खाँदबारीमा विश्व मातृभाषा दिवश मनाइयो
खाँदबारीमा पहिलाे पटक विश्व मातृभाषा दिवश मनाईएकाे छ । जिल्लाको सदरमुकाम खाँदबारी स्थित हिमालय माध्यमिक विद्यालयको सेमिनार हलमा विश्व मातृभाषा दिवश विशेष कार्यक्रमको आयोजना गरि मनाइएको ह ।
दक्षिण एशियाली साहित्यिक सांस्कृतिक संगठन (एफ्साकल) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम संगठनका अध्यक्ष ताराबहादुर बुढाथोकीले संचालन गरेका थिए । हिमालय माध्यमिक विद्यालयका अध्यक्ष शेरबहादुर पराजुलीको अध्यक्षता तथा शिक्षक अभिभावक संघ अध्यक्ष तथा संस्कृतिकर्मी सुनिता गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली मातृभाषीको तर्फबाट अध्यक्ष बुढाथोकीले कविता बाचन गरेर कार्यक्रम उदघाटन भएको घोषणा गरे । कवि कृष्णबहादुर चापागाई र कवि सुलोचना शर्माले नेपालीमा कविता बाचन गरेका थिए । तामाङ भाषामा डिकमाया तामाङ, कुलुङ भाषाको कविता संगम कुलुङ, लोहोरुङ भाषाको कविता...









