समाज Archives - Page 8 of 10 - साझाकुरा
आइतवार, बैशाख २७, २०८३

समाज

एमाले नेता रघजी पन्तले संसदमा प्रस्तुत गरे मनैछुने कवीता
रोचक, समाज

एमाले नेता रघजी पन्तले संसदमा प्रस्तुत गरे मनैछुने कवीता

खल्तीमा तलब हालेर हिँड्यो बजार चामलको बोराले नाघ्यो तीन हजार रहर दाल किलोको दुई सय पचास बजारभाउ सुन्दा गुम्छ होस हवास तरकारीले भाउ नै नसोध भने झैँ गर्छ गोलभेँडाले के किन्लास् तैँले भनेर आँखा तर्छ दशैँको पेस्की आउने कहिले कहिले, पेस्कीमा महँगी आयो सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिल्यै अँध्यारो छायो आउन लागेको दशैँ सम्झेर जनता मुर्छा पर्छ सरकार गरिबको दशैँ यसपालि कसरी टर्छ रु मेरो प्रश्न छ जवाफ देऊ सरकार, जनताको दशैँ यसपालि कसरी टर्छ र ?...
मिथिलाञ्चलमा मनाइने जितिया पर्व आजदेखि शुरु
समाज

मिथिलाञ्चलमा मनाइने जितिया पर्व आजदेखि शुरु

जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधिपूर्वक शुरु भएको छ । सन्तानको दीर्घायु तथा पारिवारिक सुख शान्तिका लागि जितिया पर्व मनाउने गरिन्छ । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र मानिने जितिया पर्व मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खाने) विधि गर्दै आजदेखि शुरु भएको हो । व्रत बस्नु अघि आजको दिन महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर त्यही ठाउँमा घिरौलाको पातमा जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गरिन्छ । भोलि शुक्रवार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसेर पर्सि शनिवार बिहान साढे १० बजेपछि मात्रै वर्तालुले व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । व्रत बस्नु अघिल्लो दिनमै वर्तालुले विभिन्न जलाशयमा स्नान गरी...
खाँदबारी युथ क्लवद्वारा पर्यटन प्रवर्धन,खाँदबारी रन आयोजना गरिने
खेलकुद, समाचार, समाज

खाँदबारी युथ क्लवद्वारा पर्यटन प्रवर्धन,खाँदबारी रन आयोजना गरिने

संखुवासभाको पर्यटन प्रवर्धन गर्ने उदेश्यले खाँदबारी युथ क्लवले पर्यटन प्रवर्धन खाँदबारी रन खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालीहरुको महान चाड दशैंको शुभ अवसरमा आगामी असोज २८ गते घटस्थापना दिन प्रतियोगिता आयोजना गर्ने तैयारी गरिएको युथ क्लवका महासचिव सुरेन शाक्यले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले २ लाख ६१ हजारको कुल लागतमा बिभागिय पुरुष टिम, खुल्ला पुरुष टिम र खुल्ला महिला टिम गरि तिन वटा बिधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रस्ताव प्रस्तुत गर्दै प्रतियोगितामा सहकार्यका लागि जिल्ला स्थीत बिभिन्न सरकारी तथा गैह्र सरकारी संस्थासंग सहकार्यको अपेक्षा राखिएको बताए । क्लवका कार्यबाहक अध्यक्ष मुनहाङ्ग गुरुङ्गको सभापतित्व तथा पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरीको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा प्रतियोगितामा बिभागिय पुरुष टिमका लागि खाँदबारी टुडिखेलबाट ...
नेपालगञ्जमा आज पनि कर्फ्यू
समाचार, समाज

नेपालगञ्जमा आज पनि कर्फ्यू

बाँकेको नेपालगञ्जमा बुधबार पनि कर्फ्यू जारी छ। मंगलबारदेखि कर्फ्यू लागेको नेपालगञ्जमा बुधबार स्थिति सामान्य बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले आज बिहानदेखि नेपालगञ्जको स्थिति शान्त र सामान्य बन्दै गएको बताए। अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा परिचालन भएको पनि उनले जानकारी दिए। मानिसहरू भीडभाड हुन, जम्मा हुन रोक लगाइएको छ। ‘आज त्यस्तो कुनै स्थिति पनि देखिएको छैन,’ एसपी राठौरले भने ‘नेपालगञ्जवासीले ठूलो सावधानी र संयमता अपनाउनुभएको छ।’ स्थिति सामान्य बन्दै गएको हुँदा परिस्थिति विश्लेषण गरी सुरक्षा समितिको बैठक बसेर कर्फ्यू कति लम्ब्याउने भन्नेबारे थप निर्णय गरिने उनले बताए। उनका अनुसार बाँकेको जमुनाहा नाका झन्डै नौ सयको नेपालीहरू रोकिएकाले उनीहरूलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ। ‘भारतबाट विभिन्न ठाउँबाट गए राति...
विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ
समाज

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले श्रीनिवासलाई नियन्त्रणमा लिएको बताए । श्री निवास यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए ।...
अभिनेता अनमाेल केसी हाजिरी जमानीमा रिहा
समाज

अभिनेता अनमाेल केसी हाजिरी जमानीमा रिहा

अभिनेता अनमोल केसीलाई हाजिरी जमानीमा रिहा गरिएकाे छ । उनलाई खाेजेकाे समयमा हाजिर हुने गरी हिजाे रिहा गरिएकाे  जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताउनु भएकाे हाे ।  अभिनेता केसीको स्वास्थ्य अवस्था, प्रमाण लोप गर्न सक्ने अवस्था र उनी भागी जाने सम्भावना नरहेकाले अनुसन्धान अधिकृतले कुनै जिम्मेवार व्यक्तिले खोजेको बेलामा उपस्थित हुने गरी जिम्मामा छोड्न सक्ने कानुनी व्यवस्था भएअनुसार जमानीमा छाडिएकाे ढुङ्गेलले बताउनु भयाे।  काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी यही असोज १२ गते भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । काठमाण्डाै जिल्ला अदालतले अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।  चलचित्र ‘रावायण’ मा खेल्न...
दोलखाबाट थप ४ किलो सुन बरामद
समाज

दोलखाबाट थप ४ किलो सुन बरामद

दोलखाबाट प्रहरीले थप ४ किलो सुन बरामद गरेको छ। बिगु गाउँपालिका–१, लामाबगरबाट ४ किलो सुन बरामद भएको हो। दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आइतवार सुराकीको आधारमा ४ किलो पहेँलो पदार्थ नियन्त्रणमा लिइएको नागरिक न्युजलाई बताए।   उनले सुन नै हो भनेर पुष्टि गर्न जाँच गर्न बाँकी रहेको भन्दै थप जानकारी पुष्टि भएपछि दिइने बताए। प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो। योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको पनि उनले बताए। हालसम्म सुन तस्करी काण्डमा ७ जनालाई नियन्त्रणमा लिइएको पनि उनले जानकारी दिए। ...
४६ लाख ठगेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ
समाज

४६ लाख ठगेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ

जापान पठाइदिन्छु भन्दै ४६ लाख रूपैयाँ ठगेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ परेका छन्। मोरङ लेटाङ नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-४ मा बस्ने ५० वर्षीय डिल्लीराम खतिवडा पक्राउ परेका हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार दिउँसो कोटेश्वरबाट पक्राउ गरेको हो। जेनियुन प्लेसमेन्ट प्रालिका सञ्चालक खतिवडाविरूद्ध ढकराज आचार्यसहित १२ जनाले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। विभागले म्यानपावर सञ्चालक खतिवडालाई पक्राउ गर्न पत्राचार गरेपछि पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। उनले जापान पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ८ लाख रूपैयाँ लिई फरार भएको उजुरीमा उल्लेख गरिएको छ। सोही आधारमा उनलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहाचल पठाएको उनले बताए। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। ...
समाज
अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले अभिनेता केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई गत शुक्रबार पक्राउ गरेको थियो । पक्राउ गरेको दिनबाट आइतबार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो । अनमोललाई पुन : सोमबार अदालतमा उपस्थित गराउनुपर्छ । रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।...
आरजुलाई २ करोड दिएको अडियो बनाउने कांग्रेस नेता गुरुङ पार्टीबाट निष्कासित
अपराध, समाज

आरजुलाई २ करोड दिएको अडियो बनाउने कांग्रेस नेता गुरुङ पार्टीबाट निष्कासित

नेपाली कांग्रेसले फिदिम नगरपालिका सभापति प्रकाश गुरुङलाई कारबाही गरेको छ । कांग्रेसको अनुशासन समितिले गुरुङलाई तीन वर्षसम्मका लागि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले विज्ञप्ति जारी गर्दै गुरुङलाई पार्टीबाट निष्कासित गरेको जानकारी गराएका छन् । गुरुङले जिल्ला सहसचिव सन्तोष श्रेष्ठसँग २०७४ सालको स्थानीय तह निर्वाचन पूर्व गरेको टेलिफोन संवाद गत असार १३ गते बाहिरिएपछि कांग्रेसको जिल्ला कार्यसमिति बैठकले दुवै जनालाई स्पष्टीकरण मागेको थियो । अडियो संवादमा फिदिम नगरपालिकामा मेयर पदको टिकट लिन पार्टी सभापति शेरबहादुर देउवापत्नी आरजु राणासँग २ करोड लेनदेन भएको आशय प्रकट गरिएको थियो । स्थानीय तह निर्वाचनमा गुरुङ स्वयम् मेयरका आकाङ्क्षी रहेकाले टिकट नपाएपछि पूर्वाग्रही भएर बदनियत पूर्वक अडियो–भिडियो रेकर्ड गरेर सार्वजनिक गरेको गुरुङम...