समाचार Archives - Page 59 of 77 - साझाकुरा
आइतवार, चैत्र १, २०८२

समाचार

बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी
समाचार

बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् । उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो झोसेका थिए ।...
युवा संघ नवौ जिल्ला अधिबेशन :  निर्वाचन मार्फत अध्यक्ष चुन्ने तैयारी
राजनीति, समाचार

युवा संघ नवौ जिल्ला अधिबेशन : निर्वाचन मार्फत अध्यक्ष चुन्ने तैयारी

नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल संखुवासभाको नवौ अधिबेशन सम्पन्न भएको छ । बिहिबार सदरमुकाम खाँदबारीमा शुरु भएकाे युवा संघको नवौं जिल्ला अधिबेसनबाट अन्य पदहरुमा सहमति जुटेपनिअध्यक्ष पदमा सहमति नजुटे पछि आज दिउँसाे निर्वाचनकाे तैयारि गरिएकाे युवा नेता ध्रुब डिवानले जानकारी दिए । हिजाे शुरु भएकाे अधिवेशन युवा संघका संखुवासभा जिल्ला अध्यक्ष ध्रुब खड्का (डीवान)को अध्यक्षतामा भएको थियाे । कार्यक्रममा प्रमुख अतिथी युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबे र विशिष्ट अतिथी नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेत, नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम रहेका थिए । ...
भक्तजनले चढाएका  १ सय ८४ तोला सुन पाथीभरा मन्दिरबाट संकलन
अर्थ/व्यापार, समाचार

भक्तजनले चढाएका १ सय ८४ तोला सुन पाथीभरा मन्दिरबाट संकलन

ताप्लेजुङस्थीत पाथीभरा मन्दिरबाट भक्तजनले चढाएका १ सय ८४ तोला सुन सङ्कलन गरिएको छ। पाथीभरा मन्दीर क्षेत्र विकास समितिले हिजो बिहीबार पत्रकार सम्मेलनमार्फत पछिल्लो समय जम्मा भएको सुनचाँदी सहितको परिणाम संकलन गरि पत्रकार सम्मेलन मार्फत यथार्थ बिवरण सार्वजनिक गरेको हो। सार्वजनिक तथ्यांक अनुशार १ सय ८४ तोला सुन जम्मा भएको छ भने ९२ किलो ६ सय ५० ग्राम चाँदी जम्मा भएको छ। त्यसैगरि चाँदी रिफाइन नगरिएको अवस्थामा रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङले बताए । उनले भने ८५ तोला ८ लाल सुन रिफाइन गरिएको अवस्थामा रहेको छ भने ९९ तोला १ सय २६ लाल सुन भने रिफाइन गर्न बाँकि रहेको छ । माता पाथीभरा मन्दिरबाट संकलित ६ हजार ५ सय ३९।७७५ किलोग्राम तामा तथा १६ हजार ६ सय ३८।१०० किलोग्राम भक्तजनले चढाएका घण्टी भण्डारण गरिएको मन्दीर ब्यवस्थापन समितिको भनाई छ । समितिले अहिले मन्दीर...
सामुदायिक रेडियोका अभियन्ता अष्टमान महर्जनको निधन
समाचार

सामुदायिक रेडियोका अभियन्ता अष्टमान महर्जनको निधन

सामुदायिक रेडियो तथा वातावरण पत्रकारिताका अगुवा अष्टमान किसी महर्जनको निधन भएको छ । उहाँको ६० वर्षको उमेरमा निधन भएको हो । उहाँलाई मिर्गौला र कलेजोसम्बन्धी समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । २०५२ सालमा युवा जागरण पर्यावरण मञ्च स्थापना गरी वातावरण पत्रकारिता सुरु गर्नुभएका महर्जनले २०५७ सालबाट रेडियोमा पर्यावरण चक्र कार्यक्रम सुरुवात गर्नुभएको थियो । केही समय रेडियो नेपालको एफएम १०० मेगाहर्जमा यो कार्यक्रम सञ्चालन गर्नुभएका उहाँले २०६० सालमा ललितपुरको बाडेगाउँमा पर्यावरण चक्र एफ एम सुरुवात गर्नुभएको थियो । पछिल्लो समय उहाँले पर्यावरण टेलिभिजनमार्फत पनि वातावरण, पर्यावरण, दिगो विकास र सामुदायिक विकासका विषय उठाउँदै आउनुभएको थियो । यसबाहेक उहाँले प्रदूषण नियन्त्रणका लागि काठमाडौँबाट विक्रम टेम्पुलाई विस्थापित गर्ने, गोदावरी क्षेत्रको जैविक विविधताको संरक्षणका क्षेत्रमा...
राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत तोकियो
समाचार

राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत तोकियो

आगामि माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृतहरूको नियुक्त गरेको छ। निर्वाचन आयोगले बिहीवार सार्वजनिक सूचना मार्फत सातवटै प्रदेशका निर्वाचन अधिकृतहरू नियुक्त गरेको जानकारी दिएको छ । आयोगले नियुक्त गरेका सबै निर्वाचन अधिकृतहरू जिल्ला न्यायाधीशहरु हुन्। आयोगले कोशी प्रदेशमा मोरङ जिल्ला अदालतमा कार्यरत न्यायाधीश दुर्गाप्रसाद ढुंगेल, मधेस प्रदेशमा धनुषा जिल्ला अदालतमा कार्यरत न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमती प्रदेशमा मकवानपुर जिल्ला अदालतमा कार्यरत न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकी प्रदेशमा कास्की जिल्ला अदालतमा कार्यरत न्यायाधीश केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशमा दाङ जिल्ला अदालतमा कार्यरत न्यायाधीश कृपासुर कार्की, कर्णाली प्रदेशमा सुर्खेत जिल्ला अदालतमा कार्यरत न्यायाधीश विष्णु प्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल...
संञ्चार बिधेयक ल्याउने अन्तिम तैयारीमा कोशी प्रदेस सरकार
समाचार

संञ्चार बिधेयक ल्याउने अन्तिम तैयारीमा कोशी प्रदेस सरकार

कोशी प्रदेश सरकार सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८०’ प्रदेशसभामा पेस गर्ने अन्तिम तैयारीमा जुटेको छ। बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरिसकेको कोशी प्रदेसका आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले जनाए । उनले मन्त्रिपरिषद्को बैठकले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि २०८० पनि स्वीकृत गरेको छ। बुधबारको बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने सहित प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्ने समेत निर्णय गरेको मन्त्री राईले बताए । ...
सातौ आमन्त्रित पांमा कप २०८० को उपाधी एड्भान्सलाई
खेलकुद, समाचार

सातौ आमन्त्रित पांमा कप २०८० को उपाधी एड्भान्सलाई

खाँदबारी एफएम संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्गामा सम्पन्न ७ औं पाङ्मा कप फुटबल प्रतियोगिताको उपाधि एडभान्स क्लब मानेभञ्याङले हातपारेको छ । आयोजक लोहोरुङले क्लब पांमालाई हराउँदै एडभान्सले उपाधि चुमेको हो । निर्धारित समय सम्म २–२ गोलको बराबरी भएपछि भएको ट्राइब्रेकरमा एडभान्सले ४–२ ले बाजी मारेको हो । पहिलो हाफमा उत्कृष्ठ खेल प्रर्दशन गरेको लोहोरुङले दुई गोल गरेको थियो । खेलको ९ औं मिनेटमा लोहोङका विजय भुजेल र ३२ औं मिनेटमा किरण तामाङले गोल गरेका थिए । दोस्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको एडभान्सले २ गोल गरी निर्धारित समयमा खेल बराबरी हुन पुग्यो । खेलको ६० औं मिनेटमा एडभान्स विसाल काफ्लेले एडभान्सका लागि पहिलो गोल गरे । त्यसैगरी खेलको ६५ औं मिनेटमा एडभान्सका ज्ञानेनन्द्र भण्डारीले हानेको गोलले खेललाई बराबरीमा पुर्यायो । खेलको १३ औं मिनेटमा लोहोङका किरण तामा...
कार्य कक्षबाटै कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
अपराध, अर्थ/व्यापार, समाचार

कार्य कक्षबाटै कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

सहकारीकाे रकम अपचलन गरेकाे आराेपमा पर्वत जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई कार्य कक्षबाटै पक्राउ गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पक्राउ गरिदिनका लागि पर्वत प्रहरिलाई लिखित पत्रमार्फत आग्रह गरेको थियो। उनलाई पक्राउ गरी पोखरा पठाउने तयारी गरिएकाे प्रहरी निरीक्षक पौडेलले जनाए । सर्वसाधारणले मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले स्याङ्जामा सहकारीको सेवा केन्द्र बिस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार पराजुलीलाई १ करोड १५ लाख रूपैयाँ घुस दिएको बताएकाले उनलाई थप अनुशन्धानका लागि पक्राउ गरिएकाे प्रहरिकाे भनाई छ । ...
नेपाल औषधी व्यवसायी संघ संखुवासभा अध्यक्षमा डम्बरविक्रम प्रधान
समाचार, स्वास्थ्य

नेपाल औषधी व्यवसायी संघ संखुवासभा अध्यक्षमा डम्बरविक्रम प्रधान

नेपाल औषधी व्यवसायी संघ संखुवासभा दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा डम्बरविक्रम प्रधान र महासचिव सविर दर्जी निर्विरोध निर्वाचीत भएका छन् । मंगलबार खाँदबारीमा भएकाे संघको दोस्रो अधिबेसनले प्रधानकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे । अधिबेसनबाट उपाध्यक्षमा मनोज योञ्जन, कोषाध्यक्ष कुसुम रसाइली, सचिव इश्वर दाहाल, उपकोषाध्यक्ष रमेश शंकर र सदस्य प्रेमबहादुर तामाङ निर्वाचीत भएका छन् । ...
अरुणबरुणकाे अध्यक्षमा पुन  इश्वरकाजी कटुवाल
अर्थ/व्यापार, समाचार

अरुणबरुणकाे अध्यक्षमा पुन इश्वरकाजी कटुवाल

संखुवासभाको सदरमुकाम खाँदबारीमा केन्द्रीय कार्यालय रहेको अरुणबरुण बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा दोस्रो पटक इश्वरकाजी कटुवाल सर्वसम्मत निर्वाचीत भएका छन् । मंगलबार खाँदबारीमा सम्पन्न चौथो साधारणसभाबाट अध्यक्ष पदमा कटुवाल सर्वसम्मत निर्वाचीत भएका हुन् । समितिको उपाध्यक्षमा जनक पौडेली, सचिव दिपेन शाक्य र कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन । समितिका अन्य ७ सदस्यहरु प्रजिना शाक्य, निर्मला गुरुङ, सुमन गौतम, रोहित कार्की, सन्तोष खत्री, सन्देश ओझा र उत्तम दाहाल दाहाल चयन भएका छन् ।  ...