संखुवासभाका पत्रकारको संस्था एसकाजले पायो नयाँ कार्यसमिति,अध्यक्षमा खनाल र महासचिवमा भट्टराई
श्रावण १३
संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसिएसन (एसकाज)ले आगामी कार्यकालका लागि शंकर खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । एशोसिएसनको शनिवार भएको साधारणसभाले खनालसहित सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा दिपेश श्रेष्ठ, महासचिवमा उद्धव भट्टराई, सचिवमा सुनिता पोखरेल, कोषाध्यक्षमा द्धारीका काफ्लेलाई निर्वाचित गरेको छ । त्यसैगरी सदस्यमा निमेशजंग राई, मणिराज गुरुङ, कुलचन्द्र बिष्ट, पर्वत बिश्वकर्मालाई पनि निर्वाचित गरेको छ । सल्लाहकारमा हेमन्त गौतम, दुर्गा खनाल र संस्थापक अध्यक्ष दिपेन्द्र वान्तवा रहेका छन् ।
नेपाल पत्रकार महासंघ संखुवासभाको पूर्व सभापतिसमेत रहेका खनाल हाल ईमेज टेलिभिजनमा कार्यरत छन् । लामो समयदेखि पत्रकारितामा आबद्ध खनालसँग बिभिन्न सञ्चारगृहमा रहेर काम गरेको अनुभव छ । त्यसैगरि रोजगार मिडियाका सम्पादक उद्वव भट्टराई एसकाजको महा...








