खेलकुद Archives - Page 9 of 11 - साझाकुरा
शुक्रबार, असार १२, २०८३

खेलकुद

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १ सय ३४ रनले हरायो
खेलकुद

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १ सय ३४ रनले हरायो

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १ सय ३४ रनको फराकिलो अन्तरले हराएको छ । लगातार दोस्रो जितसँगै दक्षिण अफ्रिका अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । लखनउमा हिजो भएको खेलमा जितका लागि ३ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४० ओभर ५ बलमा १ सय ७७ रनमा अलआउट भयो । उसका मार्नस लाबुसेनले सर्वाधिक ४६ रन बनाए । मिचेल स्टार्क २७ रनमा र प्याट कमिन्स २२ रनमा आउट भए । दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३ विकेट लिए । मार्को यानसन, केशव महाराज र तबरेज शाम्सीले समान दुई/दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले १ सय ९ रनको शतकीय पारी खेले । उनको यो विश्वकपमा लगातार दोस्रो शतक हो । डी ककले श्रीलङ्कासँगको पहिलो खेलमा पनि १ सय रनको शतकीय पारी खेलेक...
विश्वकप छनाेट : अञ्जनकाे कीर्तिमानी गाेलमा नेपाल हारबाट जाेगियाे
खेलकुद

विश्वकप छनाेट : अञ्जनकाे कीर्तिमानी गाेलमा नेपाल हारबाट जाेगियाे

फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले लाओससँग बराबरी खेलेकाे छ । आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले लाओससँग १–१ गाेलकाे बराबरी गरे । खेलमा लाओसले शुरुवाती अग्रता लिएकाे थियाे । उसका लागि खेलकाे ३३ औँ मिनेटमा कप्तान बौनफाचन बौनकोङले गाेल गरे । पहिलाे हाफमा लाओस १–० ले अघि रह्याे । खेलकाे दाेस्राे हाफकाे ४९ मिनेटमा नेपालले बराबरी गाेल फर्कायाे । नेपालका लागि अञ्जन विष्टले गाेल गरे । याे गाेलसँगै अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय गाेलमा कीर्तिमान बराबरी गरेका छन् । अञ्जनकाे याे १३ औँ अन्तर्राष्ट्रिय गाेल हाे । नेपालबाट हरि खड्का र निराजन रायमाझीकाे पनि अन्तर्राष्ट्रिय गाेलकाे सङ्ख्या १३ छ ।  आफ्नो ५८ औँ खेलमा सर्वाधिक गाेलकाे कीर्तिमानी बराबरी गरेका अञ्जनले सन् २०१४ मा फिलिपिन्ससँग खेल्दै राष्ट्रिय टाेलीबाट डेब्यु गरेका थिए । ...
एसिसी यू १९ प्रिमियर कप स् इरानमाथि नेपालको सानदार जित
खेलकुद, समाचार

एसिसी यू १९ प्रिमियर कप स् इरानमाथि नेपालको सानदार जित

एसिसी यू १९ प्रिमियर कपमा नेपालले सानदार सुरूवात गरेको छ। बिहीबार मलेसियामा भएको खेलमा नेपालले इरानमाथि २७४ रनको फराकिलो अन्तरको जित निकालेको हो। नेपालले दिएको ३५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमै अलआउट भयो। इरानका लागि विकेटकिपर ब्याट्सम्यान अमेर खुर्सदले ३७ रन जोड्दा अरु ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा नेपालका सुवास भण्डारी र दिपेश कडेँलले ३,३ विकेट लिए। हेमन्त धामीले २ विकेट हात पार्दा आकास चन्दले पनि २ विकेट लिन सफल भए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालले शतकमा ३५३ रन जोडेको थियो।देवले १०० रन जोड्ने क्रममा ६० बलमा १२ चौका र ४ छक्का प्रहार गरे। देवले यू १९ क्रिकेटमा दोस्रो शतक प्रहार गरेका हुन्। यसअघि उनले विश्वकप छनोटमा कुवेतविरुद्ध शतक हिर्काएका थिए। नेपालका लागि यू १९ क्रिकेटमा दुई शतक प्रहार गर्ने कप्तान देव पहिलो खेलाडी हुन्।देवको शत...
काभा भलिबलः अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित
खेलकुद

काभा भलिबलः अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित

काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानमाथि रोमाञ्चक जित निकालेको छ । आज बुधवार दिउँसो श्रीलङ्कामा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा हरायो । पहिलो सेट जितेको नेपालले दोस्रो र तेस्रो सेट गुमाएको थियो । त्यसपछि चौथो र पाँचौँ सेट जित्दै नेपालले रोमाञ्चक जित हात पारेको हो । पहिलो सेट नेपालले २५–१९ ले जित्यो । दोस्रो र तेस्रो सेट नेपालले २६–१९ र २५–२२ ले गुमायो । यस्तौ चौथो र पाँचौँ सेट नेपालले २५–२१ र १५–१० ले जित्यो । प्रतियोगितामा यसअघि भएका दुई खेलमा नेपालले एकमा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा बङ्लादेशलाई ३–१ ले हराएको नेपाल हिजो मङ्गलवार भएको दोस्रो खेलमा आयोजक श्रीलङ्कासँग ३–० ले पराजित भएको थियो । अब नेपालले पर्सि शुक्रवार साउदी अरेबियासँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । छ टोली सहभागी भएको प्रतियोगितामा राउन्ड रोबिन लिगपछि अङ्क तालिकाका शी...
खाँदबारी युथक्लबद्वारा“पर्यटन प्रवर्धन,खाँदबारी रन” आयाेजना
खेलकुद, समाचार, स्वास्थ्य

खाँदबारी युथक्लबद्वारा“पर्यटन प्रवर्धन,खाँदबारी रन” आयाेजना

“पर्यटन प्रवर्धन,खाँदबारी रन” मनाेरञ्जन संगै आफ्नाे स्वास्थ्यमा सुधार ल्याऔ, असाेज २८ गते “खाँदबारी रन” मा सहभागि बनाैं ।
मनाेरञ्जन संगै आफ्नाे स्वास्थ्यमा सुधार ल्याऔ, असाेज २८ गते “खाँदबारी रन” मा सहभागि बनाैं ।
खेलकुद, मनोरन्जन

मनाेरञ्जन संगै आफ्नाे स्वास्थ्यमा सुधार ल्याऔ, असाेज २८ गते “खाँदबारी रन” मा सहभागि बनाैं ।

"पर्यटन प्रवर्धन,खाँदबारी रन" नेपालीहरुको महान चाड दशैं तथा तिहारको शुभकामना आदनप्रदान गर्दै यहि असोज २८ गते आईतवार घटस्थापना दिन १ बिभागिय पुरुष टिम, २ खुल्ला पुरुष टिम ३ खुल्ला महिला टिम गरि तिन वटा बिधामा दौडको रुट ( प्राविधिक समस्या आएमा परिवर्तन हुने छ ।) -बिभागिय पुरुष टिमका लागि खाँदबारी टुडिखेलबाट खाँदबारी ३ स्थीत ठुलोढुङ्गा पुगि लबिङ्गहिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल -खुल्ल पुरुष टिमका लागि खाँदबारी टुडिखेल हुँदै खाँदबारी ३ स्थीत चेवा झर्ने बाटो पुगि लबिङ्ग हिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल र -खुल्ला महिला टिमका लागि खाँदबारी १ टुडिखेलबाट खाँदबारी ३ स्थीत लहरेबर पुगि पुन लबिङ्ग हिलको मार्ग हुँदै खाँदबारी टुडिखेल आईपुग्नुपर्ने (प्रतियोगिहरु १८ वर्ष माथिको रहने छ । साथै ४० वर्ष उमेर भन्दा माथिकोले दौड पूरा गरेमा सम्मान गरिनेछ । ) पुनश्च ईच्छुक सहभागिहरु...
एक दिवसिय विश्वकप क्रिकेट आजबाट सुरु
खेलकुद

एक दिवसिय विश्वकप क्रिकेट आजबाट सुरु

एक दिवसिय विश्वकप क्रिकेट बिहीबार देखि भारतमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । गुजरातको अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार बिहीबार दिउसो सवा दुई बजे यो खेल सुरु हुनेछ । एक दिवसिय विश्वकप क्रिकेटको यो संस्करणमा १० टोली सहभागि छन् । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफ्गानिस्तान, इंग्ल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्याण्ड र नेदरल्याण्ड्सले समुह चरणमा राउण्ड रोबिन लिग खेल्नेछन् । शिर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिता ४५ दिनसम्म चल्नेछ । क्यारेबीयन टोली वेष्ड इंडीज पहिलो पटक एक दिवसिय विश्वकप क्रिकेटमा छनौट हुन असफल भएको छ । भारतले एक्लै प्रतियोगिता आयोजना गरेको यो पहिलो अवसर हो । ...
खाँदबारी युथ क्लवद्वारा पर्यटन प्रवर्धन,खाँदबारी रन आयोजना गरिने
खेलकुद, समाचार, समाज

खाँदबारी युथ क्लवद्वारा पर्यटन प्रवर्धन,खाँदबारी रन आयोजना गरिने

संखुवासभाको पर्यटन प्रवर्धन गर्ने उदेश्यले खाँदबारी युथ क्लवले पर्यटन प्रवर्धन खाँदबारी रन खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालीहरुको महान चाड दशैंको शुभ अवसरमा आगामी असोज २८ गते घटस्थापना दिन प्रतियोगिता आयोजना गर्ने तैयारी गरिएको युथ क्लवका महासचिव सुरेन शाक्यले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले २ लाख ६१ हजारको कुल लागतमा बिभागिय पुरुष टिम, खुल्ला पुरुष टिम र खुल्ला महिला टिम गरि तिन वटा बिधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रस्ताव प्रस्तुत गर्दै प्रतियोगितामा सहकार्यका लागि जिल्ला स्थीत बिभिन्न सरकारी तथा गैह्र सरकारी संस्थासंग सहकार्यको अपेक्षा राखिएको बताए । क्लवका कार्यबाहक अध्यक्ष मुनहाङ्ग गुरुङ्गको सभापतित्व तथा पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरीको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा प्रतियोगितामा बिभागिय पुरुष टिमका लागि खाँदबारी टुडिखेलबाट ...
एसियन गेम्स क्रिकेटः नेपालमाथि भारतको जित
खेलकुद

एसियन गेम्स क्रिकेटः नेपालमाथि भारतको जित

एसियन गेम्स अन्तर्गतको पुरुष क्रिकेटमा नेपालमाथि भारतले जित हात पारेको छ। आज बिहान भएको पहिलो क्वार्टरफाइनल खेलमा नेपाललाई २३ रनले पराजित गर्दै भारतले जित हात पारेको हो। जितसँगै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। टस जितेर पहिले ब्याटिङ गरेको भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको थियो। तर, नेपालले निर्धारित ओभर खेल्दै ९ विकेट गुमाएर १७९ रन मात्रै बनाउन सक्यो।...
भारतसँगको खेलमा नेपालले पायो २ सय ३ रनको लक्ष्य : जैसवालको शतक
खेलकुद

भारतसँगको खेलमा नेपालले पायो २ सय ३ रनको लक्ष्य : जैसवालको शतक

१९औं एसियाली खेलकुदको क्रिकेटमा भारतसँगको खेलमा नेपालले २ सय ३ रनको लक्ष्य पाएको छ । चीनको हान्झाउमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २ रन बनायो । उसका यशस्वी जैसवाल शतक बनाएर आउट भए । रिङ्कु सिंह ३७ र शिभम् दुवे २५ रनमा अविजित रहे । भारतका कप्तान ऋतुराज गायकवाड २५ रनमा आउट भए । तिलक बर्मा २ रनमा र जितेश शर्मा पाँच रनमा आउट भए । नेपालका दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । करण केसी प्लेइङ ११ मा फर्किँदा विनोद भण्डारी बेन्चमा छन् । नेपाल समूह ‘ए’ मा मङ्गोलियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा पुगेको हो भने भारतले सिधै क्वाटरफाइनल खेल्न लागेको हो । मङ्गोलियासँगको खेलमा नेपालले विभिन्न विश्व कीर्तिमान बनाएको थियो ।  कु...