सहकारी ठगीको करोडौं रकम फिल्ममा डुब्यो
२०८१ असोज १०
सहकारी ठगी प्रकरणमा फिल्म क्षेत्र समेत तानिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानविन प्रतिवेदन २०८१ मा सहकारी ठगीको रकम चलचित्र क्षेत्रमा समेत प्रयोग भएको भेटिएको उल्लेख छ ।
काठमाडौंको कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष दिनेश दर्शनधारीले ठूलो लागतमा सिनेमा र म्युजिक भिडियो बनाएको र त्यसमा सहकारीको ठूलो लगानी फसेको जनाइएको छ ।
कीर्तिपुरका स्थानीय दर्शनधारीले नेपाल प्रहरीका पूर्व एआईजी छविराज जोशीका छोरा रोचक जोशी, अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ तथा करिश्मा मानन्धरकी छोरी कविता मानन्धरलाई म्युजिक भिडियो र सिनेमामा डेब्यु गराउने भनेर ठूलो लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
दर्शनधारीका भाइ योगेन्द्र दर्शनधारीले निर्मल बुद्धभूमि बचत तथा कृषि फार्म नै चलाएको समेत प्रतिवेदनमा उल्लेख छ ।
सरकारले सहकारी संस्था बचत र...









