नेपाल राष्ट्रिय शिक्षक संगठन खाँदबारीको अध्यक्षमा भेषराज न्यौपाने
पाैष १३
नेपाल राष्ट्रिय शिक्षक संगठन खाँदबारी नगर समितिको अध्यक्षमा भेषराज न्यौपाने चयन भएका छन् । शनिवार सम्पन्न संगठनको पाँचौ नगर अधिवेशनले न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षहरुमा भुवन हलिदे र उषाकिरण दाहाल, सचिव सनम थापा, कोषाध्यक्ष सुनिल राई, सह सचिव अनिता पन्त र सह कोषाध्यक्षमा रमा घिमिरे चयन भएको निर्वाचन मंडलकी बेदकुमारी रिमालले जानकारी दिइन् । खाँदबारी नगर समितिका अध्यक्ष रामकुमार घिमिरेको अध्यक्षतामा अधिवेशनको खुल्लाशत्र सम्पन्न भएको हो । अधिवेशनको अवसरमा सेवानिवृत शिक्षकहरुलाई सम्मान, खाँदबारी नगरस्तरीय कक्षा ८ को परिक्षामा उत्कृष्ट एक छात्रा र एक छात्रलाई पुरस्कृत गरिएको छ । सोही अवसरमा खाँदबारी नगरभित्रका उत्कृष्ट एकजना शिक्षकलाई प्रसंशित समेत गरिएको छ ।
शिक्षक संगठनका केन्द्रिय समिति उपाध्यक्ष सुर्य दाहालको प्रमुख आतिथ्यतामा भएको अधि...









