Blog - Page 33 of 114 - साझाकुरा
शनिबार, असार १३, २०८३

Blog

अरुण भ्याल्ली फुटवल प्रतियोगिता आजबाट शुरु
खेलकुद, समाचार

अरुण भ्याल्ली फुटवल प्रतियोगिता आजबाट शुरु

संखुवासभा,कार्तिक ७ संखुवासभाको खाँदबारी ३ मानेभञ्ज्यांङ्गमा संचालन हुने अरुण भ्याल्ली फुटवल प्रतियोगिता आजबाट शुरु हुदैछ । कार्तिक १२ गते सम्म संचालनहुने नवौं अरुण भ्याल्ली फुटवल प्रतियोगितामा जिल्ला र बाह्य जिल्लाका गरि १२ टिमले प्रतिश्पर्धा गर्ने आयाेजकएडभान्स क्लवले जनाएकाे छ । आजदेखि ६ दिनसम्म संचालन हुने प्रतियोगितामा बिजेता हुने टिमले नगद रु दुई लाख प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद रु एक लाख प्राप्त गर्ने क्लवका अध्यक्ष जिल्लामान राईले जनाए । एडभान्स क्लवले नियमित रुपमा बर्षौंदेखि यस फुटवल प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ । प्रतियोगितामा खेलका अतिरिक्त ख्यातिप्राप्त कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुती समेत रहने क्लवले जनाएको छ । फाेटाे सामाजिक संजाल ...
बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुवाङ बजार बन्द
अपराध, समाचार

बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुवाङ बजार बन्द

कार्तिक ६ बालिका बलात्कार गर्ने आरोपीलाई पक्राउ नगरिएको भन्दै दाङको भालुबाङ बजार बन्द गरेका छन् । उनिहरुले आज मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरको छ भने भालुबाङ बजार समेत पुर्णरुपमा बन्द गरेका छन् । गत असोज २४ गते सशस्त्र प्रहरी बलको क्याम्प नजिक पिङ खेल्न गएकी ८ बर्षीया बालिका बलात्कार गरिएको उनिहरुको आरोप छ । उक्त घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको बताएको थियो । पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ती बालिकासंगै रहेकी अर्की १५ बर्षीया बालिकालाई पनि प्रहरीले अनुसन्धानका लागि भन्दै कार्यालयमा संरक्षण गरेर राखेको जनाईएको छ । दुवै बालिका संग घटनाको बारेमा जानकारी लिने र संकास्पद व्यक्तिहरुसंग सोधपुछ भैरहेको प्रहरीको भनाई आएपनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन । जिल्ला प्रहरी कार्यालय द...
डडेलधुरामा बस दुर्घटनामा ज्यान गुमाउने ५ मध्ये ३ जना एकै परिवारका
समाचार

डडेलधुरामा बस दुर्घटनामा ज्यान गुमाउने ५ मध्ये ३ जना एकै परिवारका

कार्तिक ७ डँडेलधुरामा रात्रिबस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा आज बिहान थप एक महिलाको शव भेटिएको छ । योसहित ज्यान गुमाउनेको संख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय डँडेलधुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डँडेलधुराका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी उपेन्द्रबहादुर बमका अनुसार बैतडीको पुर्चौंडी नगरपालिका–१० की गोवणी महराको शव बिहान घटनास्थलबाट निकालिएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको ना ८ ख १०७८ नम्बरको बस गएराति डँडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो । दुर्घटनालगत्तै पुर्चौँडी–३ का ४५ वर्षीय जैमती बोहरा, एक नाबालक, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको शव भेटिएको थियो । नाबालक, सहदेव र कमला एकैपरिवारका रहेका प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो । बसमा १७ जना रहेकोमा चालक बैतडीक...
बिजेतालाई दुई लाख र उपबिजेतालाई लाख रुपैयाँ पुरस्कार राशिको अरुण भ्याल्ली फुटवल प्रतियोगिता भोलिदेखि शुरु हुने
खेलकुद, समाचार

बिजेतालाई दुई लाख र उपबिजेतालाई लाख रुपैयाँ पुरस्कार राशिको अरुण भ्याल्ली फुटवल प्रतियोगिता भोलिदेखि शुरु हुने

संखुवासभा, कार्तिक ६ संखुवासभाको खाँदबारी ३ मानेभञ्ज्यांङ्गमा कार्तिक ७ देखि १२ गते सम्म नवौं अरुण भ्याल्ली फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । एडभान्स क्लवको आयोजनामा हुने उक्त प्रतियोगितामा जिल्ला र बाह्य जिल्लाका गरि १२ टिमको सहभागिता रहने क्लवका अध्यक्ष जिल्लामान राईले जानकारी दिए । ६ दिनसम्म संचालन हुने प्रतियोगितामा बिजेता हुने टिमले नगद रु दुई लाख प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद रु एक लाख प्राप्त गर्ने क्लवका अध्यक्ष राईले जनाए । एडभान्स क्लवले नियमित रुपमा बर्षौंदेखि यस फुटवल प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ । भोलिबाट शुरुहुने प्रतियोगिताले जिल्लाको खेल पर्यटन प्रवर्धनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्नैभएकाले प्रतियोगिताको सफलताका लागि सबैपक्षको सहयोग र सहकार्य आवश्यक भएको जिल्ला फुटवल संघका अध्यक्ष तथा खाँदबारी नगरपालिका वडा नं  ३ का वडाध्यक्ष भरत कुमार...
प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै विपक्षी दल
राजनीति, समाचार

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै विपक्षी दल

कार्तिक ५ प्रतिपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदैछन् । गत शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समसामयिक राजनीति र बाढीपहिरोलगायतका विषयमा केन्द्रित रहेर ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो सोमबार अपराह्न साढे ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनपत्र बुझ्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।...
लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति
राजनीति, समाचार

लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

कार्तिक ४ सहकारी ठगी र सङ्गठीत अपराधमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले छ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आज लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए । अनुसन्धान गर्न म्याद थपको अनुमतिका लागि लामिछानेलाई आज जिल्ला अदालत कास्कीका न्यायाधीश दाहालको इजलासमा पेश गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि छ दिनको म्याद थप गर्न माग गरेका थिए । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेक...
कामको खोजिमा बिदेशिने युवाको संख्यामा उल्लेख्य बृद्धि
समाचार

कामको खोजिमा बिदेशिने युवाको संख्यामा उल्लेख्य बृद्धि

कात्तिक ४ फाइल फोटो ः रासस गएको असोज महिनामा दशैं पर्व पर्दा समेत रोजगारीको खोजिमा बिदेशिने नेपालीको संख्या भयावह देखिएको छ । वैदेशिक रोजगार विभागले उल्लेख गरेअनुशार यस असोज महिनामा ५३ हजार पाँच सय २५ नेपाली कामको खोजिमा विदेशिएका छन् । जसमध्ये १७ हजार सात सय २४ जना नेपाली यूएई, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय ९८ जना कतार, तीन हजार आठ सय सात जना कुबेत र एक हजार तीन सय १४ जना मलेसिया उडेकमा छन् । यसैगरी असोजमा युरोपेली देशहरु रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि उल्लेख्य छ । गएको भदौमा ५७ हजार चार सय ९३ जना नेपाली कामको खोजिमा बिदेशिएको बैदेशिक रोजगार बिभागले जनाएको छ । स्वदेशमा राजनितिक खिचातानीका कारण रोजगारीको अभाव, अव आउने दिनमा पनि कुनै आसा र आज आर्जनको नयाँ संभावना नदेखिएकाले उल्लेख्य संख्यामा युवाहरु बिदेशिन बाध्य रहेको आँकलन गरिएको छ ।...
सरकारले लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने विपक्षी दलहरुको निर्णय
राजनीति, समाचार

सरकारले लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने विपक्षी दलहरुको निर्णय

कार्तिक २ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको खुलासा गरेका छन् । आज शुक्रबार बिहान प्रतिपक्षि दलसंगको बैठकमा दाहालले प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा सरकार रहेको खुुलासा गरेका हुन्। अध्यक्ष प्रचण्डका अनुशार बुधबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुन्दा सरकार कसैगरि लामिछानेलाई पक्राउ गर्न उद्यत रहेको छ । प्रचण्डको उक्त अभिब्यक्ति पछि सरकारले पुर्वउपप्रधानमन्त्री लामिछानेलाई पक्राउ गरे सामुहिक प्रतिबाद गर्ने बिपक्षी दलहरुले निर्णय गरेका छन्।...
सुनको भाउ १ लाख ६४ हजार ४ सय रुपैयाँ पुग्यो
अर्थ/व्यापार, समाचार

सुनको भाउ १ लाख ६४ हजार ४ सय रुपैयाँ पुग्यो

कात्तिक २ सुनको भाउ आज एकैदिन दुई हजारले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँ पुगेको छ । यो अहिले सम्मकै सुनको उच्च भाउ हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो र अस्ति पनि सुनको भाउले नयाँ कीर्तीमानी कायम गरेको थियो । यस्तै आज चाँदीको भाउमा पनि प्रतितोला रु ३० को बृद्धि आएको छ । आज चाँदि तोलाको एक हजार नौ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायि महासंघले जनाएको छ ।...
बाढीपहिरोमा बेपत्ता भएका ६ जनाको खोजी कार्य स्थगित
समाचार

बाढीपहिरोमा बेपत्ता भएका ६ जनाको खोजी कार्य स्थगित

कार्तिक १ गएको असोज ११ र १२ गते अविरल वर्षादसँगै आएको बाढीपहिरोमा परी बेपत्ता अवस्थामा रहेका ६ जनाको खोजी कार्य स्थगित गरिएको छ। असोज महिनाभर खोजतलास गर्दापनि उनिहरुको कुनै संकेत फेला नपरेको भन्दै हाललाई बेपत्ताको खोजिकार्य स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। उक्त बर्षादसंगैको बाढीपहिरोमा परि बेपत्ता हुनेहरुमा तेमाल गाउँपालिका–२ का ३ र ६ वर्षीया दुई बालिका प्रिया तामाङ र अप्रिया तामाङ रहेका छन्। उनीहरू पहिरोले घर पुरिँदा बेपत्ता भएका थिए । उक्त दिनको बर्षादका कारण आएको बाढि पहिरोमा परि चौँरीदेउराली गाउँपालिका–६ का ४० वर्षीया शान्ता रिमाल पनि बेपत्ता भएकि छिन्। बाढि पहिरोका कारण धुलिखेल नगरपालिका–८ निवासी ४२ वर्षीया गीता श्रेष्ठ , बेथान्चोक गाउँपालिका–४ की ३८ वर्षीया ज्ञानु परियार र खानीखोला गाउँपालिका–६ की ३७ वर्षीया देवीमाया सिंतान पनि अझै बेपत्ता भएको र खोज...