समाचार Archives - Page 44 of 80 - साझाकुरा
शनिबार, बैशाख २६, २०८३

समाचार

संखुवासभामा ६ महिनाको अवधिमा २४ मानव अधिकार उल्लंघन
समाचार

संखुवासभामा ६ महिनाको अवधिमा २४ मानव अधिकार उल्लंघन

संखुवासभा, असार २६ संखुवासभामा ६ महिनाको अवधिमा २४ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । सन् २०२४ को जनवरीयता भएका मानव अधिकार उल्लंघनका २४ घटनामा २४ जना पीडित रहेका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि संकलन गरेको मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनाको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रमका क्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो । गत पुस (जनवरी) देखि जेठ (जुन) महिनासम्म जिल्लामा भएका मानवअधिकारको अवस्थालाई प्रतिवेदनमा समावेश गरिएको इन्सेक जिल्ला प्रतिनिधि भविन कार्कीले बताए । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा ४ बालिका सहित ६ जना बलात्कृत, ४ जनाको हत्या, कुटपिट गैर राज्य पक्ष १, घरेलु हिंसाका १०, हातपात १ जना,१ जना मृत्यु र १ जना आत्महत्या द...
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
समाचार

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

असार २६ ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। मंगलबार राति १ बजेर ४६ मिनेटमा ताप्लेजुङको तापेथोक सेरोफेरो केन्द्रविन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महशुस गरिएको बताईएकाे छ।
रास्वपाका महामन्त्री मुकुल ढकाल अव सााधरण सदस्य मात्रै
राजनीति, समाचार

रास्वपाका महामन्त्री मुकुल ढकाल अव सााधरण सदस्य मात्रै

असार २५ राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकाल साधारण सदस्य मात्रै रहने भएका छन् । रास्वपाको मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री तथा प्रवक्ताबाट हटाउँदै साधारण सदस्य मात्रै कायम राख्ने निर्णय गरेको हो । बैठकको निर्णय सुनाउँदै कार्यवाहक प्रवक्ता मनीष झाले ढकाललाई साधारण सदस्य मात्रै कायम रहने गरी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको जानकारी दिए । यता रास्वपा नेता ढकालले भने आफु रवी लामिछानेको क्लवबाट मात्रै निश्कासित भएको प्रतिकृया दिएका छन् ।...
नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने
समाचार

नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने

असार २५ नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ । राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ । तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ । श्राेत:उज्यालाे अनलाईन...
२५ दिनमा विपदबाट ७४ जनाको मृत्यु
समाचार

२५ दिनमा विपदबाट ७४ जनाको मृत्यु

गएको जेठ २८ गते मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङलगायत मनसुनजन्य विपदका कारण मृत्यु हुनेकाे संख्या ७४ जना पुगेको छ । विपदका कारण काठमाण्डौमा एक , कोशीमा १८ , मधेसमा तीन जना, बागमतीमा चार , गण्डकीमा २२, लुम्बिनीमा १८, कर्णाली र सुदूरपश्चिममा चार चार जना गरी ७४ जनाको मृत्यु भएकाे प्रहरीले जनाएको छ । यस्तै दर्जन बढि बेपत्ता र एक सयकाे हाराहारिमा घाइते भएकाे गृह मन्त्रालयले जनाएको छ ।...
यातना दिई यौन कार्यमा लगाएको आरोपमा एक महिला पक्राउ, ६ जनाको उद्धार
अपराध, समाचार

यातना दिई यौन कार्यमा लगाएको आरोपमा एक महिला पक्राउ, ६ जनाको उद्धार

असार २४ युवतीहरुलाई यातना दिई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगरमा घर भाँडामा लिई यौन ब्यवसाय संचालन गर्दै आएकी सुनसरी इनरुवाका ३० वर्षीय राजकुमार साह र झापा गरामनीकी २३ वर्षीया सन्ध्या चुँडाललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। चुँडालले जवरजस्ती यौन ब्यवसायमा संलग्न गराउँदै आएकी अन्य ६ जना महिलाहरुलाई समेत प्रहरीले उद्धार गरेको छ । आरोपितले विराटनगर महानगरपालिका–११ स्थित नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरुलाई यौन व्यवसायमा लगाउने गर्दैआएको डिएसपी बस्नेतको भनाई छ । उद्धार गरिएका युवतीहरुलाई आकर्षक रोजगारी दिने भन्दै प्रलोभनमा पारेर यौन व्यवसायमा लगाउने गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका महिलाहरुले विभिन्न स्थानबाट युवतीलाई ल्याएर भाडाको कोठामा राख्दै सम्पर्कमा आएका व्यक...
विश्वासको मत पाएको दुई दिनमै मधेस सरकारमा किचलो, कांग्रेस नेतृत्वमा सरकार बनाउन खेल शुरु
राजनीति, समाचार

विश्वासको मत पाएको दुई दिनमै मधेस सरकारमा किचलो, कांग्रेस नेतृत्वमा सरकार बनाउन खेल शुरु

२४ असार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गरेको दुई दिन नबित्दै मधेस प्रदेशमा नयाँ सरकार बनाउने कसरत शुरु भएको छ । मन्त्रालय बाँडफाँडका बिषयमा लुछाचुँडी हुँदा जनमत नेतृत्वमा बनेको सरकार ढाल्न खेल शुरु भएको बताईएको छ । मुख्यमन्त्री सिंहलाई पहिला विश्वासको मत दिने र त्यस लगत्तै सरकारमा गठबन्धनका दल कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाललाई सरकारमा सहभागी गराउने सहमति गरिएको थियो । कांग्रेसलाई अर्थसहित चार मन्त्रालय र गृह तथा सञ्चारसहित लोसपालाई दुई मन्त्रालय दिने आन्तरिक सहमति भएको तर जनमतले विश्वासको मत प्राप्त गरिसकेपछि मुख्यमन्त्रीले सहमति पालना नगरेको आरोप लगाउँदै कांग्रेस र लोसपा सरकारमा सहभागि हुन छाडेर नयाँ सरकारको किचलोमा लागेका हुन् । जनमतबाट आफुहरुलाई ठुलो धोका भएको भन्दै काँग्रेसले आफ्नो नेतृत्वमा छुट्टै सरकार बनाउने तयारी शुरु...
शेयर बजार २१ अङ्कभन्दा धेरैले बढ्यो, ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
अर्थ/व्यापार, समाचार

शेयर बजार २१ अङ्कभन्दा धेरैले बढ्यो, ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

असार २३, आज हप्ताको पहिलो दिन अर्थात आईतबार शेयर बजारमा दोहोरो अङ्कको बृद्धि आएको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव २७ अङ्कले बृद्धि भएर २ हजार १ सय ४० दशमलव ९७ विन्दुमा पुगेको छ । आईतबार विकास बैंक, फाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर कारोबार बढेको छ । जसमा प्रमुख रुपमा महोटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयरमा उच्च अङ्कको बृद्धि देखिएको छ । आज सीईडीबी हाइड्रोपावर, नेशनल लघुवित्त, निफ्रा र केबीएल डिबेन्चर २०८६ को शेयरमा ५ प्रतिशतभन्दा बढिको बृद्धि आएको छ । समग्रमा कारोबार र बजार बढेकोमा मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमा भने १० प्रतिशतको गिरावट आएको छ । आज ३ सय २५ वटा कम्पनीका १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब २९ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।...
भारतले लगायो चारधामको यात्रामा रोक
अन्तर्राष्ट्रिय, समाचार

भारतले लगायो चारधामको यात्रामा रोक

एजेन्सी २३ असार बर्षाद बाढि पहिरो र डुवानका कारण आवतजावतमा कठिनाई भएको भन्दै भारत सरकारले चारधामको धार्मिक यात्रामा केहि समयका लागि रोक लगाएको छ । भारतीय मौसम विभागका अनुसार अवको केहि दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मानवीय क्षति हुनसक्ने भएकाले श्रद्धालुहरूलाई यात्रामा ननिस्कन आग्रह गरेको भारतिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । विभागले बिपत्तिको अतिनै जोखिम रहेकाले ऋषिकेशभन्दा अगाडीको यात्रा नगर्न भन्दै सबैलाई सावधानी अपनाउन पनि आग्रह गरेको छ। केहि दिन देखिको बर्षादका कारण भारतका बिभिन्न स्थानमा डुवान र बाढि पहिरोले ठुलो क्षति पुर्याईरहेको छ । विशेषगरी उत्तराखण्डको विभिन्न भू–भागमा पहिरो गएको छ भने बद्रीनाथ जाने राजमार्गमा पनि अनगिन्ति पहिरो गएकाले यातायात सेवा नराम्म्ररी प्रभावित बनेको छ ।...
कोशी ब्यारेजका ५६ वटै ढोका खोलियाे
समाचार

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियाे

असार २३ सप्तकोशी नदीको जलसतहले खतराको तह पार गरेको छ। सप्तकोशीमा पानीको सतहले खतराको तह पार गरेपछि अहिले कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्। कोशी नदीमा तीन लाख ६८ हजार ६८० क्युसेक जलसतह मापन गरिएको कोशी नदी नियन्त्रण मापन केन्द्रका कर्मचारी धिरज कुमारले बताए। उनले नदीमा पानीले खतराको तह पार गरेसँगै रेड अलर्ट जारी गरिएको र सबैलाई सुरक्षित स्थानमा जान भनिएको बताए। पहाडी क्षेत्रमा शुक्रबारदेखि निरन्तर वर्षा भएसँगै कोशी नदीमा निरन्तर जलसतह बढिरहेको छ। जलसतह उच्च भएपछि रातिदेखि खतराको संकेत रातो बत्ति बालिएको केन्द्रले जनाएको छ। श्राेत: नागरिक न्युज...