समाचार Archives - Page 72 of 77 - साझाकुरा
शनिबार, फाल्गुन ३०, २०८२

समाचार

कृषि फार्ममा चितुवाको आक्रमण, दुई सय कालिज मरे
समाचार

कृषि फार्ममा चितुवाको आक्रमण, दुई सय कालिज मरे

स्याङ्जाको एक कृषि फार्ममा चितुवा पसेर आक्रमण गर्दा दुई सय कालिज मरेका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ५ जैपातेस्थित सित्मामा आशिष न्यौपानले संचालन गरेकोे कृषि फार्ममा चितुवा पसेर आक्रमण गरेको हो । बिहीबार बिहान दाना पानी दिन फर्ममा पुुग्दा कालिज मरेका र घाइते कालिज छट्पटाएको देखेको फर्म सञ्चालक न्यौपानेले बताएका छन् । फार्ममा करिब २ सय २० को हाराहारीमा कालिज रहेकामा करिब १ सय ९० कालीजलाई चितुवाले आक्रमण गरेर मारेको सञ्चालक न्यौपानेको भनाइ छ । रातभर चितुवा फर्मभित्रै रहेकाले बढी क्षति भएको स्थानीयले बताएका छन् । करीब चार लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।  ...
गोप्य राख्नुपर्नेबाहेकका सूचना सम्बन्धित निकायबाट प्रवाह हुनुपर्छ : सभामुख घिमिरे
समाचार

गोप्य राख्नुपर्नेबाहेकका सूचना सम्बन्धित निकायबाट प्रवाह हुनुपर्छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न नहुने बताएका छन्।  सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज सूचनाको हकका लागि राष्ट्रिय महासंघले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको उद्घाटन गर्दै उनले सूचनाको हकको संरक्षणका लागि संविधानमा मौलिक हकका रुपमा राखिएको विषयलाई नियन्त्रण गरेर अपारदर्शीरुपमा शासन पद्धति सञ्चालनको ध्येय राखिएमा त्यो सफल नहुने बताए। उनले भने,'गोप्य राख्नुपर्नेबाहेकका सूचना राज्यका सम्बन्धित निकायबाट प्रवाह हुनुपर्छ । यसको दुरुपयोग हुनबाट पनि जोगिनुपर्छ ।' संविधानले परिकल्पना गरेको सूचनामा आधारित जनताको सहभागितामूलक पारदर्शी शासन पद्धतिबाट जनतालाई सेवासुविधा दिन आग्रह गर्दै उनले सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा महासंघको विशेष भूमिका हुनुपर्ने राससलाई बताएका छन्। सूचनाको हक लोकतन्त...
उडान नियम उल्लंघन गर्ने २ कम्पनीका एएस३५० हेलिकप्टर उडानमा रोक
समाचार

उडान नियम उल्लंघन गर्ने २ कम्पनीका एएस३५० हेलिकप्टर उडानमा रोक

लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गर्दै हेलिकप्टर उडाएपछि दुई कम्पनीका हेलिकप्टरको उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । प्राधिकरणका अनुसार दुई कम्पनीका ‘एएस३५० बी३ई’ मोडलका हेलिकप्टरको उडानमा बिहीबारदेखि नै प्रतिबन्ध लगाइएको हो । प्राधिकरण स्रोतका अनुसार यसरी प्रतिबन्ध लाग्ने कम्पनीमा श्री एयरलाइन्स र फिस्टेल एयरका हेलिकप्टर छन् । यी कम्पनीले भिजिबिलिटी १ सय मिटर समेत नभएको अवस्थामा समेत ‘भीएफआर’ नियम मिच्दै हेलिकप्टर उडाएपछि प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेको हो । यी कम्पनीका पनि अन्य मोडलका हेलिकप्टरको उडानमा भने रोक लगाइएको छैन ।...
जलाउन घाटमा पुर्‍याएको शव प्रहरी नियन्त्रणमा, श्रीमानसहित ३ जना पक्राउ
अपराध, समाचार

जलाउन घाटमा पुर्‍याएको शव प्रहरी नियन्त्रणमा, श्रीमानसहित ३ जना पक्राउ

मलंगवा, सर्लाहीको रामनगर गाउँपालिकामा जलाउन घाटमा पुर्‍याएको एक महिलाको शवलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ। रामनगर गाउँपालिका वडा नं १ खैर्वाका सुनिल साहकी २१ वर्षीया श्रीमती मनिषा साहको शवलाई जलाउन घाटमा पुर्‍याएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। जलाउनका लागि खोलामा लगिसकेको अवस्थामा शवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटना संकास्पद लागेपछि शवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियारले जानकारी दिए। मनिषाको श्रीमान सुनिल साह, ससुरा रामेश्वर साह र देवर रामबाबु साहलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक नरेश राज सुबेदीले जानकारी दिए। ‘घाँटीमा निलडाम जस्तो देखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ’, प्रहरी उपरीक्षक सुबेदीले भने, ‘थप कुराहरु पोष्टमार्टम रिपोर्टमा थाहा हुन्छ।’ मनिषाको शव पोष्टमार्...
देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता
समाचार

देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता

चितवनको देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । आज बिहान ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्दै आएका पंकज दाहाल बेपत्ता भएका हुन् । भारतको आसाम घर भएका अधिकारी कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर सँस्कृत पढ्दै आएका थिए । उनी सोही मन्दिरको टोलीसँगै देवघाटमा भ्रमणमा आएका थिए । नुहाउने क्रममा वेपत्ता भएका उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ...
सुन तस्करी प्रकरणमा थुनछेक बहस आजदेखि सुरू हुने
समाचार

सुन तस्करी प्रकरणमा थुनछेक बहस आजदेखि सुरू हुने

काठमाडौंको सिनामंगलबाट बरामद गरिएको ६१ किलो सुन प्रकरणको थुनछेक बहस बुधबारदेखि सु हुदैंछ । उक्त प्रकरणमा संलग्न प्रतिवादीहरुको बयान मंगलबार सकिएकाले बुधबारदेखि थुनछेक बहस सुरु हुने बताइएको छ । यसअघि मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएको छ । सो सुन प्रकरणबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सकाएर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछी प्रतिवेदनमाथि छानबीन गरी जिल्ला अदालत काठमाडौंमा राय सहितको प्रतिवेदन पेश गरिएको हो ।...
चिकित्सकमाथि भएको कुटपिटको विरोधमा काठमाडौंमा प्रदर्शन
समाचार

चिकित्सकमाथि भएको कुटपिटको विरोधमा काठमाडौंमा प्रदर्शन

पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरुले काठमाडौंको माइतीघरमा बिरोध प्रदर्शन गरेका छन् । मंगलबार चिकित्सकहरूले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरी र चिकित्सकहरुबीच केहीबेर तनाव समेत उत्पन्न भएको थियो । लमजुङ सुन्दरबजारकी एक ५७ वर्षीया बिरामी महिलाको सोमबार उपचारका क्रममा अस्पतालमा मृत्यु भएपछि उनका आफन्त कुटपिटमा उत्रिएका थिए । चिकित्सकहरुले आफूहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने र कुटपिटमा संलग्न ब्यक्तिलाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।...
राष्ट्र बैंकद्वारा एक सय भन्दा माथिका भारतीय नोटको कारोबारमा प्रतिबन्ध
अर्थ/व्यापार, समाचार

राष्ट्र बैंकद्वारा एक सय भन्दा माथिका भारतीय नोटको कारोबारमा प्रतिबन्ध

नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ एक सय भन्दा ठूला नोटको कारोबारमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि भन्दै मंगलबार जारी गरेको सूचनामा भारतीय रुपैयाँ एक सय दरभन्दा ठूला नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न प्रतिबिन्धत लगाइएको उल्लेख छ । यस्तै, भारतबाट नेपाल आउने वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भारतीय रुपैयाँ मात्रै लैजान सकिने पनि राष्ट्रबैंकले जनाएको छ । त्यसरी लैजाने वा ल्याउने नोट पनि सय भन्दा ठूला नोट हुन नहुने व्यवस्था गरिएको छ । पाँच हजार डलर भन्दा बढीको भारतीय रुपैयाँ ल्याउन लैजान परेमा भन्सारमा घोषणा गर्नुपर्ने छ । भारत भ्रमण जानेहरुका लागि बैंक तथा वित्तिय संस्थाबाटै भारतीय रुपैयाँ २५ हजारसम्म र औषधोपचारका लागि भारतीय रुपैयाँ ५० हजारसम्मको सटही सुविधा लिन सकिने पनि राष्ट्रबैंकले जनाएको छ । ड्राफ्ट, टीटी, कार्डमार्...
नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै
समाचार

नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको बताउनुभएको छ । मंगलवार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताउनुभएको हो । उहाँले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताउनु भयो । उहाँले कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधरणको लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको बताउनु भयो । कार्यकारी निर्देशक थानीले सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताउनु भयो । उहाँले व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आइपीओ दिने तयरी रहेको बताउनु भयो । उहाँले मुलुकको अर्थतन...
तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु
समाचार

तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु

डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन्।  नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो।  नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा रहेको बताउनुभयो । कुल बिरामी सङ्ख्या एक हजार छ सयमध्ये एक हजार तीन सय ५० बिरामी  नगरपालिकाको रहेको जनाइएको छ ।  दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाउने तयारी गरिएको छ। अस्पतालमा जनशक्ति कम भएको जानकारीमा आएपछि नगरपालिकाले एक  डाक्टर, दुई जना ल्याबका कर्मचारी र दुई जनालाई इ...