नेपालले छिमेकी देशहरु चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम राख्नैपर्छ स् सभापति देउवा
नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नेपालको बाध्यता भएको बताएका छन् ।
मङ्गलवार काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै देउबाले चीन र भारत स्थाई छिमेकी भएकाले दुवै देशसंग सन्तुलित सम्वन्ध राख्नसके मात्र नेपालको हितहुने धारणा राखेका हुन् । उनले नेपालको बिजुुलिको मुख्इ बजार भारत मात्र भएकाले नेपालले कि बिजुली नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरूमा मान्नुपर्ने बाध्यता रहेको खुलासा गरे ।
भारतले भनेका कुरा नमान्ने हो भने बिजुली नबिक्ने हुँदा थोरै लचिलो भएर भए पनि देशको हितमा काम गर्नुपर्ने बाध्यत्मक परिस्थीति रहेको देउबाको भनाई थियो ।
चीन र भारत दुवै महत्वपुर्ण छिमेकि हुन् । कोसँग कति बोल्ने, कति कुरा राख्ने भन्ने कुरा महत्वपुर्ण हुन्छ । साथी बनाउन सक्नुहुन्छ तर छिमेकी बनाउन सकिँदैन । ची...









