चन्दनपुरमा आगलागिबाट २० लाख बढिको क्षति
संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. १० मा आगलागिबाट एक घरमा क्षति पुगेको छ ।
मंगलबार टिकाको दिन खाँदबारी १० डढेकोलमा रहेको चन्द्रा मोत्तान तामाङ्गको घरमा आगलागि हुँदा करिब २० क्षति भएको छ भने परिवारमा रहेकाे ४ जनाकाे बिचल्लि भएकाे स्थानीय समाजसेवी तारा दर्नालले बताए ।
आगलागिबाट तामाङ्गको घरमा रहेको लत्ता कपडा खाद्यान्न, नगद, सुन लगायत बहुहुल्य सामग्री नष्ट हुँदा करिव २० लाखको क्षति भएको स्थानीयबासिन्दा दर्नालले जानकारी दिए । बिजया दशमी अर्थात टिकाको दिन तामाङ्गको परिवार आफन्तजनको घरमा टिका थाप्न गएका थिए । स्थानीयले उनको घर जलेको देखेर हार गुहार गरेपछि स्थानीयबासिन्दहरु आगो निभाउन जुटेका थिए ।
बिजुली सट भएर आगलागि भएको आँकलन गरिएको छ । हिजो मंगलबार दशैंको टिकाथापी रमाईलो गर्नूपर्ने क्षणमा उनको घरमा भने रुवाबासी चलिरहेको थियो । आगलागिबाट घरमा रहेको सम्पुर्ण सामग्री जलेर नष्ट भए...









