चारवटा सहकारीका निक्षेपकर्ताले समेत सहकारि बिरुद्ध उजुरी गरेकाले उक्त सहकारिलाई छानबिनको दायरामा ल्याइएको छ । ती संस्थाका उपभोक्ताको साढे ३ करोडभन्दा बढी रकम सहकारिमा निक्षेप रहेको उनको भनाई छ । उपभोक्ताको लगानी डुब्ने अवस्थामा पुग्ने देखिएकाले हामीले ति सहकारिलाई छानबिनको दायरामा ल्याएका हौं उनले थपे । रकम फिर्ताको माग सहित चार स...
फेरि बढ्यो पट्रेल, डिजेल र ग्याँसको दाम
अर्थ/व्यापार, मुख्य समाचार

फेरि बढ्यो पट्रेल, डिजेल र ग्याँसको दाम

पेट्रोल डिजेल र ग्याँसको मुल्य बृद्धि हुने क्रम निरन्तर रुपमा जारी छ । नेपालआयल निगमले बिहिबार रातिदेखि लागहुने गरि पेट्रोलमा प्रतिलिटर ४, डिजेलमा ३ र एलपी ग्यासमा २३५ रुपैयाँले मुल्य बुद्धि गरिएको जानकारी दिए । अन्तराष्ट्रिय बजारसंग मुल्य समायोजन गर्न पेट्रोलमा लिटरको ४ रुपैयाँ र डिजलमा ३ रुपैयाँ मूल्य बृद्धि गरिएको निगमको भनाई छ । बिहिबार रातिदेखि लागु हुने नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १,६६० मा बिकृ हुँदै आएकोमा शुक्रबार बिहानदेखि भने १,८९५ पर्नेभएको छ । आयल निगम कर्पाेरेशन संचालक समितिको बिहीबारको बैठकले पेट्रोल डिजेल र ग्याँसको मुल्य बृद्धि गर्नै निर्णय गरेको हो।...
आइपिओ खुलाउँदै भिजन लुम्बिनी ऊर्जा
अर्थ/व्यापार

आइपिओ खुलाउँदै भिजन लुम्बिनी ऊर्जा

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आगामी भाद्र १९ देखि आइपिओ खुल्ला गर्ने तैयारी गरेको छ । भिजन लुम्बिनीले पहिलो चरणमा आयोजनाबाट प्रभावीत क्षेत्रका स्थानीय तथा बैदेशिक रोजगारीमा गएका नेपालिका लागि आईपिओ निष्कासन गर्ने जनाएको छ । जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् प्रतिसेयर १०० रुपैयाँ दरका १९ लाख १२ हजार ५०० कित्ता सेयर प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशनको तैयारी गरेको हो । आइपिओका लागि कास्की जिल्ला स्थीत माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं। १९ का स्थानीय बासिन्दा हुनुपर्ने कम्पनिले जनाएको छ । साथै अन्य सर्वसाधारण आवेदकका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ९१ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ९१ हजार २५० कित्ता साधारण शेयर बैदेशिक रोजगारीमा रहेकाहरुका...