Blog - Page 23 of 106 - साझाकुरा
बिहिबार, फाल्गुन २८, २०८२

Blog

कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनी कालोसूचीमा
समाचार

कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनी कालोसूचीमा

कार्ति २३ प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कान्छाराम कन्सट्रक्सन कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छारामसहित दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्नेमा कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्सट्रक्सन, रमिला लामा मुख्य व्यक्ति रहेको एन.बी. कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् । यी कम्पनीहरुलाई तुम्लिङटार र बुटवलस्...
रुखले बचाउँदा टर्याे ठुलाे बस दुर्घटना
समाचार

रुखले बचाउँदा टर्याे ठुलाे बस दुर्घटना

कार्तिक २२ महानगरपालिका–२२ स्थित शान्ति स्तुपा नजिकै भएकाे बस दुर्घटनामा रुखले बचाएर ठुलाे मानवीय क्षति टरेकाे छ । बिहीबार दिउसो करिब साढे १२:३० तिर पुम्दीकोटबाट छोरेपाटनतर्फ जाँदै गरेकाे बस अनियन्त्रित भै रुखमा अड्किदा ठुलाे क्षतिहुनबाट जाेगिएकाे हाे । नवयुग डान्स क्लब दाङको भ्रमण टोली बोकेको रा१ख २१०६ नं.को मिनी बस सडक छेउमा रहेको तिजुको रुखमा अड्किएको प्रहरीकाे भनाई छ । दुर्घटना लगत्तै प्रहरी कार्यालय बैदामबाट प्रहरी टोलीले बसमा सवार सात जना महिला सहित र २४ जनालाई उद्धार गरेकाे थियो। तीमध्येका घाईते दाङको तुलसीपुर उपमहानगरपालिका–४ की १७ वर्षिया सन्ध्या रसाइली र १९ वर्षिया  मनीषा रसाइलीलाई उपचारको लागि नमस्ते अस्पताल बिरौटा लगिएकाे छ। अहिले उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएकाे छ ।...
आईसीसी यू १९ महिला विश्वकपको एसिया छनोटमा नेपालको दोस्रो जित
खेलकुद, समाचार

आईसीसी यू १९ महिला विश्वकपको एसिया छनोटमा नेपालको दोस्रो जित

आईसीसी यू१९ महिला विश्वकपको एसिया छनोटमा कुवेतलाई हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहिबार नेपालले कुवेतलाई १०८ रनको फराकिलो अन्तरले हराएको हो । बुधबार भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो । नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमा अलआउट भएको थियो ओपनर जिफाले १२ रन बनाएकी थिईन् भने अन्यले दोहोरो अंकको स्कोर जोड्न सकेनन् । नेपालकी रचना चौधरी र सिमाना केसीले समान २,२ विकेट लिएका थिए । अजमानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । प्रतियोगितामा कप्तान पुजा महतो ३४, साना प्रविन २५ र ज्योत्सिका मरासिनी २३ रन जोड्न सफल भईन् । कुवेतका लागि अयशा एकवालले २ विकेट लिएकी थिईन् । यो हार संगै कुवेत लगातार दोस्रो खेलमा पनि पराजित भएको छ। कुवेतले पहिलो खेलमा घरेलु टोलीसँग १ सय ६ रनले हार ...
निर्वाचन नतिजाको सम्मान गर्न समर्थकलाई ह्यारिसनको आग्रह
अन्तर्राष्ट्रिय, समाचार

निर्वाचन नतिजाको सम्मान गर्न समर्थकलाई ह्यारिसनको आग्रह

कार्तिक २२ अमेरिकी राष्ट्रपतिय चुनावमा पराजित भएपछि डेमोक्रेटिक पार्टिकी उम्मेदवार कमला ह्यारिसले आफ्ना समर्थकहरुलाई निर्वाचनको नतिजाको समर्थन गर्न आग्रह गरेकी छिन् । निर्वाचनको नतिजा सार्वजनिक भएपछि हिजो वाङ्गिटन डीसीको हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकाको शान्ति संबृद्धि र शुसासनका लागि आफुले सँधै लडिरहने प्रष्ट्याएकी बीबीसीले उल्लेख गरेको छ । उहाँले अब निर्वाचन नतिजालाई स्वीकार गर्दै शान्तिपूर्ण रूपमा नयाँ राष्ट्रपतिलाई सत्ता हस्तान्तरण गर्नूपर्ने धारणा राखेकी थिईन् । चुनावमा हार भए पनि आफूले उठाएका मुद्दाका लागि निरन्तर खबरदारी र सङ्घर्ष गरिरहने उपराष्ट्रपति तथा राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले प्रतिवद्धता जनाईन् । ह्यारिसले श्रमिक परिवारका लागि खाद्यान्न र आवासको व्यवस्था, समान प्रजनन अधिकार सुनिश्चित गर्ने, रुससँगको युद्धमा युक्रेनला...
सुनको भाउमा भारि गिरावट
अर्थ/व्यापार, समाचार

सुनको भाउमा भारि गिरावट

कात्तिक २२, केहि दिनदेखि निरन्तर बृद्धि हुँदै आएको सुनको भाउमा आज भारि गिरावट आएको छ । बिहिबार एकैदिन सुनको भाउ तोलामा चार हजारले घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा आज चार हजारको गिरावट आई एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घको ्भनाई छ । गत कात्तिक १५ गते सुनको भाउ अहिलेसम्मकै सबैभन्दा उच्च मुल्य पुग्दा तोलाको रु एक लाख ७१ हजार रुपैयाँ सम्म पुगेको थियो ।...
रुकुमदेखि काठमाडौँ आउँदै गरेकाे बस बागलुङमा दुर्घटनामा, २१ जना घाइते
समाचार

रुकुमदेखि काठमाडौँ आउँदै गरेकाे बस बागलुङमा दुर्घटनामा, २१ जना घाइते

रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका६ जाउलेपानीमा दुर्घटनामा परर्दा २१ जना घाईते भएका छन् । दुर्घटनामा परेका सबै घाइतेलाई उपचारका लागि बुर्तिवाङ प्राथमिक केन्द्र बागलुङ लगिएकाे जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिए। गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ। उद्दारकार्य अझैपनि जारि रहेकाले थप विवरण आ उन बाँकिरहेकाे प्रहरिकाे भनाई छ ।...
तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई २० लाख सहयोग
समाचार, समाज, स्वास्थ्य

तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई २० लाख सहयोग

संखुवासभा, कार्तिक २१ नेपाल नेत्रज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई दाताहरुले पुन २० लाख नगद सहयोग उपलब्ध गराएका छन् । नेपाल नेत्र ज्योती संघद्वारा खांदबारीमा संचालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई जग्गा दाता मनोज श्रेष्ठ र लिला श्रेष्ठका छोरा बुहारीहरु शिसिर÷करिना समनामे श्रेष्ठ र सरद÷ प्रेरणा शिंह श्रेष्ठले हिजो एक कार्यक्रम बिच २० लाख नगद सहयोग गरेका छन् । यस अघि केहि महिना अघि मनोज श्रेष्ठ सोहन श्रेष्ठ लगायतका दाताका परिवारका सदस्यहरुले उपचार केन्द्रलाई ५० लाख सहयोग उपलब्ध गराएका थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले दाताहरुको सहयोगको सहि सदुपयोग हुँदै आएको बिश्वास ब्यक्त गर्नूभएको थियो । कार्यक्रममा नेपाल नेत्रज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रका अध्यक्ष अनन्तकुमार गौलीले आँखा उपचार केन्द्रको स्थापना दे...
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जीत सुनिश्चित
अन्तर्राष्ट्रिय, समाचार

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जीत सुनिश्चित

कात्तिक २१ अमेरिकाको नव राष्ट्रपतिमा पूर्वराष्ट्रपति तथा रिपब्लीकन पार्टिका डोनाल्ड ट्रम्प जीत सुनिश्चित देखिएको छ । राष्ट्रपति निर्वाचनमा जीतका लागि दुई सय ७० इलेक्टोरल मत आवश्यक रहेकोमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले अहिले सम्म दुई सय ६६ मत प्राप्त गरिसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । उनका प्रमुख प्रतिश्पर्धी तथा डेमोक्रे्टिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिसले हालसम्म दुई सय १९ इलेक्टोरल मत प्राप्त गरेकी छिन् । नौ वटा स्टेटमा अहिले मतगणना जारी छ । बिभिन्न अध्ययनका अनुशार फक्स न्युजले यसअघि नै ट्रम्पको जीत सुनिश्चित भएको घोषणा गरिसकेको छ । आफ्नो बिजय सुनिश्चित भएको भन्दै रिपब्लिकन पार्टिका उम्मेदवार ट्रम्पले खुशियाली मनाउन आफ्ना पार्टिका नेता कार्यकर्ता र समर्थकलाई आग्रह गरिसकेको बताईएको छ । फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै ट्ररम्पले अमेरिका...
समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न
समाचार, समाज

समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

“हर प्रहर गाँउ र नगरी टोल टोलमा नेपाल प्रहरी” भन्ने नाराका साथ संखुवासभा स्थीत प्रहरी चौकी नुनढाकी, सिसुवाटार, मंगलबारे र मादीराम्बेनी  संखुवासभाले आ–आफ्नो एरिया इलाकामा “सरसफाई र बहुविवाह” सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा वातावरणीय सरसफाईको महत्व, यसबाट मानव स्वास्थ्यमा पर्नसक्ने नकारात्मक असर र बिभिन्न किसिमका रोग तथा किटजन्य हानीनोक्सानीका बारेमा जानकारी गराईएको थियो भने समुदाय स्तरमा देखिएका नयाँ स्वास्थ्य समस्या र यसबाट बच्न सरसफाईको महत्वका बारेमा जानकारी गराईएको थियो । आज सम्पन्न कार्यक्रमहरुमा बहुबिवाह सामाजिक अपराध भएकाले यसबाट समाज र परिवारलाई पुग्ने नकारात्मक प्रभावका बारेमा जानकारी गराईएको थियो । समुदायस्तरमा देखिएका बहुबिवाहको घटना न्युनिकरणमा परिवारका सदस्य र समुदायका अगुवाको भुमिका महत्वपुर्ण हुने बताईएको थियो । कार्यक्रममा बहुबिवाह यसले पार...
रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति
राजनीति, समाचार

रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

कात्तिक २०, काँस्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । प्रहरीले २५ दिन म्याद थपको आदेश मागे पनि न्यायाधीश चन्द्रकान्त पौडेलले १० दिन थुनामा राख्न अनुमति दिएको जनाईएको छ । सहकारी ठगी र सङ्गठित अपराधको कसूरमा थप अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने भन्दै रास्वपा सभापति लामिछानेलाई प्रहरीले आज दोस्रो पटक म्याद थपका लागि अदालत समक्ष उपस्थित गराएको थियो । कास्कीको पोखरास्थीत सूर्यदर्शन सहकारी घोटाला काण्डमा दोषी रहेको आरोपमा प्रहरीले गत कार्तिक २ गते लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरि पोखरा लगेको थियो । लामिछानेलाई बुटवलमा रहेको सुप्रिम सहकारीको रकम हिनामिनामा समेत संलग्न रहेको आरोपमा पोखराबाट अब बुटवल लैजाने तयारी रहेको जनाईएको छ । पोखरामा प्रहरी हिरासतमा रहेका सभापति लामिछानेको समर्थनमा आजपनि पोखराको ब...