निर्वाचन आयोगद्धवारा राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत
निर्वाचन आयोगले आगामी माघ ११ गते तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ ।
राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर मतदाता हुने कानुनी व्यवस्था भए बमोजिम प्रदेशसभा सदस्य पाँच सय ४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर एक हजार चार सय ९८ गरी २ हजार ४७ जनाको मतदाता नामावली स्वीकृत गरेको हो ।
निर्वाचनका लागि मतदाता स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कुल मतदाता पाँच सय ५० मध्ये निधन भएका प्रदेश सभा सदस्य एक जनाको नाम हटाई पाँच सय ४९ जना कायम राखिएको छ । । त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरतर्फको कुल मतदाता एक हजार पाँच सय छ मध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिका उपमेयर एक र निलम्बनमा प...









