खेलकुद Archives - Page 6 of 10 - साझाकुरा
सोमवार, बैशाख २८, २०८३

खेलकुद

संखुवासभाको खाँदबारीमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको उपाधी ससस्त्र प्रहरी बलले जित्यो
खेलकुद, समाचार

संखुवासभाको खाँदबारीमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको उपाधी ससस्त्र प्रहरी बलले जित्यो

संखुवासभा फागुन १९ संखुवासभाको खाँदबारीमा सम्पन्न कोशी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको उपाधी ससस्त्र प्रहरी बल एपिएफले हात पारेको छ । आज भएको फाईनल खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै एपिएफले उपाधी हात पारेको हो । आजै भएको सेमिफाईनल खेलमा त्रिभुवन आर्मिलाई हराउँदै नेपाल पुलीसले त्रितिय स्थान हात पारेको छ भने त्रिभुवन आर्मिले सान्त्वना स्थान हाँसिल गरेको छ । गत फागुन १९ देखि शुरु भएको प्रतियोगितामा बिभागिय टिम सहित ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका प्रथम स्थान हाँसिल गर्ने ससस्त्र प्रहरी बल एपिएफले रु ३ लाख शिल्ड र मेडल हात पारेको छ । त्यसैगरि दितिय हुनेले नगद रु १ लाख ५० हजार, तृतिय हुनेले रु ५० हजार शिल्ड र चौथो हुने टिमले रु ३० हजार र मेडल हात पारेका थिए । ...
मुख्यमन्त्री कप भलिबल : एपिएफ, पुलिस, कोशी र गण्डकी विजयी
खेलकुद, समाचार

मुख्यमन्त्री कप भलिबल : एपिएफ, पुलिस, कोशी र गण्डकी विजयी

सङ्खुवासभाको खाँदबारीमा भइरहेको मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगितामा दोस्रो दिनको खेलमा एफिएफ, नेपाल पुलिस क्लब, कोशी प्रदेश र गण्डकी विजयी भएका छन् । दुई पोल मार्फत तीन विभागीय टिम सहित पाँच प्रदेश विच खेल भइरहेको छ । प्रत्येक टिमले आफ्नो पोलका तीन टिम सँग खेल खेल्ने छन् ।  बुधबार (आज) भएको लिग चरणको खेलमा एपिएफ क्बल एफिएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराएको छ । दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई कोशी प्रदेशले जितेको छ । आर्मीले ३–१ को सेटमा हारेको हो । तेस्रो खेलमा पुलिस क्लबले सोझो सेटमा कर्णाली प्रदेशलाई हराएको छ । अन्तिम खेल गण्डकी प्रदेशले सुदुपश्चिम प्रदेशलाई सोझो सेटमा हराएको छ ।  पोल ‘ए’ मा नेपाल पुलिस क्बल, कोशी प्रदेश, एपिएफ र कर्णाली प्रदेश रहेका छन् । त्यसैगरी पोल ‘बि’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्बल, सुदुपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विच खेल भइरहेको छ ।...
क्रिकेट कप्तान रोहित पौडेलसहित ६ जना खेलाडीलाई मासिक १ लाख तलव
खेलकुद, समाचार

क्रिकेट कप्तान रोहित पौडेलसहित ६ जना खेलाडीलाई मासिक १ लाख तलव

नेपाल क्रिकेट सङ्घ (क्यान)को यही फागुन १२ र १४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुरुष र महिला क्रिकेटरको श्रेणी वर्गीकरण गरेको छ । क्यानको आजको बैठकले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जनालाई केन्द्रीय सम्झौतामा राख्ने निर्णय गरेको क्यानले उल्लेख गरेको छ । । पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने क्रिकेटरहरुमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल गरी ६ जना रहेका छन् । उनिहरुले मासिक एक लाख रुपैयाँ तलब पाउने उल्लेख गरिएको छ । त्यसैगरि पुरुषतर्फ ‘बी’ श्रेणीका ६ जना क्रिकेटरले ७० हजार, ‘सी’ श्रेणीका ४ जनाले ५५ हजार, ‘डी’ श्रेणीका ७ जनाले ३५ हजार र उदीयमान श्रेणीमा पर्ने ७ जना क्रिकेटरले मासिक २५ हजार रुपैयाँ तलब पाउने निर्णय भएको क्यानले जनाएको छ । यसैगरी महिलातर्फ ‘ए’ श्रेणीमा पर्ने कप्तान इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगरले जनह...
खेलकुद महासंघ संखुवासभाकाे अध्यक्षमा सुनिल श्रेष्ठ
खेलकुद

खेलकुद महासंघ संखुवासभाकाे अध्यक्षमा सुनिल श्रेष्ठ

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ संखुवासभाकाे दाेश्राे जिल्ला अधिवेशनले सुनिल श्रेष्ठकाे अध्यक्षतामा नयाँ कमिटी गठन भएकाे छ । कमिटीकाे उपाध्यक्षमा मुना महन्त, विजय कटुवाल, सचिव भिम जिमि, उपसचिवमा सुनिल राई, छेन्छुक भाेटे, काेषाध्यक्षमा हरिबहादुर राई, रहेका छन् । समिति ३५ सदस्यीय रहेकाे छ । अधिवेशनले खेलकुद क्षेत्रमा याेगदान दिएका ईश्वर घिमिरे, देवेन्द्र घिमिरे, सुमन श्रेष्ठ र मुकुन्द श्रेष्ठलाई सम्मान गरिएकाे छ ।...
दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालको ‘ए’ टीमद्धावार क्यानडा–११ दुई विकेटले पराजित
खेलकुद

दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालको ‘ए’ टीमद्धावार क्यानडा–११ दुई विकेटले पराजित

नेपाल ए र क्यानडा ११ बिच भएको दोश्रो एक दिवसीय क्रिकेट खेलमा नेपालको ‘ए’ टीमद्धावार क्यानडा–११ पराजित भएको छ । क्यानडाले दिएको २ सय ४१ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेटायो । नेपालका कप्तान सन्दीप जोराले ६६, बसिर अहमदले ५२, रशिद खानले ४७ रन बनाए । क्यानडका अमोर खलिद, शाहिद अहमदजाई र निखिल दत्तले समान २ विकेट लिए । यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको क्यानडा अन्तिम बल बाँकी छँदा २ सय ४० रनमा अल आउट भयो । क्यानडाका श्रेयस मोभाले ६८ रन बनाए । नेपालका शाहब आलमले ३ विकेट लिए । यो जितसँगै ३ खेलको शृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । शृङ्खलाको अन्तिम खेल पर्सि बिहीवार हुनेछ ।...
विश्व कप क्रिकेट लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै
खेलकुद

विश्व कप क्रिकेट लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान सवा ९ बजेदेखि कीर्तिपुर मैदानमा शुरु हुनेछ । अस्ति बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । खराब ब्याटिङका कारण नामिबियासँग नेपाल १ सय ३२ रनमा नै अलआउट भएको थियो । नेपाल र नेदरल्यान्ड्सले यसअघि तीन पटक एकदिवसीय खेल खेलेका छन् । जसमा नेदरल्यान्ड्सले दुई र नेपालले एक खेल जितेको छ । नेपालको घरेलु मैदानमा खेल्ने नेदरल्यान्ड्स विश्व कप खेलेको अनुभव रहेको उच्च स्तरको टोली पनि हो । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । खबर श्राेत: उज्यालाे अनलाई...
माेफसलकाे फुटबल खेलकाे बिकासका लागि क्लबले खेलेकाे भुमिका महत्वपुर्ण: अध्यक्ष किशाेर राई
खेलकुद, समाचार

माेफसलकाे फुटबल खेलकाे बिकासका लागि क्लबले खेलेकाे भुमिका महत्वपुर्ण: अध्यक्ष किशाेर राई

खाँदबारी युथ क्लबले कोशि प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, उपाध्यक्ष श्री शिव न्यौपाने, सह महासचिव केशब कार्की र धरान फुटबल क्लबका सचिव गोपाल कार्किलाई स्वागत तथा मायाको चिनो प्रदान गरेकाे छ । खाँदबारी युथ क्लबकाे प्रहरी चाेकमा रहेकाे कार्यालयमा मंगलबार एक कार्यकमका बिच सम्मान तथा मायाँकाे चिनाे प्रदान गरिएकाे क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए । स्वागत कार्यकमलाई सम्बाेधन गर्दै क्लबका कार्यबाहक अध्यक्ष मुनुहाङ गुरुङले संखुवासभाकाे फुटबल खेलकाे अवस्था, आगामी रणनिति र माेफसलमा फुटबल खेलकाे बिकासका लागि क्लबले खेलेकाे भुमिका बारे जानकारी दिएका थिए । महासचिब सुरेन शाक्यले संचालन गरेकाे कार्यकमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी कोशि प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले फुटबल खेलका लागि संखुवासभा उर्बर भुमि रहेकाे भन्दै यहाँकाे फुटबलकाे बिकासका लागि प्रदेसले सकेकाे सहयाेग उपलब...
तीनपोखरी फुटबल कप : इटहरी, भंसाबारी र एपिएफ सेमिफाइनलमा
खेलकुद, समाचार

तीनपोखरी फुटबल कप : इटहरी, भंसाबारी र एपिएफ सेमिफाइनलमा

नवीन गुरुङ संखुवासभामा जारी प्रथम तीनपोखरी फुटबल कप प्रतियोगितामा इटहरी, भंसाबारी र एपिएफ गरी तीन टिम सेमिफाइनल प्रवेश गरेका छन्। शनिबार तीनवटा खेल भएका थिए। जसमा पहिलो खेल मकालु फ्रेन्ड्स र भंसाबारी मोरङबीच प्रतिस्पर्धा भएको थियो। दुवै टिमले निर्धारित समयमा बराबर खेले पनि टाइब्रेकरमा ३–१ गोल अन्तरले भंसाबारी मोरङ सेमिफाइनल प्रवेश गरेको हो। दोस्रो खेल खाँदबारी युथ क्लब र इटहरी फुटबल क्लबबीच भएको थियो। इटहरी क्लबले १–० गोलले विजयी हुँदै सेमिफाइनल पुगेको हो। त्यसैगरी, आजै एपिएफ पकली कोशी प्रदेश र तुम्लिङटार फुटबल क्लबबीच तेस्रो खेल भएको थियो। दुवै टिमले निर्धारित समयमा १–१ गोलको बराबर खेलेपछि खेल टाइब्रेकरमा गयो। टाइब्रेकरमा १०–९ गोल अन्तरले एपिएफ पकली कोशी प्रदेश सेमिफाइनल प्रवेश गरेको हो। आइतबार शीतलपाटी एफसी र इटहरी क्लबबीच तथा भंसाबारी र एपिएफ पकली कोशी प्रदेशबीच प्रतिस्पर्ध...
तीनपोखरी फुटबल कप : शीतलपाटी सेमिफाइनल प्रवेश 
खेलकुद

तीनपोखरी फुटबल कप : शीतलपाटी सेमिफाइनल प्रवेश 

संखुवासभाको खाँदबारी नगरपालिका– ७ स्थित खाँदबारी रंगशालामा जारी प्रथम तीनपोखरी कप फुटबल प्रतियोगितामा शीतलपाटी एफसी सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएका तीनवटा खेलमा शीतलपाटी एफसी सेमिफाइनलमा प्रवेश गरेको छ भने खाँदबारी र तुम्लिङटार फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। आयोजक तीनपोखरी क्लब (रातो)लाई १–० गोल अन्तरले हराउँदै शीतलपाटी एफसी सेमिफाइनल प्रवेश गरेको हो। त्यसैगरी, हिले फुटबल क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै खाँदबारी युथ क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको हो। हिले फुटबल क्लब पहिलो खेलबाट नै बाहिरिएको छ। यस्तै, एडभान्स क्लब र तुम्लिङटार फुटबल क्लबबीच भएको खेलमा २–० ले जित निकाल्दै तुम्लिङटार क्वार्टरफाइनल प्रवेश गरेको हो।   तीनपोखरी समाज विकास क्लबले माघेसंक्रान्तिको अवसरमा प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ। माघ १ ग...
सातौ आमन्त्रित पांमा कप २०८० को उपाधी एड्भान्सलाई
खेलकुद, समाचार

सातौ आमन्त्रित पांमा कप २०८० को उपाधी एड्भान्सलाई

खाँदबारी एफएम संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्गामा सम्पन्न ७ औं पाङ्मा कप फुटबल प्रतियोगिताको उपाधि एडभान्स क्लब मानेभञ्याङले हातपारेको छ । आयोजक लोहोरुङले क्लब पांमालाई हराउँदै एडभान्सले उपाधि चुमेको हो । निर्धारित समय सम्म २–२ गोलको बराबरी भएपछि भएको ट्राइब्रेकरमा एडभान्सले ४–२ ले बाजी मारेको हो । पहिलो हाफमा उत्कृष्ठ खेल प्रर्दशन गरेको लोहोरुङले दुई गोल गरेको थियो । खेलको ९ औं मिनेटमा लोहोङका विजय भुजेल र ३२ औं मिनेटमा किरण तामाङले गोल गरेका थिए । दोस्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको एडभान्सले २ गोल गरी निर्धारित समयमा खेल बराबरी हुन पुग्यो । खेलको ६० औं मिनेटमा एडभान्स विसाल काफ्लेले एडभान्सका लागि पहिलो गोल गरे । त्यसैगरी खेलको ६५ औं मिनेटमा एडभान्सका ज्ञानेनन्द्र भण्डारीले हानेको गोलले खेललाई बराबरीमा पुर्यायो । खेलको १३ औं मिनेटमा लोहोङका किरण तामा...