समाचार Archives - Page 43 of 77 - साझाकुरा
सोमवार, चैत्र २, २०८२

समाचार

रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित 
राजनीति, समाचार

रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित 

असार २० राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई पदबाट निलम्वि त गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गरेकाले केन्द्रीय अनुशासन आयोगसँग परामर्श गरेर सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । केन्द्रीय समितिले सभापति रवी लामिछानेको प्रस्तावमा सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ता तोकेको छ । निलम्बनको निर्णयपछि महामन्त्री ढकालले आफूलाई स्पष्टीकरणको मौका नदिई कारवाही गरेको गुनासो गरेका छन् ।...
संखुवासभाका सुरेश अधिकारी प्रतिनिधि सभाकाे सचिवमा नियुक्त
समाचार

संखुवासभाका सुरेश अधिकारी प्रतिनिधि सभाकाे सचिवमा नियुक्त

असार १९ राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिशमा खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको हो । ‘राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिशमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरिएकाे राष्ट्रपतिको कार्यालयले विज्ञप्ति मार्फत जनाएकाे छ । श्राेत:उज्यालाे अनलाईन...
नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति
राजनीति, समाचार

नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति

असार १८ नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस र नेकपा एमालेबिच सहमति भएको छ । सोमबार दिनभरको दोडधुपछि मध्यरातमा दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति भएको हो । सरकार बनाउने सहमतिका लागि काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएको छ । पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुने सहमति भएको छ । त्यस्तै सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिने र प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषय पनि समावेश गरिएको छ । जसअनुसार एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेश प्रदेश सरकारको नेतृत्व भने मधेशवादी दललाई नै दिने सहमति भएको छ । यसैगरि निर्व...
श्रावण २३ देखि ३१ गतेसम्म एसईईको पुरक परीक्षा
शिक्षा, समाचार

श्रावण २३ देखि ३१ गतेसम्म एसईईको पुरक परीक्षा

असार १७ माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी श्रावण २३ गतेदेखि हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ । शिक्षा मन्त्रालयले दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई समेत परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बोर्ड बैठकले परीक्षाको मिति सार्वजनिक गरेको हो । साउन २३ गतेदेखि शुरु भई साउन ३१ गतेसम्म सञ्चालन हुने पुरक परीक्षाको नतिजा असोजको पहिलो हप्ताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ । भर्खरै सार्बजनिक गरिएकाे एसईईमा अनुत्तीर्ण भएका दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीलाई पुनःपरीक्षामा सहभागी हुने अवसर दिईएकाे परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ ।...
२० वटा सहकारीका कागजात झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय
अर्थ/व्यापार, समाचार

२० वटा सहकारीका कागजात झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय

१७ असार, मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट संखुवासभा जिल्ला सहित ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको हाे । सरकारले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीको कागजात झिकाउने संसदीय छानबिन विशेष समितिले निर्णय गरेको छ । समस्याग्रस्त सहकारीका कागजात सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भए पनि अरू विवरण, जानकारी र तथ्य आवश्यक पर्ने भएकाले कागजात झिकाउने निर्णय गरेको समितिले जनाएको छ । समितिको हिजोको बैठकमा २०४७ सालमा सहकारी अध्ययन गर्न गठित कार्यदलका संयोजक राधाकृष्ण मैनाली, २०६१/०६२ मा सहकारी अधययनका लागि गठित कार्यदलका संयोजक युवराज खतिवडा र २०७० सालमा समस्याग्रस्त सहकारीको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरीबहाद...
आगामि असार २० सम्म संखुवासभा सहित ३४ जिल्लामा ‘रेड अलर्ट’
समाचार

आगामि असार २० सम्म संखुवासभा सहित ३४ जिल्लामा ‘रेड अलर्ट’

१७ असार, मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट संखुवासभा जिल्ला सहित ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको हाे । यसैगरी २६ जिल्लामा मध्यम जोखिमको सम्भावनाको संकेत स्वरुप यलो अलर्ट जारी गरेको छ । रेड अलर्टले अति जोखिम र यलो अलर्टले मध्यम जोखिमको संकेत गर्दछन् । अति जोखिम भनेर संकेत गरिएका जिल्लाहरुमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपु्र, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा छन् । यी जिल्लामा बर्षादसंगै बाढि पहिराेकाे जाेखिम रहन सक्ने भएकाले सतर्क रहन माैसम बिभागले आग्रह गरेकाे छ । यी जिल्लामा रहेका खाेलाहरुमा जलसतह बढि बाढि र डुबानकाे संभावना बढिरहेकाे बिभागकाे भनाई छ ।...
संखुवासभामा निकुञ्जका कर्मचारी मृत भेटिए
समाचार

संखुवासभामा निकुञ्जका कर्मचारी मृत भेटिए

असार १६ मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन्। संखुवासभाको मकालु गाउँपालिका– ३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका गेम स्काउट पदमा कार्यरत ५० वर्षीय केशर कार्की आइतबार मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। उनलाई निकुञ्ज कार्यालयदेखि केही पर मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनी भिरबाट लडेको अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नयाँ पत्रिकामा याे खबर छ । ...
एसइईमा अनुत्तीर्ण सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराईने
शिक्षा, समाचार

एसइईमा अनुत्तीर्ण सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराईने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निणर्य गरेको छ। शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निणर्य गरेको हो। परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थीले मौका परीक्षा दिन पाउँदैनन्। तर, यसपटकदेखि नै नयाँ प्रणाली लागू गरेकाले एकपटक सबै विद्यार्थीलाई मौका दिन यस्तो निणर्य गरिएको मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए। ‘अब जति वटा विषय लागेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउँछन्, यसको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएको छ,’ प्रवक्ता दाहालले बताए । नयाँ पत्रिकाले डिटेलमा समचार प्रकासन गरेकाे छ ।...
एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण
शिक्षा, समाचार

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक भएको हो । एसईइ परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय जानकारी अनुसार वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ । नेपाल टेलिकममार्फत १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर हेर्न सकिने, स्विफ्ट टेक्नोलोज...
सङ्खुवासभामा तीन दिने फोटोग्राफी तथा भीडियाेग्राफी तालिम संचालन
समाचार

सङ्खुवासभामा तीन दिने फोटोग्राफी तथा भीडियाेग्राफी तालिम संचालन

घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाको आर्थिक सहयोग तथा प्रेस युनियन संखुवासभाकाे संयाेजनमा जिल्लाका संचारकर्मीलाई लक्षित गरि फोटोग्राफी तथा भिडियोग्राफी सम्बन्धी तीन दिने आधारभूत तालिम संचालन गरिएकाे छ । मंगलबार बाट शुरु भएकाे तीन दिने तालिममा ३० बढि प्रशिक्षार्थीकाे सहभागिता रहेकाे छ । संचार जगतलाई आधुनिक, प्रविधिमैत्री र समयानुकुल बनाई उनिहरुकाे क्षमता बढाउन तालिमले ठुलाे सहयाेग पुग्ने अपेक्षा आफुले राखेकाे उद्घाटन समाराेहका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए । समन्वय समिति प्रमुख शाक्यले पछिल्लो समय आएका विभिन्न नयाँ टेक्नोलोजीकाे प्रयाेगले ब्यवसायिक पत्रकारिताकाे बिकासमा ठुलाे टेवा पुग्ने धारणा राखेका थिए । कार्यक्रमका विशिष्ट अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले जनतालाई बिकास संग जाेड्न संन्चार जगतकाे भुमिका अत्यन्त महत्वपुर्ण हुनेहु...