अन्तर्राष्ट्रिय मानवअधिकार दिवस संखुवासभामा
मानव अधिकार तथा शान्ति समाज संखुवासभाले आज ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाएको छ । भविष्यमा मानवअधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ भन्ने मूल नारासहित बिश्वभर आज यो दिवस विविध कार्यक्रमका साथ मनाउँदै आएको छ ।
यसै अवसरमा मानव अधिकार तथा शान्ति समाज संखुवासभाले सदरमुकाम खाँदबारीमा लोकतन्त्रको प्राण, सुशासन र सद्भाव बिषयक नागरिक सम्बाद कार्यक्रमको आयोजना गरि दिवस मनाएको छ ।
संम्बाद कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय सदस्य निर्मला गुरुङ्ग, , शाखाका पदाधिकारी र सदस्यहरुका साथै नेपाल पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरी, उपाध्यक्ष कृष्णराज शाक्य लगायतको उपस्थीति रहेको थियो । कार्यक्रममा केन्द्रिय सदस्य निर्मला गुरुङ्गले मानव अधिकार लोकतन्त्रको न्युनत्तम आधार भएकाले मानव अधिकारको सुनिश्चितताले मात्र लोकतन्त्रको बलियो हुने धारणा राखेकि थिईन् ।
...









