खेलकुद Archives - Page 8 of 10 - साझाकुरा
आइतवार, बैशाख २७, २०८३

खेलकुद

साउदी अरबलाई बिषाल अन्तरले हराउँदै नेपाल सेमिफाईनलमा
खेलकुद

साउदी अरबलाई बिषाल अन्तरले हराउँदै नेपाल सेमिफाईनलमा

साउदी अरबलाई ३ सय १ रनको फराकिलो अन्तरले हराउँदै नेपाल १९ वर्ष मुनिको एसिसी प्रिमियर कपको सेमिफाइनलमा पुग्न सफल भएको छ । मलेसियामा भएको प्रतियोगितामा नेपालले दिएको ३ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९ ओभर १ बलमा ४६ रन बनाउँदै अलआउट भएको थियो । साउदीका वरुण सरावनन मुदाईअरले ११ रन जोडेका थिए । उनी बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । आज भएको खेलमा नेपालका दिपेश कँडेलले ६ विकेट लिएका थिए । उनले ९ ओभर १ बलमा १८ रन दिएर ६ विकेट लिए । त्यसैगरि आकास चन्दले २ र सुवास भण्डारीले एक विकेट लिए । यसअघि मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन जोडेको थिए । नेपालका अर्जुन कुमालले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय कौशल देखाए भने आकाश त्रिपाठीले ८९ दीपक बोहराले २९, बिशाल बिक्रम केसीले २४,...
नेपाललालाई युएईको १ सय ४१ रनको लक्ष्य
खेलकुद, समाचार

नेपाललालाई युएईको १ सय ४१ रनको लक्ष्य

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तगरगत आज भएको खेलमा यूएईले नेपालसामु १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनायो । यूएईका बसिल हमीदले अर्धशतक बनाए । उनी ३८ बलमा ५१ रन बनाएर आउट भए । यस्तै अली नसीरले ३२ रन जोडे । बलिङतर्फ नेपालका करण केसीले ३, गुलसन झाले २ तथा सोमपाल कामी र अविनाश बोहराले १र१ विकेट लिए । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा त्रिदेशीय टी–२० शृङ्खला आज बुधवारदेखि शुरु भएको हो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारीस्वरूप नेपालले प्रतियोगिता आयोजना गरेको हो । नेपालले दोस्रो खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।...
पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न
खेलकुद, मनोरन्जन, समाचार, स्वास्थ्य

पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न

पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न भएकाे छ । संखुवासभाकाे खाँदबारी युथ क्लबले नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वको अवसरमा“पर्यटन प्रवर्धन खाँदबारी रन भन्ने मुल नाराका साथ आयाेजना गरेकाे धावन प्रतियाेगिता दशै, तिहार र छट पर्वकाे शुभकामना आदानप्रदान सहित आईतबार भब्य रुपमा सम्पन्न भएकाे हाे । खाँदबारी स्थित टुडिखेलबाट विभिन्न बिधामा रन शुरु गरिएकाे थियाे । खाँदबारी रनमा तीन सय बढिकाे सहभागिता रहेकाे क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए । प्रतियाेगितामा बिभागिय पुरुष टिम,खुल्ला पुरुष टिम र खुल्ला महिला टिम र भेट्रन गरि चार वटा बिधामा प्रतिश्पर्धा गराईएकाे क्लबले जनाएकाे छ । बिभागिय पुरुष टिमतर्फ नयाँ भैरबी दल गुल्मका सुर्य बहादुर राेकायले प्रथम स्थान हाँसिल गरे भने निान खड्का र सुजन बिश्वकर्माले क्रमश दितिय र तृतिय स्थान हाँसिल गरे त्यसैगरि खुल्...
“पर्यटन प्रवर्धन,खाँदबारी रन”काे सम्पुर्ण तैयारि पुरा
खेलकुद, मुख्य समाचार, स्वास्थ्य

“पर्यटन प्रवर्धन,खाँदबारी रन”काे सम्पुर्ण तैयारि पुरा

नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वको अवसरमा संखुवासभाकाे खाँदबारी युथ क्लबले आयाेजना गर्ने "खाँदबारी रन”काे सम्पुर्ण तैयारि पूरा भएकाे क्लबले जनाएकाे छ । भाेली आईतबार बिहान् ठिक ७:३० बजे खाँदबारी स्थित टुडिखेलबाट विशेष कार्यक्रमका साथ रन शुरुगरिने सम्पुर्ण तैयारि पुरा भएकाे क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए खाँदबारी रनमा करिब पाँचसय बढिकाे सहभागिता रहने अपेक्षा रहेकाे शाक्यले जनाए । भाेलि हुने प्रतियाेगितामा बिभागिय पुरुष टिम,खुल्ला पुरुष टिम र खुल्ला महिला टिम गरि तिन वटा बिधामा प्रतिश्पर्धा गराईने क्लबले जनाएकाे छ । बिभागिय पुरुष टिमका लागि खाँदबारी टुडिखेलबाट खाँदबारी ३ स्थीत ठुलोढुङ्गा पुगि लबिङ्गहिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल, खुल्ला पुरुष टिमका लागि खाँदबारी टुडिखेल हुँदै खाँदबारी ३ स्थीत चेवा झर्ने बाटो पुगि लबिङ्ग हिलको मार्ग हुँदै पुन खाँदबारी टुडि...
काभा भलिबलः चौथो खेलमा नेपालले आज साउदी अरबसँग खेल्दै
खेलकुद

काभा भलिबलः चौथो खेलमा नेपालले आज साउदी अरबसँग खेल्दै

काभा पुरुष भलिबल च्यालेञ्ज कपको आफ्नो चौथो खेलमा नेपालले आज साउदी अरबसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे शुरु हुनेछ । लिगको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग भोलि खेल्नेछ । यसअघि भएका खेलमा नेपालले अफगानिस्तान र बङ्लादेशलाई हराएको थियो भने श्रीलङ्कासँग पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि अङ्कतालिकाका शीर्ष दुई टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल पर्सि २८ गते हुनेछ।...
विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १ सय ३४ रनले हरायो
खेलकुद

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १ सय ३४ रनले हरायो

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १ सय ३४ रनको फराकिलो अन्तरले हराएको छ । लगातार दोस्रो जितसँगै दक्षिण अफ्रिका अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । लखनउमा हिजो भएको खेलमा जितका लागि ३ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४० ओभर ५ बलमा १ सय ७७ रनमा अलआउट भयो । उसका मार्नस लाबुसेनले सर्वाधिक ४६ रन बनाए । मिचेल स्टार्क २७ रनमा र प्याट कमिन्स २२ रनमा आउट भए । दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३ विकेट लिए । मार्को यानसन, केशव महाराज र तबरेज शाम्सीले समान दुई/दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले १ सय ९ रनको शतकीय पारी खेले । उनको यो विश्वकपमा लगातार दोस्रो शतक हो । डी ककले श्रीलङ्कासँगको पहिलो खेलमा पनि १ सय रनको शतकीय पारी खेलेक...
विश्वकप छनाेट : अञ्जनकाे कीर्तिमानी गाेलमा नेपाल हारबाट जाेगियाे
खेलकुद

विश्वकप छनाेट : अञ्जनकाे कीर्तिमानी गाेलमा नेपाल हारबाट जाेगियाे

फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले लाओससँग बराबरी खेलेकाे छ । आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले लाओससँग १–१ गाेलकाे बराबरी गरे । खेलमा लाओसले शुरुवाती अग्रता लिएकाे थियाे । उसका लागि खेलकाे ३३ औँ मिनेटमा कप्तान बौनफाचन बौनकोङले गाेल गरे । पहिलाे हाफमा लाओस १–० ले अघि रह्याे । खेलकाे दाेस्राे हाफकाे ४९ मिनेटमा नेपालले बराबरी गाेल फर्कायाे । नेपालका लागि अञ्जन विष्टले गाेल गरे । याे गाेलसँगै अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय गाेलमा कीर्तिमान बराबरी गरेका छन् । अञ्जनकाे याे १३ औँ अन्तर्राष्ट्रिय गाेल हाे । नेपालबाट हरि खड्का र निराजन रायमाझीकाे पनि अन्तर्राष्ट्रिय गाेलकाे सङ्ख्या १३ छ ।  आफ्नो ५८ औँ खेलमा सर्वाधिक गाेलकाे कीर्तिमानी बराबरी गरेका अञ्जनले सन् २०१४ मा फिलिपिन्ससँग खेल्दै राष्ट्रिय टाेलीबाट डेब्यु गरेका थिए । ...
एसिसी यू १९ प्रिमियर कप स् इरानमाथि नेपालको सानदार जित
खेलकुद, समाचार

एसिसी यू १९ प्रिमियर कप स् इरानमाथि नेपालको सानदार जित

एसिसी यू १९ प्रिमियर कपमा नेपालले सानदार सुरूवात गरेको छ। बिहीबार मलेसियामा भएको खेलमा नेपालले इरानमाथि २७४ रनको फराकिलो अन्तरको जित निकालेको हो। नेपालले दिएको ३५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमै अलआउट भयो। इरानका लागि विकेटकिपर ब्याट्सम्यान अमेर खुर्सदले ३७ रन जोड्दा अरु ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा नेपालका सुवास भण्डारी र दिपेश कडेँलले ३,३ विकेट लिए। हेमन्त धामीले २ विकेट हात पार्दा आकास चन्दले पनि २ विकेट लिन सफल भए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालले शतकमा ३५३ रन जोडेको थियो।देवले १०० रन जोड्ने क्रममा ६० बलमा १२ चौका र ४ छक्का प्रहार गरे। देवले यू १९ क्रिकेटमा दोस्रो शतक प्रहार गरेका हुन्। यसअघि उनले विश्वकप छनोटमा कुवेतविरुद्ध शतक हिर्काएका थिए। नेपालका लागि यू १९ क्रिकेटमा दुई शतक प्रहार गर्ने कप्तान देव पहिलो खेलाडी हुन्।देवको शत...
काभा भलिबलः अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित
खेलकुद

काभा भलिबलः अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित

काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानमाथि रोमाञ्चक जित निकालेको छ । आज बुधवार दिउँसो श्रीलङ्कामा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा हरायो । पहिलो सेट जितेको नेपालले दोस्रो र तेस्रो सेट गुमाएको थियो । त्यसपछि चौथो र पाँचौँ सेट जित्दै नेपालले रोमाञ्चक जित हात पारेको हो । पहिलो सेट नेपालले २५–१९ ले जित्यो । दोस्रो र तेस्रो सेट नेपालले २६–१९ र २५–२२ ले गुमायो । यस्तौ चौथो र पाँचौँ सेट नेपालले २५–२१ र १५–१० ले जित्यो । प्रतियोगितामा यसअघि भएका दुई खेलमा नेपालले एकमा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा बङ्लादेशलाई ३–१ ले हराएको नेपाल हिजो मङ्गलवार भएको दोस्रो खेलमा आयोजक श्रीलङ्कासँग ३–० ले पराजित भएको थियो । अब नेपालले पर्सि शुक्रवार साउदी अरेबियासँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । छ टोली सहभागी भएको प्रतियोगितामा राउन्ड रोबिन लिगपछि अङ्क तालिकाका शी...
खाँदबारी युथक्लबद्वारा“पर्यटन प्रवर्धन,खाँदबारी रन” आयाेजना
खेलकुद, समाचार, स्वास्थ्य

खाँदबारी युथक्लबद्वारा“पर्यटन प्रवर्धन,खाँदबारी रन” आयाेजना

“पर्यटन प्रवर्धन,खाँदबारी रन” मनाेरञ्जन संगै आफ्नाे स्वास्थ्यमा सुधार ल्याऔ, असाेज २८ गते “खाँदबारी रन” मा सहभागि बनाैं ।