समाचार Archives - Page 58 of 77 - साझाकुरा
आइतवार, चैत्र १, २०८२

समाचार

हिलेमा सडकपेटी ढाक्नेगरि राखिएका सामान धनकुटा नगरपालिकाद्वारा जफत
समाचार

हिलेमा सडकपेटी ढाक्नेगरि राखिएका सामान धनकुटा नगरपालिकाद्वारा जफत

धनकुटाको हिले बजारमा सडकपेटी ढाकेर राखिएका सामग्रीहरु धनकुटा नगरपालिकाले जफत गरेको छ । सडक पेटि ढाक्नेगरि राखिएका सामग्रीले आवत जावतमा समस्या गर्ने र कुनैपनि समयमा दुर्घटना निम्त्याउने भएकाले नगरप्रहरी परिचालन गरि त्यस्ता सामग्रीहरु जफत गरिएको नगरपालिकाले जनाएको छ । तोङ्बा चोकदेखि सिरान बजारसम्मको क्षेत्रमा जथाभावी राखिएका निर्माण सामग्री लत्ता कपडा, सागसब्जी लगायतका तरकारी, सडक पेटिमा राखिएका पानी ट्याङ्की, म्याट, डसना, होडिङ बोर्ड लगायत सामग्रीहरु जफत गरिएको नगर प्रहरी प्रमुख रभी खत्रीले बताए । सडकपेटी मिचेर राखिएका सामान हटाउन पटक पटक सार्वजनिक सुचना जारी गर्दासमेत अटेर गरिएपछि बजार व्यवस्थापन समिति र वडा कार्यालयले उक्त सामग्रीहरु नियन्त्रणमा लिन पहल थालिएको धनकुटा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले जानकारी दिए । व्यवस्थित बनाउनु सबैको दायित्व भएको नगरप्रमुख तामाङ्गको भ...
नेपालगञ्जबाट काठमाण्डौ जाँदैगरेको बस  दाङमा दुर्घटना हुँदा १२ को मृत्यु, २३ घाईते
समाचार

नेपालगञ्जबाट काठमाण्डौ जाँदैगरेको बस दाङमा दुर्घटना हुँदा १२ को मृत्यु, २३ घाईते

नेपालगञ्जबाट काठमाण्डौ जाँदैगरेको रात्रिबस दाङको भालुवाङ्गमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २३ बढि घाईते भएका छन् । भे १ ख ३९१२ नम्बरको रात्रिबस गएराति राप्ती पुलबाट खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय भालुवाङ दाङ्गले जनाएको छ । दुर्घटनामा परि अन्य २३ यात्रु घाइते भएका छन् । ज्यान गुमाउनेहरुको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले बताए मृतकको शव लमहीको अस्पतालमा राखिएको छ भने २३ जना घाइतेकमो बुटवल र नेपालगञ्जका अस्पतालहरुमा उपचार भैरहेको प्रहरीको भनाई छ । ...
कास्किकाे लुम्लेमा अर्बुदकाे ३३ औ केन्द्रीय सभा
समाचार, स्वास्थ्य

कास्किकाे लुम्लेमा अर्बुदकाे ३३ औ केन्द्रीय सभा

नेपाल अर्बुद राेग निवारण संस्थाकाे ३३ औ केन्द्रीय सभा कास्किकाे लुम्लेमा शनिवारबाट शुरु हुने भएकाे छ । केन्द्रीय सभा दुई दिन सम्म चल्नेछ । भाेलि हुने केन्द्रीय सभाकाे समुद्घाटन गण्डकी प्रदेस स्वास्थ्य मन्त्रि शुसिला सिंम्खडाबाट हुने नेपाल अर्बुद राेग निवारण संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए । केन्द्रीय महासचिब दीपेन्द्र बान्तवाले लुम्लेमा हुने केन्द्रीय सभा सम्पन्न गर्नका लागि ४४ जिल्लाबाट प्रतिनिधिहरु आउनेक्रम जारि रहेकाे जानकारि दिए । उनले भाेलिकाे केन्द्रीय सभामा संस्थाले गर्दै आएकाे गतिबिधी, बार्षिक आर्थिक प्रतिवेदन, भावि रणनिति र संस्थागत प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेकाे बताए । नेपाल अर्बुद राेग निवारण संस्थाले सुर्तिजन्य पदार्थकाे बिकृ बितरणमा राेक लगाई यसबाट उत्पन्न क्यान्सरजन्य जटिल राेग न्युनिकरणका लागि विभिन्न प्रवर्धनात्मक र परामर्शका कार्यक्र...
रूसी सेनामा भर्ती भएका थप तीन जना नेपालीको मृत्यु
समाचार

रूसी सेनामा भर्ती भएका थप तीन जना नेपालीको मृत्यु

रुसी सेनामा भर्ती भएका थप तीन जना नेपालीको मृत्यु भएको छ। रुस–युक्रेन युद्धका क्रममा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यससँगै रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ। रुसी सेनामा भर्ती भएका थप ४ जना नेपालीलाई युक्रेनी सेनाले कब्जामा लिएको र उनीहरूलाई छुटाउन  गृहकार्य गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मंसिर १८ मा मारिएका धादिङका पूर्णबहादुर गुरूङको सम्बन्धमा हालसम्म कुनै पनि आधिकारिक सूचना मन्त्रालयले बाहिर ल्याएको छैन ।  परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएकामध्ये १०० जना सम्पर्कविहीन रहेको निवेदन सरकारलाई प्राप्त भएको बताउनुभएको थियो । श्राेत: सिआईएन खबर ...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
समाचार

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

आइतबार राती १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सिन्धुपाल्चोकको लिष्टीकोट कोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरेको छ। गए रातिको भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो। भूकम्पको क्षतिबारे अहिलेसम्म कुनै विस्तृत विवरण प्राप्त भएको छैन । ...
आजदेखि चाक्चाकुर पर्व मनाउदै कुलुङ समुदाय
समाचार, समाज

आजदेखि चाक्चाकुर पर्व मनाउदै कुलुङ समुदाय

आदिवासी कुलुङ समुदायकाे प्रमुख पर्व चाक्चाकुर पर्व आजबाट सुरु भएकाे छ । कुलुङ समुदायकाे बसाेबास रहेकाे जिल्लाहरु साेलुखुम्बु,संखुवासभा, भाेजपुर, धनकुटा, सुनसरी, झापा, ईलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, काठमाण्डाै, कास्की लगायतका जिल्लाहरुमा चाक्चाकुर पर्व भब्य रुपले मनाउने गरिन्छ । उद्याैलीकाे समयमा आफ्ना पितृ र प्रकृतिलाई पुज्दै याे पर्व मनाउने गरिएकाे पाईन्छ । याे पर्वकाे अवसरमा चुला खन्याउने, नयाँ अन्न बाली पितृलाई चढाएर आशिर्वाद माग्ने र ठुलाबढाकाे हातबाट टिका थापि आशिर्बाद थाप्ने चलन छ ।  यस पर्वकाे अवसरमा कुलुङ समुदायकाे बाहुल्य क्षेत्रका स्थानीय तहहरुले स्थानीय बिदा समेत दिईंदै आएकाे छ । साेलुखुम्बुकाे महाकुलुङ गाउँपालिकाले १५ देखि १७ सम्म ३ दिन स्थानीय बिदा दिने गरेकाे छ भने संखुवासभाकाे सिलिचाेङ गाउँपालिकामा १५ र १६ गते दुई दिन स्थानीय विदा दिएकाे छ । ...
दुई दिन सार्वजनिक बिदा थप गर्ने सरकारको निर्णय
समाचार

दुई दिन सार्वजनिक बिदा थप गर्ने सरकारको निर्णय

सरकारले साबिक बिदालाई कायम राख्दै थप दुई दिन सार्वजनिक बिदा थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १६ काे सहिद दिवस र रामनवमी पर्वकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
गाेलि हानि हत्या प्रकरण, छानबिन समिति गठन
समाचार

गाेलि हानि हत्या प्रकरण, छानबिन समिति गठन

बालकुमारी घटना छानबिनका लागि तीन सदस्यीय समिति गठन ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटना र प्रदर्शन लगायतका विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ । प्रहरी नायब महानिरीक्षक (डीआइजी) लालमणि आचार्य संयोजक रहेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य रहेका गृह मन्त्रालयले जनाएको छ। समितिलाई सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ । यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान गएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आज विज्ञप्ति निकालेर घटनाको अध्ययन अनुसन्धान थालिएको पनि जनाएको छ । प्रारम्भिक अध्ययनबाट प्रहरीले अत्यधिक बल प्रयोग गरेको देखिएको आयोगले जनाएको छ । ...
अधिकार बिनाकाे प्रदेसकाे काम छैन :डा. कोईराला
समाचार

अधिकार बिनाकाे प्रदेसकाे काम छैन :डा. कोईराला

नेपाली काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोईरालाले प्रदेशलाई अधिकार नदिने हो भने संघीयताको अर्थ नहुने बताएका छन् । काँग्रेस पाँचथरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोईरालाले प्रदेशलाई अधिकार नदिने हो भने संघीयता खारेज गर्नुपर्ने बताएका हुन् । संघीयताको नाममा अहिलेको जस्तै रबैया रहे संघीयता टिक्न नसक्ने कोईरालाको तर्क थियो । “संघीयता ककारेज होस् भन्ने मेरो चााहना हैन्,” उनले भने “तर, यस्तो तरिकाले संघीयता टिक्दैन ।” अहिले नेपाली जनताहरु नेतृृत्वप्रति रुष्ट भएको कोईरालाको ठहर छ । “संबिधानमा उल्लेख भए बमोजिम प्रदेशलाई अधिकार दिनुपर्छ,” कोईरालाले भने “प्रदेशलाई अधिकार नदिने हो भने संघीयता चल्न सक्दैन ।” सम्बोधनको क्रममा कोईरालाले पहिचानवादीहरुसँग सरकारले बार्ता गर्नुपर्ने बताए । ” बार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्नुपर्छ,” उनले भने “पहिचानबादीहरुको मागलाई सरकारले...
अधिकार माग्न प्रदेस मुख्यमन्त्रिहरु हेटाैडामा
राजनीति, समाचार

अधिकार माग्न प्रदेस मुख्यमन्त्रिहरु हेटाैडामा

सङ्घ र प्रदेशबीच अधिकारका विषयमा विवाद बढिरहेका बेला सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला मकवानपुरको हेटौँडामा शुरु हुँदैछ । आज शुक्रवार मुख्यमन्त्रीहरूको भेला हुनुअघि हिजो बिहीवार गाउँपालिका राष्ट्रिय महासङ्घ, नगरपालिका महासङ्घ, बाग्मतीसहित अरू प्रदेशका सचिवहरूसँग अधिकारबारे छलफल भएको छ । हेटौँडामा भएको ‘तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रममा पालिकाका जनप्रतिनिधिले सङ्घ सरकारको दोहोरो भूमिकाले अधिकार नपाएको गुनासो गरेका थिए । संविधानमै उल्लेख भएका केही अधिकार नपाउँदा विकासमै बाधा पुगेको उनीहरूको भनाइ थियो । पालिकाका जनप्रतिनिधिको कुरा सुनेपछि आज सात वटै प्रदेशका मुख्यमन्त्रीहरू भेला हुन लागेका हुन् । गएको असारमा पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तरप्रदेश बैठकले छ महिनाभित्र सङ्घीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउने, जनशक्ति व्यवस्थापन र राष...