खेलकुद Archives - Page 4 of 10 - साझाकुरा
सोमवार, चैत्र २, २०८२

खेलकुद

पर्यटन प्रवर्धनका लागि खाँदबारी रन आयोजना हुने
खेलकुद, समाचार, स्वास्थ्य

पर्यटन प्रवर्धनका लागि खाँदबारी रन आयोजना हुने

असोज ५ दशैं तिहार र छट पर्वकोको अवसर पारेर संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको खाँदबारी युथ क्लवले खाँदबारी रनको आयोजना गर्ने भएको छ । प्रर्यटन प्रवर्धन, खाँदबारी रन भन्ने नाराका साथ आयोजना हुनलागेको प्रतियोगिता आगामी असोज १७ गते घटस्थापनाको दिन संचालन गरिने खाँदबारी युथ क्लवका महासचिव सुरेन शाक्यले जानकारी दिए । प्रतियोगितामा बिभागिय , खुल्ला पुरुष र महिला टिमको सहभागिता रहने आयोजक खाँदबारी युथ क्लवका कार्यबाहक अध्यक्ष मुनहाङ् गुरुङ्गले जनाए । उनले बिभागिय टिमका धावकले १० किलोमिटर र खुल्ला पुरुष तथा महिला सहभागिले ६ किलोमिटरको दुरी पार गर्नूपर्ने प्रावधान रहेको जानकारी दिए । तिनै बिधामा बिजयी हुने सहभागिले रु ७ हजार नगद, सम्मान पत्र तथा उपबिजेताले नगद रु ५ हजार र सम्मान पत्र प्राप्त गर्ने आयोजक खाँदबारी युथ क्लवले जनाएको छ ।...
ताप्लेजुङ गोल्डकपको उपाधी मोरङलाई
खेलकुद, समाचार

ताप्लेजुङ गोल्डकपको उपाधी मोरङलाई

♠ भाद्र १० ताप्लेजुङ- । दोश्रो ताप्लेजुङ गोल्डकको उपाधि सगरमाथा क्लब मोरङले जितेको छ । सोमबार भएको फाईनल खेलमा सहलेश क्लब सिराहालाई १-० गोल अन्तरले हराउदै उपाधी जितेको हो । मोरङका विजय भुजलले खेलको सुरुवातमै गरेको जितका लागि पर्याप्त भयो । उनले खेलको २ मिनेटमा गोल गरेका थिए । निक्कै प्रतिस्पर्धी खेलमा सहलेशले गोल फर्काउन सकेन । विजेता टिमले ५ लाख रुपैया नगद र ट्रफि जितेको छ । उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ र ट्रफिमा चित्त बुझाएको छ । श्राेत केञ्जाेखबर डट कम ...
भलिबल खेल राष्ट्रिय, खेलाडीको तलब ५ हजार
खेलकुद, समाचार

भलिबल खेल राष्ट्रिय, खेलाडीको तलब ५ हजार

श्रावण २५ भलिबल नेपालको राष्ट्रिय खेल हो, जितेको बेला वाहवाही गर्ने, अरु बेला पुरै बेवास्ता गर्ने राज्यको प्रवृत्तिबाट भने भलिबल निकै पीडित छ । भलिबललाई राष्ट्रिय खेल घोषणा (२०७४ जेठ) गरेको ७ वर्ष भइसक्दा समेत एउटा राम्रो कभर्डहल छैन । गत भदौबाट बल्ल भलिबल खेलाडीले मासिक तलब ५ हजार रुपैयाँ पाउन थालेका छन् । त्यो पनि सरकारले दिएको होइन, भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दका अनुसार अमेरिकामा बस्दै आएका पूर्व भलिबल खेलाडीहरुले चन्दा उठाएर पठाएको रकमबाट खेलाडीहरुलाई तलब दिन थालिएको हो ।...
काठमाण्डौ महानगरद्वारा काभा महिला भलिबल खेलाडीलाई  जनहि एक लाख सहित सम्मान
खेलकुद, समाचार

काठमाण्डौ महानगरद्वारा काभा महिला भलिबल खेलाडीलाई जनहि एक लाख सहित सम्मान

श्रावण २४ काभा महिला भलिबल लिगको उपविजेता नेपाली टोलीका खेलाडीलाई काठमाण्डौ महानगरपालिकाले जनहि एक लाख सहित सम्मान गरेको छ । आज महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले खेलाडीलाई जनही एक लाख रुपैयाँ तथा टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिस्टलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो । महानगरपालिकाले नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिस्टलाई प्रोत्साहन स्वरुप नगदसहित प्रशंसापत्रद्वारा सम्मान गरेको हो । काभा महिला भलिवलमा नेपाली महिला खेलाडीले उच्च खेल कौसल प्रदर्शन गरेको र आगामी दिनमा खेल क्षेत्रको बिकासका लागि महानगरले खेलकुद क्षेत्रमा थप योजना अघि सार्ने महानगरका प्रमुख बालेन साहले बताए । महिला टोलिको खेल कौसल अत्यन्तै रोचक रहेको भन्दै महानगरका उपप्रमुख सुनीता डंगोलले पनि खेलाडीहरुको खेल कौसलको उच्च प्रशंसा गरेकी थिईन...
इरानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश, उपाधिका लागि भारतसँग खेल्ने
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

इरानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश, उपाधिका लागि भारतसँग खेल्ने

श्रावण २२ इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दाेस्राे सेमिफाइनलमा नेपालले इरानलाई ३–० काे साेझाे सेटमा हरायाे । नेपालले पहिलाे सेट २५–२१, दाेस्राे सेट २८–२६ र तेस्राे सेट २५–२० ले जित्याे । याेसँगै नेपालले लिग चरणमा इरानसँगकाे हारकाे बदला लिएकाे छ । लिग चरणमा नेपाल इरानसँग ३–२ काे सेटमा पराजित भएकाे थियाे । अब नेपालले उपाधिका लागि भाेलि भारतसँग खेल्नेछ । आज भएकाे पहिलाे सेमिफाइनलमा श्रीलङ्कालाई ३–० काे साेझाे सेटमा हराउँदै भारत फाइनलमा पुगेकाे थियाे । ...
काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दै
खेलकुद, समाचार

काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दै

श्रावण २० काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बेलुका सवा ५ बजे शुरु हुनेछ । त्यसअघि आजै दिउँसो तीन बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् । आजको खेलमा नेपालले इरानलाई सोझो सेट वा ३–१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । सात अङ्कसहित शीर्ष स्थानमा रहेको भारतले यसअघि इरान र माल्दिभ्सलाई हराएको थियो । नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलङ्कासँग खेल्नेछ । हिजो भएको खेलमा भारतलाई ३–२ को सेटमा हराउँदै नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्न सफल भयो । यसअघि सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा नेपाल उपाधि नजिकै पुगे पनि अन्तिम सेटमा भारतसँग पराजित भएको थियो । काभा महिला ...
नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन
खेलकुद, समाचार

नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन

श्रावण ५ नेपाली कराते टोली भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । प्रतियोगिता नेपाल, भुटान, भारत र श्रीलङ्का सहभागि थिए । नेपालले ३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरि कुल ६२ पदक प्राप्त गर्‍याे। भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोश्रो, श्रीलङ्का ५ स्वर्ण १८ रजत र ३१ कास्यसहित तेस्रो भएको छ । आयोजक भुटान ५ रजत र ३७ कास्य पदकसहित चौथो भयो । गएको वर्ष काठमाण्डौमा भएको सातौँ संस्करणमा पनि नेपाली टोली टिम च्याम्पियन बनेको थियो । श्राेत:उज्यालाे अनलाईन...
ब्याडमिन्टन संघद्धारा पत्रकार महासंघ संखुवासभालाई नगद सहयोग
खेलकुद, समाचार

ब्याडमिन्टन संघद्धारा पत्रकार महासंघ संखुवासभालाई नगद सहयोग

ब्याडमिन्टन संघ संखुवासभाले नेपाल पत्रकार महासंघ संखुवासभालाई नगद सहयोग गरेको छ । संघले सोमबार खाँदबारीमा गरेको पत्रकार सम्मेलनमा २० हजार नगद हस्तान्तरण गरेको हो । संघका अध्यक्ष सन्जिव श्रेष्ठले महासंघका अध्यक्ष इन्द्र गिरीलाई नगद २० हजारको चेक हस्तान्तरण गर्नु भएको हो । गत असार ६ देखि ८ गतेसम्म खाँदबारीमा सञ्चालन भएको प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको प्रचारप्रसारका लागि संखुवासभामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै संघले सहयोग गरेको हो । संघका सचिव रुद्रमणि श्रेष्ठले संखुवासभामा खेलकुदका गतिविधि सञ्चालनका क्रममा यस किसिमको सहकार्य पहिलो पटक गरिएको बताउनु भयो । अन्य खेलकुद आबद्ध संस्थाहरुलाई समेत सिकाई सुरुवात हुने वहाँले बताउनु भयो । नेपाल पत्रकार महासंघ संखुवासभाले गतवर्षबाट कार्यालय भवन निर्माणको काम गरिरहेको छ । सम्पन्न प्रतियोगिताको आयव्यव सा...
अन्तर्राष्ट्रिय, खेलकुद

इंग्ल्याण्डलाई हराउँदै स्पेन च्याम्पियन

असार ३१ इंग्ल्याण्डलाई हराउँदै स्पेनले किर्तीमानी चौथो पटक युरोपियन फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा गएराति भएको फाइनल खेलमा स्पेन २–१ ले विजयी भएको हो । खेलको ४७ औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिए । ७३ औं मिनेटमा इंग्ल्याण्डका कोल पाल्मरले बराबरी गोल गरे । ८६ औं मिनेटमा मिकेल ओयरजबालले एक गोल थपेपछि स्पेन २–१ ले विजयी भयो । स्पेनले युरोपियन फुटबलको उपाधि जितेको यो चौथो पटक हो । यसअघि उसले सन् १९६४, २००८ र २०१२ मा युरोपियन फुटबल जितेको थियो । यसपटक पनि पराजित भएको इंग्ल्याण्डको भने ५८ वर्षपछि कुनैपनि मेजर फुटबलको उपाधि जित्ने सपना टुटेको छ । सन् १९६६ को विश्वकप फुटबल जितेको इंग्ल्याण्डले त्यसयता कुनैपनि उपाधि उचालेको छैन । युरोपियन फुटबलको अघिल्लो संस्करणको फाइनलमा इंग्ल्यण्डालाई इटालीले पेनाल्टी सुटआउटमा हराएको थियो । श्राेत:ईमेज ख...
कोशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगिताको उपाधि सुनिल कार्की र महेश खड्कालाई ।
खेलकुद, समाचार

कोशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगिताको उपाधि सुनिल कार्की र महेश खड्कालाई ।

संखुवासभा असार ८ कोशि प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुष डबल तर्फको उपाधि सुनिल कार्की र महेश खड्काको जोडीले जितेका छन् । जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको प्रथम कोशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगिताको फाईनल खेलमा पविन लिङथेप र निश्चल खत्रीको जोडिलाई सोझो सेटले हराउदै ब्याडमिन्टन प्रतियोगितामा कार्की र खड्का विजयी भएका छन् । विजयी जोडिले सिल्ड मेडल र प्रमाणपत्र सहित नगद रु ६० हजार प्राप्त गरेका छन् भने उपविजेताले नगद रु ३५ हजार सिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् । उक्त खेलमा प्रमिश श्रेष्ठ र प्रनिश सिंह ठकुरीको जोडि , बिसाल तामाङ र विवेक श्रेष्ठको जोडि तृतिय हुदै नगद रु १०/१० हजार साथमा सिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् । संखुवासभाको खाँदबारीमा असार ६ देखि ८ गते सम्म संचालन भएको कोशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगितामा खुला तर्फ बिभिन्न प्रदेशका ...