मुख्य समाचार Archives - Page 2 of 8 - साझाकुरा
बिहिबार, असार ११, २०८३

मुख्य समाचार

जाजरकोट भुकम्प अपडेटः मृतकको संख्या १ सय ३६ पुग्यो
मुख्य समाचार

जाजरकोट भुकम्प अपडेटः मृतकको संख्या १ सय ३६ पुग्यो

जाजरकोट र रुकुममा ज्यान गुमाउनेको संख्या १ सय ३६ जना पुगेको छ । गएराति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भुकम्पबाट ज्यान जानेको संख्या शनिवार मध्यान्ह १२ बजे सम्म १ सय ३६ पुगेको हो । । नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोटमा ९७ जना र रुकुमपश्चिममा ३९ गरी १ सय ३६ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । भूकम्पमा परेर अहिलेसम्म एक सय ५० जना घाइते भएका छन् । जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका हुन् । जाजरकोट र रुकुममा हिजो राति ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा सैयौं घरहरु भग्नावशेसमा परिणत भएका छन् । हताहति, घाइते र बेपत्ता भएकाको खोजि उद्धार र उपचारको काम भइरहेको प्रहरीले जनाएको छ । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । त्यसपछि पनि त्यहाँ निरन्तर पराकम्पहरुको महसुस गरिएको संचारमाध्यमहरुले जनाएका...
भुकम्पमा परि ज्यान गुमाउनेको संख्या ८० पुग्यो १ सय ४० बढि घाइते उद्धारको कार्य जारी
मुख्य समाचार

भुकम्पमा परि ज्यान गुमाउनेको संख्या ८० पुग्यो १ सय ४० बढि घाइते उद्धारको कार्य जारी

हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा ज्यान गुमाउनेको संख्याा ८० पुगेको छ । उक्त भुकम्पमा परि करिब १ सय ४० जना घाइते भएका छन् । रुकुम, जाजरकोट र सुर्खेतका अस्पतालहरुमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाकाले जानकारी दिए । अहिलेसम्म भुकम्पका कारण ज्यान गुमाउनेको संख्या जाजरकोटमा ४४ पुगेको छ । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेको रोकाले बताए । उनले भुकम्पमा परि जाजरकोटमा मात्रै ५५ जना घाईते भएका छन् । हराउने र उद्धारको कार्य जारी रहेकाले यो संख्या उल्लेख्य रुपमा बढ्न सक्ने डिएसपी रोकाको भनाई छ । उक्त भुकम्पले जाजरकोटको छिमेकी जिल्ला रुकुम पश्चिममा पनि ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । भुकम्पबाट अहिले बिहान ७.३० सम्म रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको ...
आज राति गएकाे भुकम्पमा परेर  जाजरकोट र रुकुममा गरी ३६ जनाको ज्यान गएको पुष्टि
मुख्य समाचार, समाचार

आज राति गएकाे भुकम्पमा परेर जाजरकोट र रुकुममा गरी ३६ जनाको ज्यान गएको पुष्टि

जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परि ३६ जनाको ज्यान गएको पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ४ बजेसम्म प्राप्त विवरणअनुसार ३६ जनाको ज्यान गएको र ४६ जना घाइते भएको पुष्टि भएको छ । उद्धारको लागि सुर्खेतबाट मात्रै ६० जनाभन्दा बढी प्रहरी खटाइएको उहाँले जानकारी दिनुभयो ।  जाजरकोटमा मात्रै ३४ जनाको ज्यान गएको छ । ८ जना गम्भीर घाइतेलाई उपचारको लागि सुर्खेत पठाइएको र २१ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रशासन कार्यालका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट धेरै घर भत्किएक...
रिगलको आम माफी बदर पुन पक्राउको आदेश
मुख्य समाचार

रिगलको आम माफी बदर पुन पक्राउको आदेश

सरकारको शिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्ध्वारा कैद मिनाहा पाएका चेतन मानन्धरको हत्या आरोपी योगराज ढकाल रिगललाई दिईएको सजाय माफीको निर्णय बदर भएको छ। सजाय माफी मिनाहा बदर भएसंगै उनलाई पुन पक्राउ पुर्जि जारि गरिएको बताईएको छ । मन्त्रीपरिषदको शिफारिस तथा राष्ट्रपतिको निर्णयबाट उनि कैद मुक्त भएका थिए। आफ्ना पतिलाई हत्या गर्ने जघण्य अपराधी रिगललाई सरकारले छुट दिएको भन्दै चेतनकी पत्नी भारती शेर्पाले सर्बाेच्चमा दिएको रिटको सुनुवाइ गर्दै आज सर्वोच्च अदालतको पूर्ण इजलासले बिहिबार फैसला गरेको हो । उक्त बिषयमा अझै आधिकारिक जानकारी आईनसकेको सर्वोच्च अदालतका सुचना अधिकारी गोविन्द घिमिरेरेको भनाई छ । सर्वोच्चले रिगललाई तत्काल पक्राउ गर्न परमादेश पनि जारी गरेको समचार माध्यमहरुले जनाएका छन् । नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय दिईएकोमा गत संबिधान दिवसक...
बैंक ब्याजदर १० प्रतिशत मुनि झार्ने प्रधानमन्त्रि दाहालकाे प्रतिबद्धता
अर्थ/व्यापार, मुख्य समाचार

बैंक ब्याजदर १० प्रतिशत मुनि झार्ने प्रधानमन्त्रि दाहालकाे प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक ब्याजदर १० प्रतिशत भन्दा मुनि झार्ने बताएका छन् । बुटवलस्थित आम्दा हस्पिटलकाे २५ औं बार्षिक समारोहलाई सम्बोधन गर्नेक्रममा आज उनले उद्योगी– व्यवसायीको माग अनुसार बैंक ब्याजदर घटाउन सरकार फागिरहेकाे जानकारि गराए । उनले भने ‘बैंकको ब्याज दर सकभर एक अंकमा झार्ने सरकारको तयारी छ, नसके १० प्रतिशत भन्दा माथि जान्न दिन्नौं’, ‘उद्योग व्यवसाय क्षेत्र चलायमान बनाउने विषयलाई अहिले सरकारले प्राथमिकता दिएकाे छ, तिहारपछि विद्युत व्यापारमा पनि ठूलो घोषणा गर्दैछौं त्यसैले निराश नहुन म सबैमा अपील गर्छु ’ प्रधानमन्त्रि प्रचण्डले भने । बैक ब्याजदरले सर्वसाधारणकाे ढाड सेकिएकाे भन्दै अहिले अभियान्ता दुर्गाप्रसाईंले विभिन्न आन्दाेलनका कार्यक्रम अघिसार्दै ऋणिहरुलाई उचाल्दै ब्यवस्थाका बिरुद्ध नै बितिष्णा जगाउँदै आएका छन् ।...
भारतीय सयपत्री मालाको आयात बन्द
मुख्य समाचार

भारतीय सयपत्री मालाको आयात बन्द

सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमति पत्रको सिफारिस रोकेको छ । यससँगै तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएको हो । बागमती प्रदेश सरकार, पुष्प विकास केन्द्र गोदावरीले एक सूचना प्रकाशित गर्दै यस वर्ष स्वदेशी उत्पादनले तिहारका लागि माग धान्न सक्ने देखिएका कारण भारतीय सयपत्री मालाको आयात अनुमति पत्रको सिफारिस गर्ने काम १ कात्तिकबाटै रोक लगाइएको जनाइएको छ । केन्द्रका अनुसार इजाजतपत्र बेगर आयात गरिएका वस्तु अवैध हुन्छन् । यस वर्ष सरकारी तथा निजी संस्थाको संयन्त्रबाट अनुगमन कडा गरिने र अवैध भेटिएमा जफत र दण्ड जरिवाना हुने भन्दै कार्यालयले सचेत समेत गराएको छ । विरुवा तथा वनस्पती सम्बन्धी सामग्री आयात गर्दा सम्बन्धित प्लान्ट क्वारेन्टाइन कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र आयात गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । पुष्पजन्य सामग्री आयात गर्दा पुष्प विकास केन्द्रको सिफारिसमा ...
मुगु सामूहिक हत्या प्रकरण : कतारबाट घर आइपुगे दीपक
मुख्य समाचार

मुगु सामूहिक हत्या प्रकरण : कतारबाट घर आइपुगे दीपक

श्रीमतीसहित तीन सन्तानको सामूहिक हत्याको खबर सुनेलगत्तै वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका दीपक बोहोरा शनिबार घर आइपुगेका छन् । ८ कात्तिकमा माइतीघरबाट टीका थापी तीन सन्तान बोकेर घर फर्किएकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, एक वर्षीय छोरा रहर बोहोरा र सात वर्षीया छोरी अप्सरा बोहोराको शव घरमा भेटिएको थियो । घर आएलगत्तै उनी भावविह्वल भएका छन् । दीपकले आफ्नो हरेक दिन दुई तीनपटक श्रीमतीसहित परिवारसँग भिडियो कल हुने गरेको सुनाए । उनले ८ कात्तिकमा भएको भिडियो कल नै अन्तिम भएको बताए । ‘त्यस दिन परिवारका सबै घर पुगिसकेपछि पनि मोबाइलमा लामो समय कुरा भएको थियो । श्रीमतीले भोलि बारीको सिमी उखेल्नुपर्ने छ, काम सकेपछि फेरि कुरा गरौँला भनेर भिडियो कलबाट दुवैजना छुट्टिएका थियौँ,’ दीपकले भने । श्रीमती श्रीदेवीको फेसबुक आइडीबाट ९ कात्तिक बेलुकी ५ बजेतिर म्यासेन्जरमा पर...
हत्या अनुशन्धानका लागि कुकुर सहितको टोली मुगु हत्या स्थलमा
अपराध, मुख्य समाचार

हत्या अनुशन्धानका लागि कुकुर सहितको टोली मुगु हत्या स्थलमा

तीन जना छोराछोरीसहित आमाको समेतको हत्या भएको स्थलगत अनुशन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली मुगुको घटनास्थलमा पुगेको छ । घटनाको शुक्ष्म अनुसन्धानका लागि प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको मुगुका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । हिजो हत्या गरिएको अवस्थामा रहेका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहर र आमा श्रीदेवी रहेका छन् । स्थानीय धर्मी बोहोराका अनुसार उनीहरु बुधवार बेलुका ४ बजेतिर माइतीघर कोटिलाबाट टीका लगाएर घर फर्किएका थिए । भएको उक्त नृशंस हत्याका बारेमा थप बास्तवीकता पत्ता लगाउन र अनुशन्धानमा सहजताका लागि मृतकहरुको शव उठाउने तयारी गरेको डीएसपी थापाले जनाए। हत्या गर्नेले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको पाइएको डीएसपी थापाले जनाए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्यारा...
विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि सन्दीप सहित नेपाली टोलीको घोषणा,
मुख्य समाचार

विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि सन्दीप सहित नेपाली टोलीको घोषणा,

स्पिनर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका छन्। सोमबारदेखि किर्तिपुर र मुलपानी मैदानमा हुने आइसिसी टी - २० विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि  नेपाल क्रिकेट संघले शनिबार बिहान लामिछानेसहितको अन्तिम नाम सार्वजनिक गरेको हो।  लामिछानेले दुई साताअघि सामाजिक सञ्जालमार्फत परिवारलाई समय दिन चाहेको भन्दै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका थिए। त्यसपश्चात लामिछाने हङकङ र युएईसँग त्रिकोणात्मक टी - २० आई सिरिजको टोलीमा सहभागी थिएनन्। आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियाेगिता कार्तिक १३ देखि २० गतेसम्म संचालन हुनेछ । ...
उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज बुधवार बिहान नेपाल फिर्दै
मुख्य समाचार

उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज बुधवार बिहान नेपाल फिर्दै

चिन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालको प्रतिनिधीत्व गर्दै चिन भ्रमणमा रहेका श्रेष्ठलाई केहि दिन अघि हृदयघात भएको थियो । हृदयघात पछि उनलाई बेइजिङको पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा भर्ना गरिएको थियो । उपचारका लागि उनलाई पाँच दिन सम्म अस्पतालमै राखेर उपचार गरिएकोमा आज उनलाई डिस्चार्ज गरिएको जनाईएको छ । तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन बीएफआरमा सहभागी हुन बेइजिङ पुगेका उपप्रधानमन्त्री श्रेष्ठ कार्तिक १ गते हृदयघातका कारण अस्पताल भर्ना भएका थिए । आज अस्पतालबाट डिस्चार्जु हुने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न सम्पुर्ण चिनियाँ चिकित्सक, अस्पताल परिवार र बेइजिङमा रहेको नेपाली दूतावासप्रति सहयोगका लागि आभार प्रकट गर्दै आफ्नो स्वास्थ्य अवस्थाप्रति चासो, चिन्ता र शुभेच्छा राख्ने सबैलाई धन्यबाद ...