समाचार Archives - Page 54 of 79 - साझाकुरा
शुक्रबार, बैशाख २५, २०८३

समाचार

भारतिय चर्चित गायक पंकज उधासको ७२ बर्षको उमेरमा निधन
समाचार

भारतिय चर्चित गायक पंकज उधासको ७२ बर्षको उमेरमा निधन

भारतिय चर्चित गायक पंकज उधासको ७२ बर्षको उमेरमा आज निधन भएको भारतिय संचार माध्यमहरुले जनाएका छन् । भारतीय संचार माध्यमका अनुशार उधासको मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे निधन भएको हो। उनी विगत केही दिनदेखि उक्त अस्पतालमा उपचाररत थिए । स्वर्गिय गायक उधासको सैयौं गित र गजलहरु बिश्व चर्चित समेत बनेका थिए । उनका चर्चित गजलहरु मध्ये ‘चिठी आयी है’बाट उनले निकै चर्चा बटुलेका थिए । स्वर्गिय गायक तथा गजलकार पंकज उधासलाई सन् २००६ मा पद्मश्री पुरस्कारबाट सम्मान समेत गरिएको थियो । ...
लोसपा बरिष्ठ नेता राजेन्द्र महतोद्वारा पार्टि परित्याग, नयाँ आन्दोलनको घोषणा
राजनीति, समाचार

लोसपा बरिष्ठ नेता राजेन्द्र महतोद्वारा पार्टि परित्याग, नयाँ आन्दोलनको घोषणा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । आज राष्ट्रिय सभागृहमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन् । बरिष्ट नेता महतोले पत्रकार सम्मेलन मार्फत नै लोसपा परित्यागसंगै राष्ट्रिय मुक्ति आन्दोलन समेत आजैबाट शुरु भएको घोषणा गरेको जनाईएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुर र महतोबिच केही महिला अघि देखि नै मनमुटाव देखिँदैआएको थियो । पार्टि परित्याग गरेको घोषणा संगै महतोले राष्ट्रिय मुक्ति आन्दोलन अभियान शुरु भएको र पार्टीको स्वरूप गठनलाई तिब्रता दिने बताएका थिए । ...
क्रिकेट कप्तान रोहित पौडेलसहित ६ जना खेलाडीलाई मासिक १ लाख तलव
खेलकुद, समाचार

क्रिकेट कप्तान रोहित पौडेलसहित ६ जना खेलाडीलाई मासिक १ लाख तलव

नेपाल क्रिकेट सङ्घ (क्यान)को यही फागुन १२ र १४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुरुष र महिला क्रिकेटरको श्रेणी वर्गीकरण गरेको छ । क्यानको आजको बैठकले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जनालाई केन्द्रीय सम्झौतामा राख्ने निर्णय गरेको क्यानले उल्लेख गरेको छ । । पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने क्रिकेटरहरुमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल गरी ६ जना रहेका छन् । उनिहरुले मासिक एक लाख रुपैयाँ तलब पाउने उल्लेख गरिएको छ । त्यसैगरि पुरुषतर्फ ‘बी’ श्रेणीका ६ जना क्रिकेटरले ७० हजार, ‘सी’ श्रेणीका ४ जनाले ५५ हजार, ‘डी’ श्रेणीका ७ जनाले ३५ हजार र उदीयमान श्रेणीमा पर्ने ७ जना क्रिकेटरले मासिक २५ हजार रुपैयाँ तलब पाउने निर्णय भएको क्यानले जनाएको छ । यसैगरी महिलातर्फ ‘ए’ श्रेणीमा पर्ने कप्तान इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगरले जनह...
निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गरे आन्दोलनकारी, ४९ जना पक्राउ
समाचार

निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गरे आन्दोलनकारी, ४९ जना पक्राउ

निषेधित क्षेत्र तोडेर काठमाडौँको बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेकाे आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ । संसद भवनमा प्रवेश गरेकाे आरोपमा ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए ।  निषेधित क्षेत्र तोड्न खोज्नेहरु लघुवित्त प्रभावित हुन् । उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । श्राेत:राताेपाटी...
सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ
समाचार

सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ

सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फुलबारी-२ घर भएका काठमाडौंको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनले भने, “दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए । उनी आज पक्राउ परेका छन् ।” गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको जनाइएको छ । श्राेत: काराेबार दैनीक...
युक्रेन युद्धमा ३१ हजार सैनिकको ज्यान गयो
अन्तर्राष्ट्रिय, समाचार

युक्रेन युद्धमा ३१ हजार सैनिकको ज्यान गयो

युक्रेन युद्धमा अहिलेसम्म ३१ हजार सैनिकको ज्यान गएको छ । रुस–युक्रेन युद्ध शुरु भएपछि अहिलेसम्म ३१ हजार युक्रेनी सैनिकको ज्यान गएको बीबीसीले जनाएको छ । तर, घाइते भएका युक्रेनी सैनिकका बारेमा भने जानकारी दिन नसकिने राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बताउनुभयो । उहाँले रुसलाई योजना बनाउन सजिलो हुने भएकाले घाइतेको विवरण दिन नचाहेको बताउनुभएको खबरमा उल्लेख छ । यसअघि रुसले ज्यान गुमाएका युक्रेनी सैनिकको सङ्ख्या अत्यधिक बढाएर भनेपछि यो तथ्य बाहिर ल्याइएको हो । रुसले एक लाख ५० हजार वा तीन लाख जनाको ज्यान गएको भनेर भ्रामक प्रचार गरेको युक्रेनको दाबी छ । राष्ट्रपति जेलेन्स्कीले ज्यान गुमाउने जति भए पनि त्यसले देशलाई ठूलो क्षति भएको बताउनुभएको छ । श्राेत:उज्यालाे अनलाईन...
सञ्चयकाेषद्वारा घुम्ती सेवा संचालन तीन सय ७७ बढि सञ्चयकर्ताले जिल्लामै सेवा पाए
अर्थ/व्यापार, समाचार

सञ्चयकाेषद्वारा घुम्ती सेवा संचालन तीन सय ७७ बढि सञ्चयकर्ताले जिल्लामै सेवा पाए

सङ्खुवासभामा सदरमुकाम खाँदबारीमा कर्मचारी संचय कोष सञ्चालन गरेको सञ्चयकर्ताका लक्षित घुम्ती सेवामा तीन सय ७७ सञ्चयकर्ताले सेवा लिएका छन् । कर्मचारी सञ्चय कोष, सेवा केन्द्र धनकुटाले शुक्रबार देखि आइतबार सम्म घुम्ती सेवा सञ्चालन गरेको धनकुटा सेवा केन्द्रका प्रमुख दिपेन्द्र सापकोटाले जानकारी दिए । सञ्चय कोषले नेपालमा नै पहिलो पटक घुम्ती सेवामा मार्फत सेवा प्रदान गरेको हो ।  हिमाली जिल्ला संखुवासभाका सञ्चयकताहरुले धनकुटा तथा विराटनगर पुगेर सेवा लिदा सास्ती खेप्नु परेकाले जिल्लामा नै पुगेर सेवा प्रवाह गरेको प्रमुख सापकोटाले बताए । जिल्लामा नै सेवा प्रवाह हुँदा सञ्चयकर्ताको समय र आर्थिक भार समेत कम भएको उनको भनाई छ । घुम्ती सेवामा तीन सय ७७ सञ्चयकर्ताले डिजिटल परिचय पत्र दिएका छन् । यस अघि सञ्चय कोषले हस्तलिखत परिचय पत्र मात्र वितरण गर्दै आएको थियो । गोपनियता, दुरूपयोग रोक्न र सेवा प्रभ...
दमकको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा अख्तियारद्वारा १ सय ८७ विरुद्ध मुद्दा दायर
समाचार

दमकको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा अख्तियारद्वारा १ सय ८७ विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा दमकको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा एक सय ८७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । यस काण्डलाई झापा जिल्लाको बालुवाटार काण्डका नामले समेत चिचिन थालेको छ । जग्गा ब्यक्तिको नाममा सार्न भुमिका खेलेको आरोपमा नापी कार्यालय झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसहित एक सय ८७ जनाविरुद्ध आईतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रवक्ता नरहरि घिमिरले बताए । दमक नगरपालिकाको वडा नम्बर १३ र १४ कायम रहेको बालुवाटारको रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फका जग्गा तथा साविक दमक–६ (ग) र दमक–५ (ख) बीचको सार्वजनिक जग्गा विभिन्न व्यक्तिको नाममा गरिएको अख्तियारको दाबी छ । तीन सय ८४ रोपनी आठ आना एक दाम रहेको ती जग्गा व्यक्तिका नाममा दर्ता कायम गरेको र जग्गाको न्यूनतम मूल्याङ्कन ४१ करोड ६...
संखुवासभाकाे धर्मदेवी नगरपालिकाद्वारा  शाेक बिदा
समाचार

संखुवासभाकाे धर्मदेवी नगरपालिकाद्वारा शाेक बिदा

धर्मदेबी नगरपालिकामा कार्यरत इन्जिनियर विवेक न्यौपानेको निधन मा शोक व्यक्त गर्दै आइतबार शोक विदा घाेषणा गरेकाे छ । काभ्रेपलाञ्चाेक राेशी गाउँपालिका ७ का न्याैपानेकाे हिजाे निधन भएकाे थियाे । नगरपालिकाले नगर माताहतका वडा कार्यालय र बिध्यालयहरुमा शाेक बिदा दिईएकाे बिज्ञप्ति मार्फत जनाएकाे छ ।
प्रसूति गृहबाट शिशु चोरी गर्ने महिला पक्राउ
अपराध, समाचार

प्रसूति गृहबाट शिशु चोरी गर्ने महिला पक्राउ

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरीमा संलग्न महिलालाई प्रहरीले आज पक्राउ गरेकाे छ । विवाह गरेको तीन वर्ष भएपनि सन्तान नभएपछि ती महिलाबाट शिशु चोरी भएकाे पाइएको प्रारम्भीक अनुशन्धानबाट देखिएकाे प्रहरीकाे भनाई छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट शिशुलाई उद्दार गरेको छ भने बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंहलाई नियन्त्रणमा लिएको जनाएकाे छ । शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर मनकुमारी सम्पर्कविहीन भएकी थिइन् । लगत्तै क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले उनलाई काँडाघारीमा फेला पारेको हो । नेपाली सेनामा कार्यरत् उनका श्रीमान्लाई पनि अनुशन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।...