समाचार Archives - Page 42 of 77 - साझाकुरा
सोमवार, चैत्र २, २०८२

समाचार

स्वतन्त्रता दिवस मनाउने क्रममा अमेरिकाका विभिन्न ठाउँमा गोलीकाण्डमा परि ३३ को मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

स्वतन्त्रता दिवस मनाउने क्रममा अमेरिकाका विभिन्न ठाउँमा गोलीकाण्डमा परि ३३ को मृत्यु

तस्बिरःएजेन्सी अमेरिकामा २ सय ४८ औँ स्वतन्त्रता दिवस मनाउने क्रममा भएका गोलाबारी र हिंसामा परि ३३ जनाको मृत्यु भएको छ । पछिल्लो तीन दिनमा गोलीबारी र अन्य प्रकारका हिंसाले देशभरि कम्तीमा ३३ जनाको ज्यान गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । अमेरिकाले अस्ति बिहिबार जुलाई ४ मा स्वतन्त्रता दिवस मनाएको थियो । हिजो बिहान शिकागोमा भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ । उक्त घटनामा ५५ जना घाइते भएका समाचार संस्था एपीले जनाएको छ । स्वतन्त्रता दिवस मनाइरहेको अमेरिकालाई गोलीकाण्डका घटनाले स्तब्ध बनाएको अमेरिकि संचार माध्यमहरुले जनाएका छन् । यस्तै हिजो बिहान क्यालिफोर्नियाको हन्टिङटन बीचमा आतिशबाजी कार्यक्रम समाप्त भएपछि भएको आक्रमणमा दुई जनाको ज्कमृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । यसैगरि बोस्टनमा भएको भागदौड र गोलाबारिमा एक जनाको मृत्यु भएको छ ।...
दोलखामा बाढीले तीन घर बग्यो एक महिला बेपत्ता
समाचार

दोलखामा बाढीले तीन घर बग्यो एक महिला बेपत्ता

असार २२ दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा रहेको डोडाङमा बाढीमा परि स्थानीय ६४ वर्षीया जाङ्मु शेर्पा बेपत्ता भएकी छिन भने तीन वटा घर पहिरोमा बगेका छन् । शुक्रबार राति रोल्वालिङ खोलामा आएको बाढिमा परि रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गरिरहेकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले जनाए । छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पाले करिब ३० वर्षदेखि गौरीशङ्कर–९ डोडाङमा होटल व्यवसाय संचालन गर्दै आएकी थिइन् । उनको खोजि भैरहेको प्रहरीले जनाएको छ ।...
बाढीका कारण ६ सय ४० मेगावाट जलविद्युत् उत्पादन बन्द
समाचार

बाढीका कारण ६ सय ४० मेगावाट जलविद्युत् उत्पादन बन्द

असार २२ केहि दिन अघि देखिको निरन्तर वर्षासँगै आएको बाढीका कारण ६ सय ४० मेगावाट बढि जलविद्युत् आयोजनाबाट उत्पादन भैरहेको बिद्युत उत्पादनमा बन्द भएको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले गएराति दखि बन्द भएको जनाएको छ । त्यसैगरि ६० मेगावाटको माथिल्ला त्रिशुली थ्री,एु र १० मेगावाटको सुनकोशी जलविद्युत आयोजनाबाट उत्पादन भैरहेको बिद्यूत उत्पादन बन्द भएको छ । बिद्युत प्राधिकरण र यसका सहायक उत्पादक कम्पनीबाट उत्पादन भएको पाँच सय २६ मेगावाट जलविद्युत उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ । यस्तै निजी क्षेत्रतर्फ ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्य मोदी र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट उत्पादित विजुली उत्पादन अवरुद्ध भएको छ । यस्तै बाढीकै कारण ५० मेगावाटको सोलु दुधकोशी, ...
नेपाल पत्रकार महासंघको निर्वाचन फेरि स्थगित
समाचार

नेपाल पत्रकार महासंघको निर्वाचन फेरि स्थगित

असार २२ आज अर्थात असार २२ गते हुने भनिएको नेपाल पत्रकार महासंघको निर्वाचन फेरि स्थगित भएको छ । शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति मार्फत निर्वाचन स्थगित गरिएको जनाएको छ । निर्वाचन सम्पन्न गर्नका लागि गठित निर्वाचन समिति सक्रिय रहँदा रहँदै पनि सदस्यताका बिषयमा केहि बिवाद देखिएकाले आज हुने गरि तोकिएको निर्वाचन अर्काे सुचना नभएसम्मका लागि स्थगित गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले जनाए । पत्रकार महासंघबाट निर्वाचनको मिति तोकिनासाथ चुनावी कार्यक्रम अघि बढाउन निर्वाचन समित तैयार रहेको निर्वाचन समितिले जनाएको छ । महासंघले यस अघि जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकेको र सो मितिमा निर्वाचन सम्पन्न हुन नसकेपछि असार २२ मा निर्वाचन मिति तोकेको थियो ।...
मनसुन थप सक्रिय : पर्सि आइतवारसम्म बाढीपहिरो र डुबानको जोखिम
समाचार

मनसुन थप सक्रिय : पर्सि आइतवारसम्म बाढीपहिरो र डुबानको जोखिम

असार २१ पर्सि आइतवारसम्म देशभर हल्कादेखि ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका थोरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ । त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा तथा थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । पर्सिसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न महाशाखाले सबैसँग आग्रह ...
धनुषामा पोखरीमा डुबेर ३ जना बालिकाको ज्यान गयो
समाचार

धनुषामा पोखरीमा डुबेर ३ जना बालिकाको ज्यान गयो

असार २० धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १० देखि १२ वर्ष उमेरका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् । आज दिउँसो नुहाउने क्रममा धनौजी गाउँपालिका–५ बहुअर्वामा रहेको सार्वजनिक पोखरीमा डुबेर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । बालिकाहरू पोखरीमा डुबेको देखेपछि स्थानीयवासीले तत्कालै उद्धारको प्रयास गरे पनि सफल हुन सकेन । ज्यान गुमाएका उनीहरूको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ । श्राेत:उज्यालाे अनलाईन...
सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु
समाचार

सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु

असार २० सिन्धुलीको दुधौली पोखरीमा डुबेर २ बालकको ज्यान गएको छ । चुरे उत्थानशील आयोजनाले निर्माण गरिरहेको पोखरी अलपत्र रुपमा त्यसै छाडिँदा पोखरीको पानीमा डुबेर २ जना बालकले ज्यान गुमाउनु परेको स्थानीयले बताएका छन् । पोखरीमा डुबेर दुधौली नगरपालिका–६ का संजिव कुमारका ९ वर्षीय छोरा अनिश कुमर र बासुराम कुमरका ६ वर्षीय छोरा संजल कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेपछि उद्धार गरिएको उनिहरुलाई उपचारका लागि नगर हस्पिटल सिर्थौली लगिएकोमा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको थियो ।...
सुनको भाउ एकै दिन तोलामा सोह्र सयले बढ्यो
अर्थ/व्यापार, समाचार

सुनको भाउ एकै दिन तोलामा सोह्र सयले बढ्यो

असार २० सुनको भाउ आज बिहिबार एकैदिन तोलामा सोह्र सयले बढेको छ । हिजो बुधबार तोलाको १ लाख ४२ हजार ७ सयले कारोबार भएको सुनको भाउ आज एक हजार छ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई छ । आज चाँदीको भाउ पनि सामान्य रुपले बढेको छ । चाँदीको भाउमा आज ४० रुपैयाँ बृद्धि भएर तोलाको १ हजार ८ सय ६५ रुपैयाँ पुगेको छ ।  ...
राजिनामा बुझाउन गएका रास्वपा मन्त्री त्यसै फर्किए
राजनीति, समाचार

राजिनामा बुझाउन गएका रास्वपा मन्त्री त्यसै फर्किए

असार २० राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु अन्तत त्यसै फकिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र रास्वपा सभापति रवी लामिछाने बिच २ घण्टाको लामो छलफलपछि राजिनामा बुझाउन बालुवाटार पुगेका रास्वपा नेताहरु राजिनामा नबुझाई फर्किएको जनाईएको छ । एमालेका मन्त्रीहरुको राजिनामा पछि अल्पमतमा परेका प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने ढृणता राखेकाले प्रधानमन्त्री दाहालको आग्रह अनुशार रास्वपाका मन्त्रीहरु राजिनामा नदिई फर्किएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । बिहीबार बिहान सरकारमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ प्रधानमन्त्री समक्ष राजिनामा बुझाउन बालुवाटार गएका थिए ।...
रास्वपाका मन्त्रीहरुले आज राजीनामा बुझाउँदै
राजनीति, समाचार

रास्वपाका मन्त्रीहरुले आज राजीनामा बुझाउँदै

असार २० राष्ट्रिय स्वतन्त्र पार्टीका चार मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । सरकारमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राजीनामा दिने भएका हुन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आजै मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिए । नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोड्दै नेपाली काँग्रेससँग गठबन्धन गरेपछि पुष्पकमल दाहालको सरकार अल्पमतमा परेको छ । ...