Blog - Page 34 of 114 - साझाकुरा
शनिबार, असार १३, २०८३

Blog

भीषण मुकारुङले ल्याए ‘खोर्सानी डल्ले ३ बाडुल्की’
मनोरन्जन, समाचार

भीषण मुकारुङले ल्याए ‘खोर्सानी डल्ले ३ बाडुल्की’

असाेज २६ खाेर्सानी डल्ले मैजस्ताे दुखीलाई लै लै पत्याउँछ कल्ले  बरिष्ठ गायक तथा संगितकार भिषण मुकारुङले दशै तिहारकाे अवसर पारेर नयाँ गीत ‘खोर्सानी डल्ले ३ बाडुल्की’ श्राेता तथा दर्शक माझ ल्याएका छन्। उनले आफ्नै नामको युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। यसमा शब्द र संगीत पनि गायक राईकै रहेकाे छ। एलिस राईले निर्देशन गरेको म्युजिक भिडियोमा एलिसले नै अभिनय गरेका छन्। उनको जोडीका रुपमा एलिसा राईको दमदार अभिनय रहेकाे छ भने कलाकार कविता आलेलाई पनि भिडियोमा देख्न सकिन्छ। भिडियाे https://youtu.be/GRt9ZaUyiiA?si=rWAmsv77pM7LloDR...
इजरायलमाथि इरानले गरेको आक्रमणको सर्बत्र विरोध
अन्तर्राष्ट्रिय, समाचार

इजरायलमाथि इरानले गरेको आक्रमणको सर्बत्र विरोध

असोज १६ ईरानले इजरायलमाथि गरेको मिसाइल आक्रमणको विश्वका नेताहरूले बिरोध जनाएका छन् उनिहरुले ईरान र ईजरायल दुवै पक्षलाई संयमता अपनाउन समेत आग्रह गरेका छन् । दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको इजरायली हवाई आक्रमणको बदलामा अप्रिलमा भएको मिसाइल र ड्रोन आक्रमणपछि इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरेको यो दोस्रो पटक हो। मिसाइलको आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ‘मध्यपूर्वमा बढ्दो द्वन्द्वप्रति चिन्ता ब्यक्त गर्दै आक्रमणको घटना निन्दनिय भएको प्रतिकृया दिएका छन् । गाजामा प्यालेस्टिनी हमास लडाकुसँगको युद्धसगैँ हिजबुल्लाहसँगको इजरायलको द्वन्द्वको आलोचना गर्दै गुटेरेसले पूर्ण रूपमा युद्धविरामको आवश्यकता रहेको धारणा राखेका छन् । यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई इरानी आक्रमण विरुद्ध इजरायली रक्षा पक्षको रक्षाका लागि इजरायलप्रति लक्षित...
राहतका लागि विपद् प्रभावित जिल्लालाई २ करोड ३० लाख पठाइयो
समाचार

राहतका लागि विपद् प्रभावित जिल्लालाई २ करोड ३० लाख पठाइयो

सोमबार, १४ असोज राहतका लागि विपद् प्रभावित जिल्लालाई २ करोड ३० लाख पठाइयो मन्त्री सुरजचन्द्र लामिछानेको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद् प्रभावित जिल्लाका मृतकहरूलाई प्रदान गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार विपद्बाट बढी क्षति बेहोरेको काभ्रेलाई ६० लाख रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ, ललितपुरलाई ३० लाख रुपैयाँ, काठमाडौँ र सिन्धुपाल्चोकलाई २० लाख रुपैयाँ, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर र भक्तपुरलाई १०र१० लाख रुपैयाँ राहत रकम वितरणका लागि उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकम सम्बन्धित जिल्लाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिने मन्त्री लामिछानेले बताए । उनका अनुसार सम्बन्धित जिल्लाबाट माग भई आएको खण्डमा राहत रकम वितरणका लागि थप रकम समेत उपलब्ध गराइने छ । त्यस्तै बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० को दफा ३ अनुसार...
कोशी प्रदेशबाट फेरि मौसम बदली शुरू, गण्डकीसम्मका केही ठाउँमा पानी पर्ने सम्भावना
समाचार

कोशी प्रदेशबाट फेरि मौसम बदली शुरू, गण्डकीसम्मका केही ठाउँमा पानी पर्ने सम्भावना

असोज १५, कोशी प्रदेशबाट फेरि मौसममा बदलीहुन शुरू भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी प्रदेशका अधिकांश भाग बादलले ढाकिरहेको र त्यसको असर कोशीसहित मधेश, बाग्मती र गण्डकी प्रदेशमा पनि देखिने बिभागले जनाएको छ । कोशीदेखि गण्डकी प्रदेशसम्मका केही ठाउँमा पर्सिसम्म बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरको भनाई छ । उनका अनुशार विशेषगरी कोशी प्रदेशका धेरै ठाउँमा हल्का र मध्यम वर्षा हुनुका साथै मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बर्षाद हुने अनुमान गरिएको छ । यसैगरि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा पानी पर्ने सम्भावना रहेपनि ठूलो अनि लगातारको वर्षा भने नहुने मौसमविद् मानन्धरले जानकारी दिए । तर यसअघिको लगातारको वर्षादले देशका प्रायस भू–भाग नराम्ररी गलेको हुँदा थोरै पानी पर्दा परेपनि बाढी पहिरोको सम्भा...
भोलिबाट फेरि देशभर पानी पर्ने
समाचार

भोलिबाट फेरि देशभर पानी पर्ने

असाे १५ बुधबार कोशी, बाग्मती, गण्डकी प्रदेशका थोरै ठाउँमा  हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। साथै बाँकी प्रदेशका पनि एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा हुने जनाइएको छ।  भोलि कोशी, बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। भोलि राती कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का सामान्य वर्षा हुने र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने जनाइएको छ। बिहीबार पनि सबै प्रदेशका केही ठाउँमा सामान्य वर्षा हुने र कोशी प्रदेशका एक दुई  स्थानहरूमा भारी वर्षा हुने जनाइएको छ।...
बाढीपहिरो र डुबानमा परी एक सय ९२ जनाको मृत्यु, ३० जना बेपत्ता
समाचार

बाढीपहिरो र डुबानमा परी एक सय ९२ जनाको मृत्यु, ३० जना बेपत्ता

असोज १४ अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म सोमबार बिहान सम्म एक सय ९२ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए । रासस...
मौका छोपि बढाईएको अधिकत्तम टिकट भाँडादर तिन दिनका लागि नबढ्ने
समाचार

मौका छोपि बढाईएको अधिकत्तम टिकट भाँडादर तिन दिनका लागि नबढ्ने

असोज १४, चर्को विरोध भएपछि विमान कम्पनीहरूले आउँदो तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायु सेवा सञ्चालक सङ्घको आईतबार बसेको बैठकले आगामी तिन दिनका लागि अधिकतम मूल्य नलिने निर्णय गरेको हो । आज सोमवार, पर्सि मङ्गलवार र बुधवारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय गरिएको सङ्घका अध्यक्ष मनोज कार्कीले बताए । आपतकालिन अवस्थाले जनजिवन तहसनहस भएको मौका छोपि भाडादर बढाएको भन्दै तिब्र आलोचना शुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा भाडादर नबढाउन आग्रह गरेका थिए। अहिले काठमाण्डौ आउने मुख्य सडकमार्गहरु केहिदिनको बर्षादका कारण अवरुद्ध भईरहेका छन् ।...
झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो
समाचार

झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो

असाेज १२ काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।...
पहिरोले घर बगाउदा धनकुटामा दुईको मृत्यु
समाचार

पहिरोले घर बगाउदा धनकुटामा दुईको मृत्यु

असाेज १२ कविराज घिमिरे  धनकुटा (हिले) असोज १२ गते । धनकुटाको पाख्रिवासमा पहिरोले घर बगाउदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाख्रिवास नगरपालिका वडा नम्वर पाँच गुराँसे डाँडाको ३५ वर्षीय आषा तामाङ्ग र उहाँकी आमा करिब ५० वर्षीय राम कुमारी तामाङ्ग रहनु भएको छ । बिहान करीब साढे तीन बजे तिर घर बगाउन लागे पछि घरमा रहेको सामान निकाल्न गएको आमाछोरीको पहिरोले पुरेर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले जानकारी दिनुभयो । यता धनकुटाको छथर जोरपाटी गाँउपालिका ६ सिधुवामा पहिरोले गोठ पुरिदा एक दर्जन बढि चौपाया पुरेको स्थानीय अर्जुन घिमिरेले जानकारी दिनुभयो । सिधुवा बजार पछाडी वाट गएको पहिरोको कारण बजारका केहि घर समेत जोखिममा परेका छन् ।...