बरुणमा निरजोया उपन्यासको परिचर्चा
संखुवासभा पाैष ३,
बरिष्ठ साहित्यकार तथा बरुण बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख उपेन्द्र कोरंङ्गी दाजु गुरुङ्गद्वारा लिखित निरजोया उपन्यासको आज परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
मकालु साहित्यिक समाज संखुवासभाको संयोजना तथा बरुण बहुमुखी क्याम्पस संखुवासभाको आयोजनामा भएको कार्यmक्रमको अध्यक्षता बरुण बहुमुखी क्याम्पसका प्रमुख चित्ररेखा कार्की अधिकारी रहनुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले गर्नूभएको थियो ।
कार्यक्रममा दाजु गुरुङ्गद्वारा लिखित निरजोयाको साहित्यकार कृष्ण चापागाईं, लक्ष्मी ढुंगाना, तारा बहादुर बुढाथोकीले समालोचना गर्नूभएको थियो । कार्यक्रममा लेखक तथा साहित्यकार उपेन्द्र कोरंगीं दाजु गुरुङ्गले प्रवासमा रहँदा नेपालीहरुले भोग्नपरेका कथा ब्यथा र मायाँ प्रेमका कुरा जस्ताको तस्तै चित्रण गर्न खोज्नुभएको समालोचकहरुले टिप्पणी ग...









