8JunNo Comments
पत्रकार महासंघ संखुवासभाद्धारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर
जेष्ठ २५ संखुवासभा
सरकारले गत चैत्र १८ गते सरकारी कार्यालयहरुलाई पत्राचार गर्दै सुचना बिज्ञापनहरु सरकारी संचार माध्यमहरुलाई मात्रै उपलब्ध गराउन दिएको निर्देशनको बिरोध गर्दै नेपाल पत्रकार महासंघ संखुवासभाले प्रमुख जिल्ला अधिकारी श्रृजना थपलिया मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।
गत जेष्ठ ८ गतेदेखि ११ गते सम्म सरकारको रबैया बिरुद्ध संचालन गरिएको हस्ताक्षर संकलन गरि सरकार ध्यानाकर्षण गराउन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाउने राष्ट्रिय अभियान अन्तर्गत संकलित हस्ताक्षर बुझाईएको नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई बुझाईएको उक्त हस्ताक्षर आजै प्र्रधानमन्त्री कार्यालय समक्ष बुझाईने प्रमुख जिल्ला अधिकारी श्रृजना थपलियाले प्रतिवद्धता जनाउनु भएको थियो ।
संकलित हस्ताक्षर नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सद...
4JunNo Comments
4JunNo Comments
25FebNo Comments
प्रभाव बढाउँदै एमाले उम्मेदवार डक्टर अर्जून कुमार कार्की
नेकपा एमाले संखुवासभाले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ४ दशक लामो अनुभव बोकेका डाक्टर अर्जून कुमार कार्कीको उम्मेदवारीले संखुवासभाको समग्र क्षेत्रको बिकासमा अर्थपुर्ण उपलब्धी हुनसक्ने संखुवासभाली मतदाताहरुले अपेक्षा राखेका छन् ।
25FebNo Comments
मतदाताको मन जित्दै रास्वपा उम्मेदवार मिङ्गमा शेर्पा
पछिल्लो समय संखुवासभाको चुनावी महाअभियानमा रास्वपाका उम्मेदवार मिङ्गमा शेर्पाको चर्चा चल्न थालेको छ । नेपाली काँग्रेस र नेकपा एमालेले बर्चश्व जमाउँदै आएको संखुवासभामा यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टिका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिश्व किर्तिमानि हिमाल आरोही मिङ्गमा शेर्पाले काँग्रेस र एमालेको बर्चश्वलाई चूनौति दिँदै आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको धेरै मतदाताले आँकलन गरेका छन् ।
...




