स्वास्थ्य Archives - Page 6 of 9 - साझाकुरा
सोमवार, असार ८, २०८३

स्वास्थ्य

महिलाको पेटमा कपडा भेटिएको घटनामा युवा संघको बिज्ञप्ती
समाचार, स्वास्थ्य

महिलाको पेटमा कपडा भेटिएको घटनामा युवा संघको बिज्ञप्ती

गत माघ १३ गते जिल्ला अस्पताल खाँदबारी संखुवासभामा सुत्केरी गराईएको महिलाको शल्यक्रिया गर्ने क्रममा सुत्केरीको पेटभित्र कपडा भेटिएको घटनाका सन्दर्भमा राष्ट्रिय युवा संघ नेपालले बिज्ञप्ती मार्फत गंभीर ध्यानाकर्षण भएको जनाएको छ । गत माघ १३ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी गराईएकी पाँचखपन नगरपालिका ६ की तारा भण्डारीको पेटमा कपडा छाडिएको उल्लेख गरिएको छ । पौडेलले पेटमा छाडिएको कपडा कुहिँदै गएपछि पुन खाँदबारी अस्पतालमा उपचार गराउँने क्रममा उनको पेटमा कपडा भेटिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल संखुवासभाका अध्यक्ष हिल जोन्सन राईद्धारा हस्ताक्षरित बिज्ञप्तीमा स्वास्थ्य जस्तो संबेदनशिल बिषयमा खेलबाड गरिएको उल्लेख गर्दै पिडितको निशुल्क उपचारको माग गरिएको छ । ...
सुत्केरीको पेटभित्रै कपडा
समाचार, स्वास्थ्य

सुत्केरीको पेटभित्रै कपडा

जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो । सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको हो। शल्यक्रिया गरेर बच्चा जन्मेको चार(पाँच दिनपछि भण्डारीलाई औषधि दिएर अस्पतालले डिस्चार्ज गरेको थियो। तर, घर फर्केको दुई दिनमै सुत्केरी भण्डारीलाई पेट पोल्ने, ढाडिने समस्या भएपछि प्राथमिक स्वास्थ्य केन्द्र वाना भर्ना गरिएको थियो । भण्डारीको पेटबाट गज निकाएपछि उनी पुनः २० माघमा जिल्ला अस्पताल भर्ना भएकी छन् । चिकित्सकले शल्यक्रिया गर्दा पेटभित्रै कपडा छोडर सिलाई गरिदिएको पीडित भण्डारीले बताइन् । चिकित्सकको लापरबाहीले पुनः अस्पताल भर्ना हुँदासमेत आफैँले खर्च बेहोर्नुपरेको उनले गुनासो गरिन् । सुत्केरी भण्डा...
सामाजिक संस्थाहरुद्वारा संयुक्त रुपमा विश्व क्यान्सर दिवस मनाईयाे
समाचार, स्वास्थ्य

सामाजिक संस्थाहरुद्वारा संयुक्त रुपमा विश्व क्यान्सर दिवस मनाईयाे

हेरचाहमा हुने असमानताकाे अन्त्य गराैं भन्ने नाराका साथ आज बिश्वभर विभिन्न चेतनामुलक कार्यक्रमका साथ विश्व क्यान्सर दिवस मनाईएकाे छ । दिवसका अवसरमा नेपाल अर्बुद राेग निवारण सस्था संखुवासभाले आज सदरमुकाम खाँदबारिमा दिप प्रज्वलन कार्यक्रमकाे आयाेजना गरेकाे छ । संखुवासभा उद्योग बाणिज्य संघ र खाँदबारी युथ क्लबसंगकाे सहकार्यमा खाँदबारिकाे पाेखरि पार्कमा आयाेजित कार्यक्रममा जिल्ला समन्वय प्रमुख सुमन शाक्य प्रमुख अतिथी रहनुभएकाे थियाे । बिशिष्ठ अतिथिका रुपमा नेपाल पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष ईन्द्र गिरी, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान, नेपाल भलिबल संघका केन्द्रीय सदस्य प्रबिण श्रेष्ठ रहनुभएकाे थियाे । अर्बुदका जिल्ला सचिब निरञ्जन श्रेष्ठले संचालन गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी समन्वय प्रमुख सुमन शाक्यले क्यान्सर राेगलाई प्राण घातक राे...
विश्वभर दादुराको जोखिम बढ्दै गएकोले अनिवार्य खोप लगाउन विश्व स्वास्थ्य संगठनको आग्रह
स्वास्थ्य

विश्वभर दादुराको जोखिम बढ्दै गएकोले अनिवार्य खोप लगाउन विश्व स्वास्थ्य संगठनको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वभर बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएको छ । यमन, भारत र काजकस्तानमा सङ्क्रामक रुपमा देखिएको दादुरा विश्वका सबै भागमा देखा परिरहेको डब्ल्यूएचओले जनाएको छ । केही वर्षदेखि दादुराविरुद्ध खोप लगाउने क्रम घट्न थाल्नु र दादुरा सङ्क्रमण बढ्दै जानु जोखिमपूर्ण रहेको हो । डब्ल्यूएचओको प्रतिवेदन अनुसार सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा दादुराका बिरामी १८ प्रतिशतले बढेका छन् भने विश्वव्यापी रूपमा मृतकको सङ्ख्या ४३ प्रतिशतले बढेको छ । गएको वर्ष युरोपमा दादुराको सङ्क्रमण ३० गुनाले बढेको पाइएको छ । आँखा रसाउनु, रातो हुनु र दुख्नु, रुघा र खोकी लाग्नु, बिरामी भएको महसुस गर्नु, मुखभित्र ससाना फोका देखा पर्नु, छालामा रातो वा खैरो खटिरा देखिनु दादुराका लक्षण हुन् । शुरुमा अनुहार र कानको पछाडि देखिने डाबर त्यसपछि शरीरका अरू भागमा पनि फैलने गर्छ । दा...
कास्किकाे लुम्लेमा अर्बुदकाे ३३ औ केन्द्रीय सभा
समाचार, स्वास्थ्य

कास्किकाे लुम्लेमा अर्बुदकाे ३३ औ केन्द्रीय सभा

नेपाल अर्बुद राेग निवारण संस्थाकाे ३३ औ केन्द्रीय सभा कास्किकाे लुम्लेमा शनिवारबाट शुरु हुने भएकाे छ । केन्द्रीय सभा दुई दिन सम्म चल्नेछ । भाेलि हुने केन्द्रीय सभाकाे समुद्घाटन गण्डकी प्रदेस स्वास्थ्य मन्त्रि शुसिला सिंम्खडाबाट हुने नेपाल अर्बुद राेग निवारण संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए । केन्द्रीय महासचिब दीपेन्द्र बान्तवाले लुम्लेमा हुने केन्द्रीय सभा सम्पन्न गर्नका लागि ४४ जिल्लाबाट प्रतिनिधिहरु आउनेक्रम जारि रहेकाे जानकारि दिए । उनले भाेलिकाे केन्द्रीय सभामा संस्थाले गर्दै आएकाे गतिबिधी, बार्षिक आर्थिक प्रतिवेदन, भावि रणनिति र संस्थागत प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेकाे बताए । नेपाल अर्बुद राेग निवारण संस्थाले सुर्तिजन्य पदार्थकाे बिकृ बितरणमा राेक लगाई यसबाट उत्पन्न क्यान्सरजन्य जटिल राेग न्युनिकरणका लागि विभिन्न प्रवर्धनात्मक र परामर्शका कार्यक्र...
नेपाल औषधी व्यवसायी संघ संखुवासभा अध्यक्षमा डम्बरविक्रम प्रधान
समाचार, स्वास्थ्य

नेपाल औषधी व्यवसायी संघ संखुवासभा अध्यक्षमा डम्बरविक्रम प्रधान

नेपाल औषधी व्यवसायी संघ संखुवासभा दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा डम्बरविक्रम प्रधान र महासचिव सविर दर्जी निर्विरोध निर्वाचीत भएका छन् । मंगलबार खाँदबारीमा भएकाे संघको दोस्रो अधिबेसनले प्रधानकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे । अधिबेसनबाट उपाध्यक्षमा मनोज योञ्जन, कोषाध्यक्ष कुसुम रसाइली, सचिव इश्वर दाहाल, उपकोषाध्यक्ष रमेश शंकर र सदस्य प्रेमबहादुर तामाङ निर्वाचीत भएका छन् । ...
अर्बुदकाे २२ औं जिल्ला सभा सम्पन्न
समाचार, स्वास्थ्य

अर्बुदकाे २२ औं जिल्ला सभा सम्पन्न

नेपाल अर्बुद राेग निवारण संस्था जिल्ला साखा संखुवासभाकाे २२ औ जिल्ला सभा आज खाँदबारीमा सम्पन्न भएकाे छ । शाखा अध्यक्ष कृष्णराज शाक्यकाे सभापतित्व तथा नेपाल पत्रकार महासंघ शाखा संखुवासभाका अध्यक्ष ईन्द्र गिरीकाे प्रमुख आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएकाे हाे । जिल्ला सभालाई सम्बाेधन गर्दै नेपाल मानव अधिकार संगठनका जिल्ला सभापति रुद्रनाथ दाहालले पछिल्लाे समय नेपालमा क्यान्सर राेग तिब्र गतिमा फैलँदै गएकाले सुर्तिजन्य, पदार्थ सेवन, मध्यपान धुम्रपान लगायत बिषादी प्रयाेगकाे बिषयमा जनचेतना जगाउन आवश्यक भएकाे धारणा राखेका थिए । कार्यकममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष लाेकदर्शन शाक्यले धुम्रपान मध्यपान र शुर्तिजन्य पदार्थकाे प्रयाेगमा कमि ल्याउन जनचेतनामुलक कार्यक्रमकाे आवश्यकता रहेकाेमा जाेड दिए । यसैबिच अर्बुद राेग निवारणकाे क्षेत्रमा लामाे समय कृयाशिल मेनुका श्रेष्ठले क...
संबृद्ध सहकारीद्वारा सरसफाई अभियान संचालन
समाचार, समाज, स्वास्थ्य

संबृद्ध सहकारीद्वारा सरसफाई अभियान संचालन

साझाकुरा डट कम खाँदबारी सम्बाददाता संखुवासभा खाँदबारीमा रहेकाे समृद्ध बहुउद्देश्यीय सहकारी संस्थाले बजारको सडकहरु सरसफाई गर्ने अभियान संचालन गरेकाे छ । खाँदबारी नगरपालिकाको कार्यालयले संकल्प गरेको सुन्दर नगरकाे परिकल्पनालाई थप टेवा पुर्याउन संस्थाले बजारको सडकहरु नियमित रूपमा सरसफाइ गर्ने तैयारी गरेकाे संचालक मनिश श्रेष्ठले जानकारी दिए। संबृद्ध बहुउदेश्यीय सहकारी संस्थाले आ-आफ्ना घरको आगनकाे सरसफाई गर्न घरधनिहरुकाे सक्रिय सहभागिताकाे अपेक्षा गरेकाे श्रेष्ठले बताए । अहिले याे सरसफाई अभियान खाँदबारी ३ सुमन चाेकबाट बरुण क्याम्पस सम्म संचालन गरिने जनाईएकाे छ । संस्थाद्वारा घाेषित सरसफाई अभियान चाँडैनै खाँदबारी ९ तुम्लिङटारमा समेत संचालन गरिने संबृद्ध बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष बिजय तामाङ कालधनले बताए । सहकारिमा आबद्ध युवाहरुले ल्याएकाे सरसफाई अभियानकाे अहिले चाैतर्फ...
चीनमा फैलिँदै श्वासप्रश्वाससम्बन्धी रोग,जोखिममा नेपाल पनि
समाचार, स्वास्थ्य

चीनमा फैलिँदै श्वासप्रश्वाससम्बन्धी रोग,जोखिममा नेपाल पनि

दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण भने पहिचान भएको छैन। बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । बिरामीको जाँच गर्दा मायोप्लाज्मा कीटाणु, कोभिड १९ भाइरस, प्याथोगन्स, इन्फ्लुएन्जा र सिन्किस्थिर भाइरस देखिएको जनाइएको छ। चीनमा फैलिएको उक्त रोगप्रति विश्व स्वास्थ्य संगठनले पनि चासो देखाएको छ। संगठनले चीनसँग रोगसम्बन्धी रिपोर्ट मागेको छ। संगठनले यो समस्याबाट पाका उमेरका मानिसभन्दा बालबालिका बढी प्रभावित भएको जानकारीमा आएको भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ। चीनमा आकस्मिक रूपमा निमोनिया जस्तै श...
(भिडियो सहित)डेंगीको रोकथाम र नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न
समाचार, स्वास्थ्य

(भिडियो सहित)डेंगीको रोकथाम र नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ कार्तिक २०८०, बिहीबार नवीन गुरुङ्ग संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीमा डेंगीको रोकथाम र नियन्त्रण सम्बन्धी जनप्रतिनिधी र सरोकारवालासँग अन्तरक्रिया सम्पन्न भएको छ ।बिहिबार सदरमुकाम खाँदबारीमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिकियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकु काठमाडौ र स्वास्थ्य कार्यालय संखुवासभाको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालय, इपिडिकियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासिनीले डेंगी नियन्त्रणका लागि स्थानीय तह आफै सक्रिय लाग्नुपर्ने बताएका छन् । उनले संघीय सरकारले स्थानीय तहलाई सशक्तिकरण गर्ने, तीन तहका सरकार बीच समन्वय गर्ने र स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गर्ने लगायतका काम गर्ने भएकाले स्थानीय तह आफैले डेंगीको रोकथाम र नियन्त्रण गर्न लाग्नुपर्ने बताए । ‘संघीय सरकारले सबै क...