प्रतियाेगिताकाे आयव्यय सार्वजनिक
संखुवासभा फागुन २
सङ्खुवासभाको खाँदबारी नगरपालिका–५ माल्टामा भएको अन्तरपालिका महिला भलिवल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ ।
अन्तरपालिका खुल्ला महिला भलिबल प्रतियोगिता गत मंसिर १२ देखि १४ गते सम्म खाँदबारी नगरपालिका–५ माल्टामा सञ्चालन गरिएकाे थियाे ।
बिहिबार नेपाल पत्रकार महासंघ सङ्खुवासभाका अध्यक्ष कृष्णराज शाक्यकाे अध्यक्षतामा महासंघमै आयोजित पत्रकार सम्मेलनमा ५ नं वडा खेलकुद विकास समितिले पत्रकार सम्मेलन मार्फत आयव्यय सार्वजनिक गरेको हो । खेल संयोजक रमेश काफ्लेले प्रतियोगिताना १० लाख १२ हजार आम्दानी भएको र साे मध्ये आठ लाख ५४ हजार रुपैयाँ खर्च भएको जानकारी दिए । उनले प्रतियाेगिता संचालनबाट १ लाख ५८ हजार रुपैयाँ बचत भएको जानकारी गराउँदै केही वडा, पलिकाहरु दाताहरुबाट सहयोग रकम आउने प्रकृयामा रहेकाे जानकारी गराए । अन्तरपालिका महिला भलिवल प्रतियोगितालाई आगामी बर्षहरुमा पनि नि...









