शाक्यको नेतृत्वमा ११ सदस्यीन नयाँ कार्यसमिति चयन गर्दै नेपाल मानव अधिकार तथा शान्ति समाज नेपालको आठौं जिल्ला अधिवेशन सम्पन्न
कार्तिक २४
नेपाल मानव अधिकार तथा शान्ति समाज नेपालको आठौं बार्षिक साधारण सभा आज खाँदबारीमा सम्पन्न भएको छ ।
नेपाल मानव अधिकार तथा शान्ति समाज नेपालका जिल्ला अध्यक्ष लोकदर्शन शाक्यको सभापतित्व तथा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले लोकदर्शन शाक्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा मुना पराजुली, सचिव कल्पना बराल, सहसचिव सुरज ठटाल, कोषाध्यक्ष प्रजिना शाक्य र सदस्यहरुमा युवराज शाक्य, मदन शर्मा बजगाईं, लमु शेर्पा, सुजता कट्टेल, उत्तम दाहाल र कुसुम रसाईली रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिले थप ४ जना सदस्य पहिलो बैठकबाट मनोनयन गर्ने र निर्वाचित समितिमा कम्तिमा दलित सहित ४० प्रतिशत महिला सहभागिता रहनेगरि बिधानत प्रावधान राखिएकाले पहिलो बैठकबाटै ३ जनाको सल्लाहकार समिति, ४ जना मनोनीय सदस्य चयन गर्न नि...









