सातौ आमन्त्रित पांमा कप २०८० को उपाधी एड्भान्सलाई
खाँदबारी एफएम
संखुवासभा ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्गामा सम्पन्न ७ औं पाङ्मा कप फुटबल प्रतियोगिताको उपाधि एडभान्स क्लब मानेभञ्याङले हातपारेको छ ।
आयोजक लोहोरुङले क्लब पांमालाई हराउँदै एडभान्सले उपाधि चुमेको हो ।
निर्धारित समय सम्म २–२ गोलको बराबरी भएपछि भएको ट्राइब्रेकरमा एडभान्सले ४–२ ले बाजी मारेको हो । पहिलो हाफमा उत्कृष्ठ खेल प्रर्दशन गरेको लोहोरुङले दुई गोल गरेको थियो । खेलको ९ औं मिनेटमा लोहोङका विजय भुजेल र ३२ औं मिनेटमा किरण तामाङले गोल गरेका थिए ।
दोस्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको एडभान्सले २ गोल गरी निर्धारित समयमा खेल बराबरी हुन पुग्यो ।
खेलको ६० औं मिनेटमा एडभान्स विसाल काफ्लेले एडभान्सका लागि पहिलो गोल गरे । त्यसैगरी खेलको ६५ औं मिनेटमा एडभान्सका ज्ञानेनन्द्र भण्डारीले हानेको गोलले खेललाई बराबरीमा पुर्यायो । खेलको १३ औं मिनेटमा लोहोङका किरण तामा...









