समाचार Archives - Page 65 of 77 - साझाकुरा
शनिबार, फाल्गुन ३०, २०८२

समाचार

अहिलेकाे निर्वाचन प्रणालीबाट राम्राे मान्छेले सपनामा पनि चुनाव जित्न सक्दैन : अध्यक्ष केसी
समाचार

अहिलेकाे निर्वाचन प्रणालीबाट राम्राे मान्छेले सपनामा पनि चुनाव जित्न सक्दैन : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरू सांसद निर्वाचित भएको भन्दै यसको औचित्यमाथि विचार गर्नुपर्ने बताउनुभएको छ । आज बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा अध्यक्ष केसीले निर्वाचन प्रणाली खर्चिलो भएको बताउनुभएको हो । उहाँले वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान् र राम्रो मान्छेले सपनामा पनि चुनाव जित्न नसक्ने जिकिर गर्नुभयाे । समानुपातिक निर्वाचन प्रणाली दलित, जनजाति तथा विपन्न समुदायका लागि राखिएको भए पनि धनाढ्य र पहुँचवालाहरू सांसद बन्ने गरेका अध्यक्ष केसीकाे भनाइ छ । उहाँ शक्ति र सम्पत्ति भएकाहरू समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेका भन्दै यसको औचित्यमाथि प्रश्न उठाउनुभयो । उहाँले भन्नुभयो, ‘चुनाव यति खर्चिलो भयो कि अब योग्य, क्षमतावान्, राम्रो मान्छेले चुना...
मानव अधिकार तथा शान्ति समाज संखुवासभा शाखाकाे साताैं बार्षिक साधारण सभा सम्पन्न
समाचार, समाज

मानव अधिकार तथा शान्ति समाज संखुवासभा शाखाकाे साताैं बार्षिक साधारण सभा सम्पन्न

चुरे ध्वस्त पार्न पाईंदैन, मरुभुमिकरण गर्ने नीति चाहिँदैन भन्ने नाराका साथ मानव अधिकार तथा शान्ति समाज संखुवासभा शाखाकाे साताैं बार्षिक साधारण सभा खाँदबारिमा सम्पन्न भएकाे छ । शाखा सभापति लाेकदर्शन शाक्यकाे अध्यक्षतामा तथा खाँदबारि नगरपालिकाका प्रमुख महेश थपलियाकाे प्रमुख आतिथ्यतामा भएकाे उद्घाटन समाराेहमा संखुवासभाका सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र संञ्चारकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि नगरप्रमुख महेश थपलियाले अहिलेकाे समाज जटिल र संङ्क्रमण तर्फ धकेलिदै गएकाे परिस्थितिमा मानव अधिकारकाे संरक्षण, सामाजिक सदभाव, सहिष्णुहता कायम राख्ने वातावरण निर्माणमा मानव अधिकार तथा शान्ति समाजकाे भुमिका महत्वपुर्ण हुने धारणा राखे । अहिले विश्व युद्ध र हिंसातर्फ पनि उद्धेलित रहेकाले विश्व समुदायलाई समेत युद्धलाई त्याग गरि शान्ति र अहिंसाकाे...
त्रिभुवन विमानस्थलबाट प्रहरी पक्राउ
समाचार

त्रिभुवन विमानस्थलबाट प्रहरी पक्राउ

नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा एक जना प्रहरी जवान पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरेको हो । तामाङले सेटिङमा जाने व्यक्तिहरुलाई विमानस्थलको जाँच पार गराउन भूमिका खेल्ने गरेको आरोप लागेको छ । नक्कली शैक्षिक प्रमाणको आधारमा रकम असुली गरेर विदेश पठाउन खोजेको विषयमा उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले यस अघि उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरेको थियो। उनको बयानका आधारमा प्रहरी जवान जीवराजको संलग्नता खुलेपछि पक्राउ गरिएको कार्यालयले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला प्रहरी परिसर, टेकु पठाएको पनि कार्यालयले जनाएको ईमेज खबरले समचार प...
हमास बिरुद्धको युद्ध नरोक्ने इजरायलको अडान
अन्तर्राष्ट्रिय, समाचार

हमास बिरुद्धको युद्ध नरोक्ने इजरायलको अडान

ईजरायलले हमास बिरुद्ध शुरु गरेको आक्रमण रोक्न अश्विकार गरेको छ । संयुक्त राष्ट्रसङ्घले युद्धविराम सम्बन्धी प्रस्ताव अनुमोदन गर्नुकासाथै विश्वका धेरै देशहरुले युद्धविरामको आह्वान गरेपनि ईजरायलले उक्त युद्धबिरामको प्रस्ताव अश्विकार गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री नेतान्याहुले हमास विरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा लगत्तै इजरायली सेना स्थलमार्गबाट गाजाको मध्य क्षेत्रमा पुगेको जनाईएको छ । इजरायलको आक्रमणबाट गाजामा अहिलेसम्म करिव १० हजारको मृत्यु भएको बताईएको छ । गाजामा ज्यान गुमाउनेमध्ये करिव ४ हजार बालबालिका रहेका छन् । इजरायतर्फ पनि एक हजार चार सय बढिको मानवीय क्षति भएको बताईन्छ । ईजरायलको आक्रमणको निशानामा स्वास्थ्यसंस्थाहरु समेत परेको भन्दै बिश्व स्वास्थ्य संगठनले बिरोध जनाएको छ । अहिले गाँजा क्षेत्रमा ईजरायलको सर्च एण्ड डिस्ट्रोए अभियान जारी रहे...
ओखलढुङ्गामा आगलागिमा परि एक जनाको मृत्यु
समाचार

ओखलढुङ्गामा आगलागिमा परि एक जनाको मृत्यु

ओखलढुङ्गा जिल्लामा हिजो साँझ भएको आगलागिमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आगो निभाउन खटिएकी मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ७ हर्कपुर ठेगाना भएकी ३९ वर्षीया कमला दाहाल गौतमको मृत्यु भएको ओखलढुङ्गा प्रहरीले जनाएको छ । आगलागिमा परि कमलाकी देउरानी २७ वर्षीया जानुका गौतम शख्त घाइते भएकी छिन् । हाल उनको उदयपुरमा रहेको जनसेवा हेल्थ केयर घुर्मीमा उपचार भइरहेको छ । सोमबार साँझ ५ः३० तिर भएको आगलागि पेट्रोलियम पदार्थको प्रयोग गरि आगोबाल्ने क्रममा भएको प्रहरीले प्रारंम्भिक अनुमान लगाएको छ । घटनाको सम्बन्धमा थप अनुशन्धान अघि बढाईएको प्रहरीको भनाई छ ।...
इजरायलमा मारिएका थप तीन नेपालीको शव पहिचान
समाचार

इजरायलमा मारिएका थप तीन नेपालीको शव पहिचान

गत असोज २० गते हमासको आक्रमणमा मारिएका तीन नेपाली विद्यार्थीको शव पहिचान भएको छ । इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० जनामध्ये थप तीनजना नेपाली विद्यार्थीको शव पहिचान भएको हो । तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको हो । योसँगै आठजना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ । बाँकी दुईजनाको शव पहिचानका क्रममा रहेको छ ।...
ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने ५ जना पक्राउ
अपराध, समाचार

ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने ५ जना पक्राउ

ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरी आज आइतवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र रौतहट गढिमाई नगरपालिका–६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव रहेका काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरूले पीडितहरूलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरी आफू ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ई–सेवाको आईडी, बैंकिङ खातासँग लिङ्कअप गराई खाता नवीकरण, केवाईसी फारम अपडेट, सिस्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको छ । उनीहरूले सर्वसाधारणको खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटहरूमा ट्रान्सफर लगायत भु...
नेपाल आईपुगे राष्ट्रसङ्घका महासचिव गुटेरेस
समाचार

नेपाल आईपुगे राष्ट्रसङ्घका महासचिव गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ । राति आइपुग्नुभएका उहाँलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँको कार्यालयमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा शिष्टाचार भेट गर्नुका साथै अन्य विशिष्ट ब्यक्तिहरुसंग भेटवार्ता गर्ने कार्यक्रम छ । सन्...
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै
समाचार

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण लाग्नेछ । पृथ्वीको छाँया चन्द्रमामा पर्दा चन्द्र ग्रहण लाग्ने गर्दछ । चन्द्रग्रहणको सुतक भने आज शनिवार दिउँसो ४ बजेर १९ मिनेटदेखि सुरु हुनेछ । त्यसैगरी ग्रहण राति २ बजेर ३८ मिनेटमा समाप्त अर्थात मोक्ष हुने समितिले जनाएको छ । ग्रहण लागेको बेला बालबालिका, वृद्ध र बिरामीबाहेकले खाना खान र सुत्न नहुने, स्नान ध्यान र मन्त्र पाठ गर्दा लाभ हुने पनि समितिले जनाएको छ । आज लाग्ने खण्डग्रास चन्द्रग्रहण विसं २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ । गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा ...
अग्नि पिडित तामाङलाई सहयाेग जुट्नेक्रम जारि (दाताकाे उपलब्ध फाेटाे सहित)
समाचार, समाज

अग्नि पिडित तामाङलाई सहयाेग जुट्नेक्रम जारि (दाताकाे उपलब्ध फाेटाे सहित)

संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. १० मा आगलागिबाट बिचल्लिमा परेकि अग्नि पिडित चन्द्रकला माेक्तान तामाङकाे परिवारलाई सहयाेग जुट्नेक्रम शुरु भएकाे छ । गत मंगलबार टिकाको दिन खाँदबारी १० डढेकोलमा रहेको उनकाे घरमा आगलागि हुँदा करिब २० लाखकाे क्षति भएको थियाेभने परिवारमा रहेकाे ४ जनाकाे बिचल्लि भएकाे समाजसेवी तारा दर्नालले बताए । आगलागिबाट चन्द्रकलाकाे घरमा रहेको लत्ता कपडा खाद्यान्न, नगद, सुन लगायत बहुहुल्य सामग्री नष्ट हुँदा करिव २० लाखको क्षति भएको दर्नालकाे भनाई छ । पिडित चन्द्रकला अहिले आफन्त र छरछिमेकको सहारामा बसिरहेकि छिन् । आफुसंग भएको सबै सम्पति जलेर नष्ट हुँदा सहयोगि मनहरुको भरमा बस्नुपर्ने अवस्थामा पुगेकि छिन् । आगलागिबाट घरजलेर नष्ट भएको समचार सार्वजनिक भएपछि अग्निपिडित चन्द्रकला तामाङलाई सहयाेग जुट्नेक्रम पनि शुरुभएकाे छ । याे बिपत्तिकाे घडिमा सहयाेग गर्ने सबैलाई उन...