समाचार Archives - Page 39 of 80 - साझाकुरा
शनिबार, बैशाख २६, २०८३

समाचार

लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह
अन्तर्राष्ट्रिय, समाचार

लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

श्रावण १७ लेबनानमा पछिल्लो समय इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर फुआद शुक्र को हत्या गरिएपछि तनाव बढेको छ । त्यहाँ उत्पन्न स्थीतिलाई मध्यनजर गर्दै ईजिप्टमा रहेको नेपाली दुतावासले लेवनानमा रहेका नेपाली नागरिकहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । लेबनानमा रहेका नेपालीलाई ईमरजेन्सी सहायता आवश्यक परेको खण्डमा नेपाली दूतावास कायरो र बेरुतमा रहेको अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।...
शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन
समाचार

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

श्रावण १७ शास्त्रीय सङ्गीतका धुरन्धर गुरु गुरुदेव कामतको आज आफ्नै निवासमा ६९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित वहाँले आफ्नै जन्मथलो सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ पोखरभिण्डामा बिहान अन्तिम सास लिनुभएको थियो । शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका साथ नाम लिइने गुरुदेव कामतले पछिल्ला ४० वर्षदेखि काठमाण्डौमा रहेर नेपाली गीत, सङ्गीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आउनुभएको थियो । उहाँको आजै अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाईएको छ ।...
कोशी प्रदेश लगायतका केहि प्रदेशमा ठुलो बर्षादको संभावना
समाचार

कोशी प्रदेश लगायतका केहि प्रदेशमा ठुलो बर्षादको संभावना

श्रावण १७ मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम बिभागले जनाएको छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । महाशाखाकाअनुसार रातिमा भने देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले बताए ।...
मिटरब्याजीले हत्या गराएको भन्दै जनकपुरमा शवसहित धर्ना
समाचार, समाज

मिटरब्याजीले हत्या गराएको भन्दै जनकपुरमा शवसहित धर्ना

श्रावण १७ धनुषामा कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितले प्रदर्शन गरेका छन् । जनकपुरधामस्थित स्मसानघाट स्वर्गद्वारीमा मंगलबारदेखि नै शव राखेर मिटरब्याज पीडितहरु धर्नामा बसेका हुन् । ठाकुरको शव मंगलबार प्रादेशिक अस्पतालले पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाएपछि जलाउन लगिएको थियो । तर मृतक ठाकुर मिटरब्याज पीडित रहेको र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै जलाउन रोकिएको हो । स्मसानघाटमै शव राखेर सयौंको संख्यामा बुधबार पनि प्रदर्शनमा उत्रिए । ठाकुरको सोमबार बिहान घरमै कुटपिट गरी हत्या भएको थियो भने उनको श्रीमती श्यामु ठाकुर गम्भीर घाइते भएकी छन् । धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार सोमबार बिहान ठाकुरको हत्या भएको थियो । हत्या आरोपमा स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखि...
शेयर कारोबारमा नयाँ रेकर्ड कायम एकैदिन नेप्सेमा ६४ अङ्कको बृद्धि
अर्थ/व्यापार, समाचार

शेयर कारोबारमा नयाँ रेकर्ड कायम एकैदिन नेप्सेमा ६४ अङ्कको बृद्धि

श्रावण १६ शेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको छ ।बुधबार आज एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँको शेयर कारोबार अर्थात ६४ अङ्कको बृद्धि आउँदा हालसम्मकै ऐतिहासिक रेकर्ड कायम भएको हो । यसअघि २०७८ साल साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको रेकर्ड रहेको छ । त्यस यता हालसम्मकै उच्च अंकको बृद्धि देखिएको हो । आज हिमालयन रिइन्सुरेन्स कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कारोबार रकमले रेकर्ड बनाएको दिन शेयर बजार परिसूचक नेप्से ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बृद्धि देखिएकोमा बीमा, फाइनान्स, होटल, विकास बैंक, उत्पादन, व्यापार समूहको शेयरमा उच्च अङ्कको बृद्धि देखिएको छ । आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै ११ वटा कम्पनीको शेयरमा नौ प्रतिशत बढिको बृद्धि आएको छ भने ...
विश्व बैंकबाट ३३ अर्ब ३३ करोड ऋण लिने सरकारको निर्णय
अर्थ/व्यापार, समाचार

विश्व बैंकबाट ३३ अर्ब ३३ करोड ऋण लिने सरकारको निर्णय

सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि करिब ३३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ। गत श्रावण १० गतेको मन्त्रिपरिषद् बैठकको निर्णय प्रस्तुत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ऋण लिने निर्णय भएको जानकारी दिए । उनले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत पहिलो चरणमा उपलब्ध हुने ७४.६ मिलियन एसडीआर अर्थात एक हजार मिलियन अमेरिकी डलर करिब १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको सार्वजनिक जानकारी दिए । जानकारी दिने क्रममा मन्त्री गुरुङ्गले यसको कार्यान्वयन प्रदेश सरकारहरुले गर्ने निर्णय भएको खुलाउँदै उक्त कार्यक्रमको अनुगमन र मुल्यांङ्कन भने संघिय सरकारले नै गर्ने निर्णयमा उल्लेख गरिएको जानकारी दिए ।...
काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ डुबानमा
समाचार

काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ डुबानमा

श्रावण १६ रातभर भएको वर्षाका कारण काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका नदी छेउछाउका बस्तीहरु डुबानमा परेका हुन् । बाग्मती नदी किनारका शङ्खमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बाग्मतीको बाढी पसेको छ । बल्खु तरकारी बजार क्षेत्रमा पनि बाढी पसेर क्षति पुर्‍याएको छ । ललितपुरको च्यासलमा रहेको  एन्फाको फुटबल मैदानमा र नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ । बल्खुदेखि शङ्खमुलसम्मको बाग्मती किनारको सडक क्षेत्र र सानेपाको राम मन्दिर क्षेत्रमा पनि बाढी पसेको छ । इमाडोलको किस्ट अस्पताल आसपास, पवन प्रकृति स्कुल आसपासको क्षेत्र र महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा गोदाबरी खोलाको बाढी बस्तीमा पसेको छ । भक्तपुरमा हनुमन्ते नदीमा बढेको पानीको बहावका कारण धेरै तटीय बस्ती डुबानमा परेका छन् । भक्तपुरको ...
भोजपुरमा हाइड्रोमा कार्यरत २ जना मजदुर बाढीले बगाउँदा बेपत्ता
समाचार

भोजपुरमा हाइड्रोमा कार्यरत २ जना मजदुर बाढीले बगाउँदा बेपत्ता

श्रावण १६ भोजपुरको साल्पासिलिछो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले २ जनालाई बगाएको छ । बाढीले इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदारलाई बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राती १ बजे तिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएको इन्सेपेक्टर दिपक श्रेष्ठले बताए । बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् । यस्तै २६ वर्षीय राम किसन थारुको उद्धार गरिएको छ । उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । अहिले स्वास्थ्य चौकी कुलुमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । बाढी आएको क्षेत्र उत्तरी भोजपुरमा पर्दछ । श्राेत:नागरिक आवाज डट कम...
पाकिस्तानमा साम्प्रदायिक हिंसा, ४३ जनाको ज्यान गयो
अन्तरवार्ता, समाचार

पाकिस्तानमा साम्प्रदायिक हिंसा, ४३ जनाको ज्यान गयो

श्रावण १५ पाकिस्तानको कुर्रम जिल्लामा जनजातिहरूबीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक हिंसामा परिवर्तन हुँदा ४३ जनाको ज्यान गएको छ । ३० एकड अर्थात झण्डै एक सय कनाल जग्गाको स्वामित्वको विषयमा विवाद हुँदा अरु एक सय ५० भन्दा धेरै मानिस घाइते भएका छन् । यो विवाद बुसेहराका दुई गाउँमा बसोबास गर्ने आदिवासीबीचको हो । अधिकारीहरुकाअनुसार ६ दिन अघि शुरु भएको लडाई कुर्रम जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको छ । दशकौँदेखि भइरहेको कृषि भूमि विवादमा वार्ता गरिरहेको परिषद्मा एकजनाले गोली चलाएपछि साम्प्रदायिक हिंसा शुरू भएको हो ।सुन्नी मुस्लिम मडागी र शिया माली खेल जनजातिबीच गएको बुधवारदेखि हिंसा भइरहेको बीबीसी हिन्दिले जनाएको छ । त्यहाँको सरकारी अधिकारीकाअनुसार हिंसामा  सबैभन्दा धेरै अल्पसङ्ख्यक सम्प्रदायको रहेका छन् ।  कुर्रम पूर्व सङ्घीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा भएपनि सन् २०१८ मा खैबर पख्त...
पोखरामा स्कुल बस दुर्घटना, एक जनाको ज्यान गयो
समाचार

पोखरामा स्कुल बस दुर्घटना, एक जनाको ज्यान गयो

श्रावण १४ पोखरामा आज बिहान स्कुल बस दुर्घटना भएको छ । विद्यार्थी बोकेको बस दुर्घटना हुँदा स्कुलमा काम गर्ने एक जना सहयोगीको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । बिहान विद्यार्थी लिएर स्कुल जाँदै गरेको एलपी देवकोटा मेमेरियल स्कुलको बस पोखरा १७ फुस्रे खोलानजिकै दुर्घटना भएको हो । दुर्घटनामा विद्यार्थीसहित २४ जना घाइते भएका र उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । याे खबर उज्यालाे अनलाईनमा प्रकाशित छ ।...