स्वास्थ्य Archives - Page 4 of 9 - साझाकुरा
सोमवार, असार ८, २०८३

स्वास्थ्य

नेपालमा ३ विषादी प्रतिबन्दित
समाचार, स्वास्थ्य

नेपालमा ३ विषादी प्रतिबन्दित

२१ मंसिर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा ३ वटा जीवनाशक विषादी प्रयोगमा तिबन्ध लगाएको छ । मन्त्रालयले राजपत्रमा सूचना जारिगर्दै २ कीटनाशक र एउटा झारपातनाशक विषादीमा प्रतिबन्ध लगाएको हो । सूचना अनुसार ‘पाराक्वाटरपाराडाइक्लोराइड’ नामक झारपातनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको हो । यस्तै ‘क्लोरोपाइरिफस’ र ‘फोरेट’ नामक किटनाशक विषादीमा प्रतिबन्ध लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। जीवनाशक विषादी व्यवस्थापन समितिले २५ असारमा पाराक्वाटरपाराडाइक्लोराइड झारपातनाशक विषादी र क्लोरोपाइरिफस कीटनाशक विषादी प्रतिबन्ध गर्न मन्त्रालयलाई पत्राचार गरिएको जनाईएको छ । यी विषादी अब उत्पादन, संश्लेषण, निकासी र पैठारीमा प्रतिबन्ध हुनेछ । मन्त्रालयका अनुसार सूचना प्रकाशन हुनुअघि नेपालमा पैठारी भएका विषादी खपत गर्न दुई वर्षको समयावधि तोकिएको छ । जीवनाशक विषादी व्यवस्...
कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको ज्यान गयो

मंसिर २० तसवीर एजेन्सी लोकतान्त्रिक गणतन्त्र कङ्गोको दक्षिण पश्चिम क्षेत्रमा नयाँ रोगको प्रकोपबाट ७९ जनाको ज्यान गएको छ भने सैयौंको संख्यामा बिरामी परेका छन् । मौसमी फ्लूको लक्षणहरू देखिने नयाँ रोगका कारण १५ देखि १८ वर्ष उमेरका ब्यक्तिहरुमा यस्तो प्रकोप देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ । बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, श्वास फेर्न असहज हुने रक्त अल्पताको समस्या देखिने जस्ता लक्षण देखिने गरेको बताईएको छ । अहिले सम्म तीन सय जना भन्दा बढी मानिस यो संक्रमणबाट पिडित रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । क्वांगो प्रान्तको प्रभावित क्षेत्र पान्जीमा उपचार तथा अनुसन्धानका लागि चिकित्सक तथा विशेषज्ञको टोली खटाईएको त्यहाँको मन्त्रालयको जानकारी दिएको छ । सङ्क्रमितको सङ्ख्या बढेर महामारीको रुप लिँदै ग...
अबैद्य मदिरा उत्पादनमा कडाई गर्दै जिल्ला स्तरिय अबैध मदिरा नियन्त्रण समिति
समाचार, स्वास्थ्य

अबैद्य मदिरा उत्पादनमा कडाई गर्दै जिल्ला स्तरिय अबैध मदिरा नियन्त्रण समिति

संखुवासभा मंशिर १८ जिल्ला स्तरिय अबैध मदिरा नियन्त्रण समिति संखुवासभाले अबैध मदिरा बिक्रि बितरणमा कडाई गर्ने भएको छ । मंशिर १४ गते करदाता सेवा कार्यालय खाँदबारीका प्रमुख तथा कर अधिकृत योगेश भटराईको अध्यक्षतमा बसेको बसेको ७ सदस्यीय जिल्ला स्तरिय अबैध मदिरा नियन्त्रण समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिका सदस्यहरुमा एक नं. वडा कार्यालयका अध्यक्ष तथा खाँदबारी नगरपाििलका कार्यपालिका सदस्य निरञ्जन श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत भोगेन्द्र श्रेष्ठ, संखुवासभा उद्योग बाणिज्य संघका महासचिव सरोज कुमार बज्राचार्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक डम्बर मगर सदस्य तथा करदाता सेवा कार्यालय खाँदबारीका नायव शुब्बा संजय राई सदस्य सचिव रहेका छन् । केहि दिन अघि खाँदबारीमा बसेको समितिको बैठकले अबैध मदिरा उत्पादत तथा बेवबिखवनको कार्य अबैधानिक रहेको भन्दै मदिराजन...
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु
समाचार, स्वास्थ्य

भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु

भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु मंशिर ८ भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार सेवा शुरु गरेको छ । गत मंशिर २ देखि १४ बर्ष सम्मका बालबालिकाको क्यान्सरको सम्पुर्ण उपचार निशुल्क रुपमा शुरु गरिएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर उज्ज्वल चालिसेले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तोकेको अस्पतालमा उपचार गराउने १४ बर्ष मुनिका बालबालिकाको निशुल्क उपचारको निर्णय गत कार्तिक ११ गतेको मन्त्रिस्तरिय गरिएको जानकारी दिँदै अस्पतालले उक्त निर्णय कार्यान्वयनमा ल्याएकोमा खुशी ब्यक्त गरे । सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल काठमाडौं र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको थियो ।  ...
तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई २० लाख सहयोग
समाचार, समाज, स्वास्थ्य

तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई २० लाख सहयोग

संखुवासभा, कार्तिक २१ नेपाल नेत्रज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई दाताहरुले पुन २० लाख नगद सहयोग उपलब्ध गराएका छन् । नेपाल नेत्र ज्योती संघद्वारा खांदबारीमा संचालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई जग्गा दाता मनोज श्रेष्ठ र लिला श्रेष्ठका छोरा बुहारीहरु शिसिर÷करिना समनामे श्रेष्ठ र सरद÷ प्रेरणा शिंह श्रेष्ठले हिजो एक कार्यक्रम बिच २० लाख नगद सहयोग गरेका छन् । यस अघि केहि महिना अघि मनोज श्रेष्ठ सोहन श्रेष्ठ लगायतका दाताका परिवारका सदस्यहरुले उपचार केन्द्रलाई ५० लाख सहयोग उपलब्ध गराएका थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले दाताहरुको सहयोगको सहि सदुपयोग हुँदै आएको बिश्वास ब्यक्त गर्नूभएको थियो । कार्यक्रममा नेपाल नेत्रज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रका अध्यक्ष अनन्तकुमार गौलीले आँखा उपचार केन्द्रको स्थापना दे...
पर्यटन प्रवर्धनका लागि खाँदबारी रनको तैयारी तिब्र
खेलकुद, समाचार, स्वास्थ्य

पर्यटन प्रवर्धनका लागि खाँदबारी रनको तैयारी तिब्र

असोज ९ दशैं तिहारको अवसर पारेर संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको खाँदबारी युथ क्लवले आयोजना गर्न लागेको खाँदबारी रनको तैयारी तिब्र रुपले अघि बढेको छ । प्रर्यटन प्रवर्धन, खाँदबारी रन भन्ने नाराका साथ आयोजना हुनलागेको प्रतियोगिता आगामी असोज १७ गते घटस्थापनाको दिन संचालन गरिने खाँदबारी युथ क्लवका महासचिव सुरेन शाक्यले बताए । अहिले प्रतियोगिता संचालनका लागि जिम्मेवारी बाँडफाँड, दाताहरुको अन्तिम नामावली तैयारी, स्वास्थ्संस्थासंगको समन्वय लगायतका कामहरु अघि बढाईएको महासचिव शाक्यको भनाई छ । प्रतियोगितामा बिभागिय , खुल्ला पुरुष र महिला टिमको सहभागिता रहने आयोजक खाँदबारी युथ क्लवका कार्यबाहक अध्यक्ष मुनहाङ् गुरुङ्गले जनाए । उनले बिभागिय टिमका धावकले १२ किलोमिटर, खुल्ला पुरुष सहभागिले १० किलोमिटर र खुल्ला महिला र ४० वर्ष माथिका सहभागिले ७ किलोमिटर दुरी पार गर्नूपर्ने प्रावधान रहेको खाँदबारी य...
तेजरत्न आँखा तथा कान उपचार केन्द्रद्वारा स्थानीय दाता परिवारलाई सम्मान
समाचार, स्वास्थ्य

तेजरत्न आँखा तथा कान उपचार केन्द्रद्वारा स्थानीय दाता परिवारलाई सम्मान

संखुवासभाकाे खाँदबारीमा रहेकाे तेजरत्न आँखा तथा कान उपचार केन्द्रले स्थानीय दाता परिवारलाई विशेष कार्यक्रमका साथ सम्मान गरेकाे छ । तेजरत्न स्मृति प्रतिष्ठानका अध्यक्ष साेहन श्रेष्ठ र संरक्षक प्रेम चन्द्र श्रेष्ठ, सह संरक्षक हरिबहादुर श्रेष्ठ लगायतका परिवारले तेजरत्न अाखा तथा कान उपचार केन्द्रका अध्यक्ष अनन्त कुमार गाैली संस्थापक अध्यक्ष तथा नेपाल नेत्रज्याेति संघ काेशी प्रदेसका अध्यक्ष श्यामसुन्दर उदासलाई रु ५० लाखकाे चेक हस्तान्तरण गरेका थिए । वहाँहरुले आखा अस्पताल संचालनका लागि रु ५० लाखकाे अक्षयकाेस स्थापना गर्नुभएकामा तेजरत्न अाखा तथा कान उपचार केन्द्रका अध्यक्ष अनन्त कुमार गाैली संस्थापक अध्यक्ष तथा नेपाल नेत्रज्याेति संघ काेशी प्रदेसका अध्यक्ष श्यामसुन्दर उदासले धन्यबाद सहित वहाँका परिवारले बिगतदेखि नै गर्नुभएकाे सहयाेगकाे प्रशंसा गर्नुभएकाे थियाे । तेजरत्न आँखा तथा कान उपचार ...
निशुल्क आँखा शिवीरमा ३६ जनाको मोतियाँ बिन्दुको सफल अप्रेसन
समाचार, स्वास्थ्य

निशुल्क आँखा शिवीरमा ३६ जनाको मोतियाँ बिन्दुको सफल अप्रेसन

असोज ५ संखुवासभाको खाँदबारीमा रहेको तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीको आयोजना तथा बिराटनगर आँखा अस्पतालको प्राबिधिक सहयोगमा निशुल्क आँखा शिवीर संचालन गरिएको छ । शुक्रबार संचालन भएको आँखा शिवीरमा ३६ जनाको मोतियाँ बिन्दुको सफल अप्रेशन गरिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका प्रमुख क्षितिज बरालले जानकारी दिए । शिवीरमा संखुवासभा, भोजपुर र खोटाङ्गबाट आँखा उपचारका लागि आएका मोतियाँ बिन्दुका समस्याग्रस्त बिरामीहरुको उपचार गरिएको बिराटनगर आँखा अस्पतालका नेत्र बिषेसज्ञ डा पारस चौधरीले बताए ।...
पर्यटन प्रवर्धनका लागि खाँदबारी रन आयोजना हुने
खेलकुद, समाचार, स्वास्थ्य

पर्यटन प्रवर्धनका लागि खाँदबारी रन आयोजना हुने

असोज ५ दशैं तिहार र छट पर्वकोको अवसर पारेर संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको खाँदबारी युथ क्लवले खाँदबारी रनको आयोजना गर्ने भएको छ । प्रर्यटन प्रवर्धन, खाँदबारी रन भन्ने नाराका साथ आयोजना हुनलागेको प्रतियोगिता आगामी असोज १७ गते घटस्थापनाको दिन संचालन गरिने खाँदबारी युथ क्लवका महासचिव सुरेन शाक्यले जानकारी दिए । प्रतियोगितामा बिभागिय , खुल्ला पुरुष र महिला टिमको सहभागिता रहने आयोजक खाँदबारी युथ क्लवका कार्यबाहक अध्यक्ष मुनहाङ् गुरुङ्गले जनाए । उनले बिभागिय टिमका धावकले १० किलोमिटर र खुल्ला पुरुष तथा महिला सहभागिले ६ किलोमिटरको दुरी पार गर्नूपर्ने प्रावधान रहेको जानकारी दिए । तिनै बिधामा बिजयी हुने सहभागिले रु ७ हजार नगद, सम्मान पत्र तथा उपबिजेताले नगद रु ५ हजार र सम्मान पत्र प्राप्त गर्ने आयोजक खाँदबारी युथ क्लवले जनाएको छ ।...
नेपाल अर्बुद रोग निवारण संस्थाको ४२ औं वार्षिकोत्सव सम्पन्न
समाचार, स्वास्थ्य

नेपाल अर्बुद रोग निवारण संस्थाको ४२ औं वार्षिकोत्सव सम्पन्न

असाेज १ नेपालमा अर्बुद रोग निवारण संस्था (NCRS) ले ४२औं वार्षिकोत्सव  मनाएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमका प्रमुख अतिथि उर्जा, जलश्रोत तथा सिञ्चाइ मन्त्री दिपक खड्का रहेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष महेश श्रेष्ठले क्यान्सर जस्तो प्राणघातक रोगको उपचार सेवा सुलभ बनाउन सरकारसँग माग गरे। नेपाल अर्बुद राेग निवारण संस्था बिगत ४२ बर्षदेखि निरन्तर रुपमा क्यान्सर रोग विरुद्ध सचेतना फैलाउन क्रियासिल रहेकाे बताउँदै अध्यक्ष श्रेष्ठले स्तरीय सेवा विस्तारमा भने अझै धेरै काम गर्न बाँकि रहेको जानकारि दिए । संस्थाका महासचिव दिपेन्द्र वान्तवाले हाल देशका ४८ जिल्ला शाखाहरुमा रहेका १५ हजार भन्दा बढी स्वयम्सेवकले क्यान्सर रोगबारे सचेतना अभियानमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै आगामी दिनमा देशभर स्वयम्सेवक मार्फत जनचेना अभियान सञ्चानल गर्ने तयारी रहेको बताए । नेपाल वायु से...