समाचार Archives - Page 67 of 77 - साझाकुरा
शनिबार, फाल्गुन ३०, २०८२

समाचार

‘पत्रकार हुँ’ भन्दै चरित्र हत्यागरि दसैँ खर्च माग्ने ब्यक्ति पक्राउ
समाचार, समाज

‘पत्रकार हुँ’ भन्दै चरित्र हत्यागरि दसैँ खर्च माग्ने ब्यक्ति पक्राउ

बारा । ‘पत्रकार हुँ’ भन्दै प्रहरी र कर्मचारिकाे चरित्र हत्या गरेकाे आराेपमा वीरगन्ज महानगरपालिका–१० अशोकवाटिका बस्ने २६ वर्षीय रवि कुमार वर्णवाल पक्राउ परेका छन् । उनले पत्रकार हुँ भनी अनलाइन न्युज पोर्टल र फेसबुक प्रयोग गरी विभिन्न ब्यक्तिकाे चरित्रहत्या गर्न विभिन्न सामग्रि प्रकाशन गर्नेगरेकाे प्रहरिकाे भनाई छ । भ्रामक प्रचार गर्दै दसैँ खर्च माग गरेको उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहारमा उत्रिएकाले उनिबिरुद्ध आवश्यक कानुनी कारबाही अगाडी बढाइएको प्रहरी कार्यालय बाराले जनाएको छ ।...
संबिधान दिवसका अवसरमा माफी पाएका लोकबहादुर हत्या आरोपमा पक्राउ
समाचार

संबिधान दिवसका अवसरमा माफी पाएका लोकबहादुर हत्या आरोपमा पक्राउ

संविधान दिवसका अवसरमा आचरणमा ब्यापक सुधार आएको भन्दै कैद मिनाहा पाएर जेलमुक्त भएका पश्चिम रुकुमका लोकबहादुर विक पुन हत्या आरोपमा पक्राउ परेका छन् । कारागार मुक्त भएको तीन साता नवित्दै प्रेमिकाको हत्या आरोपमा बिक पुन पक्राउ परेका हुन । मुसीकोट–७ की २७ वर्षीया भावना विकको हत्या आरोपमा उनी पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएको मंगलबार मुसिकोट नगरपालिका– १ खलङ्गाको एउटा होटलमा उनका प्रेमिका भनिएका भावना मृत अवस्थामा फेला परेकी थिइन् । उक्त होटलको कोठामा घाँटी रेटेर हत्या गरी सिरकले छोपेर छाडिएको अवस्थामा भावनाको शव फेला परेको थियो । श्रीमान वैदेशिक रोजगारीमा रहेकी भावना र लोकबहादुरबीच प्रेम सम्बन्ध पाईएको प्रहरीले जनाएको छ । बहुविवाहको मुद्दामा जेल परेका विकलाई ६ महिना नबित्दै उनको आचरणमा ब्यापक सुधार आएको भन्दै मन्त्रीपरिषदको निर्णयमा राष्ट्रपतिबाट आम माफी दिई थुनामुक्त गरिएको थयो ।...
नेपाललालाई युएईको १ सय ४१ रनको लक्ष्य
खेलकुद, समाचार

नेपाललालाई युएईको १ सय ४१ रनको लक्ष्य

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तगरगत आज भएको खेलमा यूएईले नेपालसामु १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनायो । यूएईका बसिल हमीदले अर्धशतक बनाए । उनी ३८ बलमा ५१ रन बनाएर आउट भए । यस्तै अली नसीरले ३२ रन जोडे । बलिङतर्फ नेपालका करण केसीले ३, गुलसन झाले २ तथा सोमपाल कामी र अविनाश बोहराले १र१ विकेट लिए । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा त्रिदेशीय टी–२० शृङ्खला आज बुधवारदेखि शुरु भएको हो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारीस्वरूप नेपालले प्रतियोगिता आयोजना गरेको हो । नेपालले दोस्रो खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।...
पाथीभरामा भक्तजनकाे घुईचाे एकै दिन दुई हजार ५५ ले गरे दर्शन
समाचार, समाज

पाथीभरामा भक्तजनकाे घुईचाे एकै दिन दुई हजार ५५ ले गरे दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनकाे घुईचाे लागेकाे छ । मंगलबार एकै दिन दुई हजार पाँच सय ५५ भक्तजनले पाथिभरा माताकाे दर्शन गरेकाे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । भक्तजनको आगमन बढेकाले पाथीभरा क्षेत्रमा सुरक्षा, सहज यातायात, खाने बस्ने लगायतका बिषयमा स्थानीय व्यवसायीलगायत सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक प्रबन्ध मिलाईएकाे ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । तीर्थयात्रीको संख्या उल्लेख्य रुपले बढ्दै गएपछि सहजरुपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेकाे भनाई छ । ...
इजरायलबाट थप १९ जना नेपालीलाई उद्धार गरियो
अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

इजरायलबाट थप १९ जना नेपालीलाई उद्धार गरियो

ईजरायल र प्यालेस्टिनी उग्रबादी समुह हमास बिच भएको युद्धका कारण ईजरायल छाड्न चाहने १९ नेपालीलाई नेपाल सरकारले उद्धारगरेर नेपाल ल्याएको छ । उनिहरुलाई मंगलबार भारतीय बिमानमार्फत तेल अभिवबाट उद्धार गरिएको जनाईएको छ । परराष्ट्रमन्त्रालयले जनाए अनुसार इजरायलको तेल अभिवबाट उनिहरुलाई मंगलबार बिहान ९ बजे भारतीय स्पाइस जेटमार्फत् उद्धार गरिएको मन्त्रालयले जनाएको छ । । उद्धार गरिएका १९ नेपाली मंगलबार बेलुकी ७ बजेसम्म भारतको नयाँ दिल्ली आइपुग्ने परराष्ट्र मन्त्रालयको भनाई छ । केहि दिन अघि पनि सरकारले द्धन्दग्रस्त क्षेत्रबाट २ सय ५३ जना नेपालीको उद्धार गरेको थियो ।...
पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न
खेलकुद, मनोरन्जन, समाचार, स्वास्थ्य

पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न

पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न भएकाे छ । संखुवासभाकाे खाँदबारी युथ क्लबले नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वको अवसरमा“पर्यटन प्रवर्धन खाँदबारी रन भन्ने मुल नाराका साथ आयाेजना गरेकाे धावन प्रतियाेगिता दशै, तिहार र छट पर्वकाे शुभकामना आदानप्रदान सहित आईतबार भब्य रुपमा सम्पन्न भएकाे हाे । खाँदबारी स्थित टुडिखेलबाट विभिन्न बिधामा रन शुरु गरिएकाे थियाे । खाँदबारी रनमा तीन सय बढिकाे सहभागिता रहेकाे क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए । प्रतियाेगितामा बिभागिय पुरुष टिम,खुल्ला पुरुष टिम र खुल्ला महिला टिम र भेट्रन गरि चार वटा बिधामा प्रतिश्पर्धा गराईएकाे क्लबले जनाएकाे छ । बिभागिय पुरुष टिमतर्फ नयाँ भैरबी दल गुल्मका सुर्य बहादुर राेकायले प्रथम स्थान हाँसिल गरे भने निान खड्का र सुजन बिश्वकर्माले क्रमश दितिय र तृतिय स्थान हाँसिल गरे त्यसैगरि खुल्...
कोशी प्रदेशमा एमाले समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री नियुक्त
मुख्य समाचार, राजनीति, समाचार

कोशी प्रदेशमा एमाले समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री नियुक्त

कोशी प्रदेशमा एमालेको समर्थनमा नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । कार्कीलाई समर्थन गर्ने एमालेका ३९ र कांग्रेसका ८ सांसदले हस्ताक्षर गरेपछि प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सनिवार बिहान मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत भएकोमा एमाले र कार्की पक्षधर कांग्रेसका सांसदहरु मात्र उपस्थित भएका थिए भने आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार ईन्द्र आङ्बो र उनका समर्थक सनाखतका लागि उपस्थीत भएनन् । गठबन्धनबाट माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको मुख्यमन्त्रीमा दाबी पेस गरेपनि । तर आङ्बो पक्ष हस्ताक्षर सनाखतका लागि उपस्थित नै भएनन् । कार्कीलाई संविधान...
मनाङ एयरको हेलिकोप्टर दुर्घटना
समाचार

मनाङ एयरको हेलिकोप्टर दुर्घटना

मनाङ एअरको हेलिकोप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ। हेलिकोप्टर सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा दुर्घटनामा परेको हो । शनिबार बिहान ७ बजेर १३ मिनेटमा हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन उडेको हेलिकप्टर दुर्घटना भएको बताइएको छ । पाइटल पिके सेढाइ मात्र रहेको उक्त हेलिकप्टर ‘अवतरणका क्रममा दुर्घटनामा परेको हो । पाइटल सेढाइ घाईते भएकाे र उनलाई थप उपचारका लागि फिस्टेलको हेलिकप्टरले लुक्ला हुँदै काठमाडौको ह्याम्स हस्पिटल लगिएकाे बताइएको छ ।...
कोशीका शेखर पक्षका ८ सांसदको दाबी : इन्द्र आङबोले हाम्रो हस्ताक्षर दुरुपयोग गरे
राजनीति, समाचार

कोशीका शेखर पक्षका ८ सांसदको दाबी : इन्द्र आङबोले हाम्रो हस्ताक्षर दुरुपयोग गरे

कोशीमा नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यले नेकपा माओवादी संसदीय दलका नेता इन्द्र आङबोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएका छन् । उनीहरुले मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस नेता केदार कार्कीले पेश गरेको दाबीमा हस्ताक्षर गरेका छन् । आङबोले पनि उनीहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी परेपछि ८ जनाले आफूहरुको हस्ताक्षर दुरुपयोग गरिएकाे बताए । कार्कीलाई समर्थन गर्नेमा उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीका सुनिता गुरुङ छन् । कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ८ जनाले आङबोलाई समर्थन नरहेकाे प्रष्ट पारेका छन् । अनलाईनखबरले याे समचारलाई प्राथमिकताका साथ प्रकासन गरेकाे छ ।...
एसिसी यू १९ प्रिमियर कप स् इरानमाथि नेपालको सानदार जित
खेलकुद, समाचार

एसिसी यू १९ प्रिमियर कप स् इरानमाथि नेपालको सानदार जित

एसिसी यू १९ प्रिमियर कपमा नेपालले सानदार सुरूवात गरेको छ। बिहीबार मलेसियामा भएको खेलमा नेपालले इरानमाथि २७४ रनको फराकिलो अन्तरको जित निकालेको हो। नेपालले दिएको ३५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमै अलआउट भयो। इरानका लागि विकेटकिपर ब्याट्सम्यान अमेर खुर्सदले ३७ रन जोड्दा अरु ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा नेपालका सुवास भण्डारी र दिपेश कडेँलले ३,३ विकेट लिए। हेमन्त धामीले २ विकेट हात पार्दा आकास चन्दले पनि २ विकेट लिन सफल भए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालले शतकमा ३५३ रन जोडेको थियो।देवले १०० रन जोड्ने क्रममा ६० बलमा १२ चौका र ४ छक्का प्रहार गरे। देवले यू १९ क्रिकेटमा दोस्रो शतक प्रहार गरेका हुन्। यसअघि उनले विश्वकप छनोटमा कुवेतविरुद्ध शतक हिर्काएका थिए। नेपालका लागि यू १९ क्रिकेटमा दुई शतक प्रहार गर्ने कप्तान देव पहिलो खेलाडी हुन्।देवको शत...