पार्टि बिरुद्ध कुप्रचार गरियोः अध्यक्ष लिङ्देन
भाद्र १२
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनतामाझ भ्रम फैलाएर राप्रपाका बिरुद्धका कुप्रचार गरिएको बताएका छन् । उनले कोशी सरकारमा सहभागि हुने नाममा कसैसंग कुनै सहमति नगरिएको खुलासा गरे ।
कोशी सरकारमा सभामुख र एक मन्त्री लिएर राप्रप्राले सरकारलाई सहयोग गर्नेकुरा सार्वजनिक भएकोप्रति लक्षीत गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले चाहे कोशीको मुख्यमन्त्री समेत प्राप्त गर्न सकिने अवस्था गरेको बताए । उनले थपे अहिले बजारमा जुन हल्ला आएको छ । यो सरासर झुटो हो ।
मंगलबार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा संचारकर्मीहरुसंगको कुराकानीमा कोशी सरकारमा सत्ता गठबन्धनलाई सहयोग गर्ने र बिश्वासको मत दिने चरण समेत समाप्त भईसकेको जनाउँदै आफु बिदेशमा हुँदा समेत संसदिय समितिमा राप्रपाले बिकास तथा प्रबिधिी समितिको नेतृत्वका बिषयमा टिका टिप्पणी भएको जनाए ।
अहिले राप्रपाका बिरुद्ध...



