स्वास्थ्य Archives - Page 8 of 9 - साझाकुरा
सोमवार, असार ८, २०८३

स्वास्थ्य

केएमसीमा डाक्टर कुटिएपछि अस्पतालका स्वास्थ्यकर्मीहरूको विरोध प्रदर्शन, सिनामंगल क्षेत्रमा तनाव
स्वास्थ्य

केएमसीमा डाक्टर कुटिएपछि अस्पतालका स्वास्थ्यकर्मीहरूको विरोध प्रदर्शन, सिनामंगल क्षेत्रमा तनाव

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अध्ययनरत चिकित्सकलाई बिरामीका आफन्तले कुटपिट गरेका छन् । पोखरास्थित मणिपाल अस्पताललगायतमा भएको घटनापछि आन्दोलनरत चिकित्सकहरूसँग सरकारले सहमति गरेको भोलीपल्ट नै राजधानीमा पुनस् डाक्टर कुटिएका छन् ।केएमसीका अध्ययनरत एक चिकित्सकका अनुसार ओपीडीमा कार्यरत इन्टर्न डा, मनिष खड्कामाथि बिरामीका आफन्तहरूले हातपात गरेसँग त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन सुरु गरेका हुन् । उनको अनुसार इन्टर्न चिकित्सकले ओपीडीमा जम्मा भएर हल्लाखल्ला नगर्न र बाहिर गएर पर्खन भनेपछि एक बिरामीका आफन्तले ती चिकित्सकलाई गाली गर्दै कुटपिट गर्न सुरु गरेका थिए । उनीहरूले ती चिकित्सकलाई उचालेर भूइँमा पछार्नुका साथै चिकित्सकलाई जोगाउन गएकी एक महिला एटेन्डेन्टलाई पनि हातपात गरेका छन् । घटनापछि अस्पतालतमा कार्यरत चिकित्सक तथा इन्टर्नहरूका साथै स्वास्थ्यकर्मीले अस्प...
सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति
स्वास्थ्य

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

नेपाल सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुंदे सहमती भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा हिजो भएको वार्तामा ६ बुँदे सहमति भएको हो । सहमतिपत्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने, त्यसका लागि सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउने, दोषीलाई कानुनअनुसार कारबाही गर्ने, कानुन संशोधन गरेरै भए पनि दोषीलाई हदैसम्मको कारबाही गर्ने र त्यसका लागि आवश्यक कानुन संशोधन प्रक्रिया अघि बढाउने, कुटपिट र दुव्र्यवहारका घटनाको कारक पत्ता लगाउन उच्चस्तरीय कार्यदल गठन गर्ने र आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । पछिल्लो समय पोखरा, चितवन, हेटौँडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटनलगायतका अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहारका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितत...
सुनसरीमा १ सय २० केजी गाँजासहित ६ जना पक्राउ
स्वास्थ्य

सुनसरीमा १ सय २० केजी गाँजासहित ६ जना पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरापुल नजिकै १ सय २० केजी गाँजासहित प्रहरीले ६ जनालाई पक्राउ गरेकाे छ ।  प्रहरीले बराहक्षेत्र जाने सडकबाट हिजाे  प्रदेश १–०२–०५० प ६३०४ नम्बरको माेटरसाइकल र  बीआर ०२ आर ९९९४ नम्बरको जीपमा लैजाँदै गरेकाे गाँजासहित उनीहरुलाई पक्राउ गरेकाे हाे।  पक्राउ पर्नेमा भारतका ३६ वर्षीय महोम्मद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओम प्रकाश रजक, सुनसरीका देवनागञ्ज गाउँपालिका ५ बस्ने ३१ वर्षीय ओम प्रकाश साह र २० वर्षीय शिवम साह रहेका छन् । नियन्त्रणमा लिएकाे गाँजा, जीप, माेटरसाइकल र पक्राउ परेका छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगिएकाे प्रहरीले जनाएकाे छ । ...
डेङ्गीका  बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम
स्वास्थ्य

डेङ्गीका बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम

डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण जोखिम अझै एक महिना उच्च रहेकाले सावधानी अपनाउन अनुरोध समेत गरिएको छ । लामखुट्टेकाे टोकाइबाट सर्ने डेङ्गी रोग यस वर्ष पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा देखिएको छ । स्वास्थ्य मन्त्रालयले हरेक शुक्रवार बिहान साढे १० बजे सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । त्यस्तै, पालिकामा पनि डेङ्गी नियन्त्रण र रोकथामका प्रयास भए पनि प्रभावकारी हुन सकेको छैन । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशका ७६ जिल्लामा गरी यसवर्ष ३२ हजार ८ सय ९७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकोमा २० जनाले ज्यान गुमाएका छन् । यसवर्ष उच्च प्रभावित पाँच जिल्ला सुनसरी, झापा, धादिङ, मोरङ र तनहुँ रहेका छन् । त्यसमा पनि १६ हजारभन्दा धेरै सुनसरीमा सङक्रमित भएका छन् । काठमाण्डौका तीन जिल्लामा पनि सङ्क्रमण जोखिम छ । काठमाण्डौ महानग...
मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा ७ जना पक्राउ
स्वास्थ्य

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा ७ जना पक्राउ

मणिपाल अस्पतालमा भएको तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङ छन् । उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान गरिने कास्कीका एसपी मोहन थापाले जानकारी दिए । बिरामीको मृत्यु भएको विषयलाई लिएर मणिपालमा डाक्टरमाथि कुटपिटका साथै अस्पतालमा तोडफोड भएको थियो । ...
आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह
स्वास्थ्य

आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।  आज शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गर्नुभयो । उहाँले पछिल्लो समय चार वटा अस्पतालमा भएका घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिनुभयो । चिकित्सकहरूलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिनेमा उहाँले प्रतिबद्धता जनाउनुभयो ।  ‘यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ । पछिल्ला चार वटा घटनाको छानबिन र कारबाहीको काम गृह मन्त्रालयले अघि बढाइसकेको छ । आन्दोलन फिर्ता लिएर सेवामा फर्किन अनुरोध छ’, उहाँले भन्नुभयो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका धेरैजसो...
आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै
स्वास्थ्य

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ ।  सरकारी तथ्याङ्क अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ । आधुनिक जीवनशैली, अस्वस्थ खानपान र अल्छिपनाका कारण मुटु रोगको जोखिम बढिरहेको मुटु रोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले बताउनुभयो । जाँडरक्सी, सुर्ती चुरोट नखाए तथा चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बच्न सकिन्छ । यस्तै,  सकभर मासु कम खाने, सागपा...
कोशी प्रदेशमा यो वर्ष मात्रै डेंगीबाट १७ जनाको मृत्यु, ३० हजार ३ सय ३० बढी संक्रमित
स्वास्थ्य

कोशी प्रदेशमा यो वर्ष मात्रै डेंगीबाट १७ जनाको मृत्यु, ३० हजार ३ सय ३० बढी संक्रमित

कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा डेङ्गु सङ्क्रमणबाट १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार ४ सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । कोशी प्रदेशका १४ जिल्लाभरी डेङ्गु फैलिएको छ । निर्देशनालयका अनुसार मोरङमा ४ हजार २ सय ४२ जना सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ । झापामा २ हजार ९ सय ६४ जना सङ्क्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको भएको छ । यस्तै, उदयपुरमा पनि १ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।...
मणीपाल अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
स्वास्थ्य

मणीपाल अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर बुधबार पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल चिकित्सक संघ गण्डकीले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्न आह्वान गरेकामा त्यसमा नेपाल चिकित्सक सङ्घले ऐक्यबद्धता जनाएको थियो । गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार आकस्मिकबाहेकका सेवा बन्द गरिएको निर्देशक भरत खत्रीले बताउनुभयो । आकस्मिकबाहेकका सेवा बन्द हुँदा गाउँगाउँबाट उपचारका लागि आएका बिरामी समस्यामा परेका छन् । ...
क्यान्सर डाइग्नोसिस सेन्टर स्थापनार्थ अर्बुद रोग निवारण संस्थाले पदयात्रा गर्ने
समाचार, स्वास्थ्य

क्यान्सर डाइग्नोसिस सेन्टर स्थापनार्थ अर्बुद रोग निवारण संस्थाले पदयात्रा गर्ने

४१ औं वार्षिकोत्सवको अवसरमा नेपाल अर्बूद रोग निवारण संस्थाले क्यान्सर डाइग्नोसिस सेन्टर स्थापना गर्ने उदेश्यले पदयात्रा कार्यक्रमको आयोजना गर्नेभएको छ । आगामि भदौ ३० गते शनिबार “स्टेपिङ फरवार्ड फर क्यान्सर फ्री फ्युचर” भन्ने नारा साथ आयोजना हुने पदयात्रा कार्यक्रम इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा हुनेछ भने उक्त पदयात्रा काठमाण्डौंको खुल्लामञ्चबाट सुरु भई भद्रकाली, सिंहदरबार, माइतीघर, थापाथली, टेकू, परोपकार, काष्ठमण्डप, दरबार स्क्वायर, न्यूरोड गेट, रानी पोखरी, दरबार मार्ग हुँदै ७ किलोमिटरको यात्रा पछि खुल्लामञ्चमा नै आई टुंगिने आयोजक संस्था नेपाल अर्बूद रोग निवारण संस्थाका केन्द्रिय सदस्य दीपेन्द्र बान्तवाले जानकारी दिए । “क्यान्सर रोगवाट बच्ने उपाय र विधि बारेमा चेतना जगाउने, पीडितको उपचारमा थप सहयोग जुटाई परिवारका सदस्यहरुको आर्थिक बोझ व्यवस्थापनमा सहयोग गर्ने तथा क्यान्सर रोगबाट बच्...