Blog - Page 80 of 114 - साझाकुरा
शनिबार, असार १३, २०८३

Blog

ओखलढुङ्गामा आगलागिमा परि एक जनाको मृत्यु
समाचार

ओखलढुङ्गामा आगलागिमा परि एक जनाको मृत्यु

ओखलढुङ्गा जिल्लामा हिजो साँझ भएको आगलागिमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आगो निभाउन खटिएकी मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ७ हर्कपुर ठेगाना भएकी ३९ वर्षीया कमला दाहाल गौतमको मृत्यु भएको ओखलढुङ्गा प्रहरीले जनाएको छ । आगलागिमा परि कमलाकी देउरानी २७ वर्षीया जानुका गौतम शख्त घाइते भएकी छिन् । हाल उनको उदयपुरमा रहेको जनसेवा हेल्थ केयर घुर्मीमा उपचार भइरहेको छ । सोमबार साँझ ५ः३० तिर भएको आगलागि पेट्रोलियम पदार्थको प्रयोग गरि आगोबाल्ने क्रममा भएको प्रहरीले प्रारंम्भिक अनुमान लगाएको छ । घटनाको सम्बन्धमा थप अनुशन्धान अघि बढाईएको प्रहरीको भनाई छ ।...
टि–ट्वेन्टी विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा सिंगापुरमाथि नेपालको जीत
खेलकुद

टि–ट्वेन्टी विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा सिंगापुरमाथि नेपालको जीत

आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले सिंगापुरविरुद्ध शानदार जित निकालेको छ । आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको हो । सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १६ दशमलब ३ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको हो । टियु क्रिकेट मैदान किर्तीपुरमा टस जितेर पहिले व्याटिङ गरेको सिंगापुरले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको थियो । सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । टी–ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली क्षेत्रको छनौट प्रतियोगिता आजबाट काठमाडौंमा सुरु भएको हो । आठ टोली सहभागी प्रतियोगितामा समुह चरणका खेलहरु कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछन् । समूह ‘ए’ मा नेपालसँगै सिंगापुर, ओमान र मलेसिया छन् भने समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् । दुबै समुहबाट शिर्ष दुई टोली सेमिफाइ...
इजरायलमा मारिएका थप तीन नेपालीको शव पहिचान
समाचार

इजरायलमा मारिएका थप तीन नेपालीको शव पहिचान

गत असोज २० गते हमासको आक्रमणमा मारिएका तीन नेपाली विद्यार्थीको शव पहिचान भएको छ । इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० जनामध्ये थप तीनजना नेपाली विद्यार्थीको शव पहिचान भएको हो । तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको हो । योसँगै आठजना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ । बाँकी दुईजनाको शव पहिचानका क्रममा रहेको छ ।...
इजरायलको आक्रमणबाट गाजामा ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु
अन्तर्राष्ट्रिय

इजरायलको आक्रमणबाट गाजामा ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ । इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ । अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ ।...
हाँडीगाउँमा शुरु भयो – ‘कहीँ नभएको जात्रा’
मनोरन्जन, रोचक, समाज

हाँडीगाउँमा शुरु भयो – ‘कहीँ नभएको जात्रा’

काठमाण्डाै महानगरपालिका–५ को हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायण जात्रा शुरु भएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमापछि मनाइने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको छ । तीन नारायण एवम् ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा  देशका अन्य ठाउँ र जात्राको भन्दा फरक छ । अन्य ठाउँमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने तर यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कही नभएको जात्रा भन्ने गरिएको हो । जात्राका क्रममा हिजो हाँडीगाउँ, विशालनगर र गहनापोखरी क्षेत्रमा रथयात्रा गरिएको थियो । चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गा राखेर जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको छ । मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेख अनुसार राजा नरेन्द्र म...
ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने ५ जना पक्राउ
अपराध, समाचार

ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने ५ जना पक्राउ

ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरी आज आइतवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र रौतहट गढिमाई नगरपालिका–६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव रहेका काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरूले पीडितहरूलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरी आफू ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ई–सेवाको आईडी, बैंकिङ खातासँग लिङ्कअप गराई खाता नवीकरण, केवाईसी फारम अपडेट, सिस्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको छ । उनीहरूले सर्वसाधारणको खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटहरूमा ट्रान्सफर लगायत भु...
अपराध, समाज

मोरङमा नाबालक छोरा र आमा झुन्डिएको अवस्थामा मृत फेला

मोरङको रतुवामाईमा नाबालक छोरा र आमा आफ्नै घरभित्र झुण्डिएको अस्थामा मृत फेला परेका छन्।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार दिउँसो करिब ४ बजे रतुवामाई नगरपालिका-६ स्थित किसन हस्दाको श्रीमती २४ वर्षीया पार्वती मुर्मु र छोरा डेबिट झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।  जस्ता पाताको छाना भएको सामान्य घरको भुइँतल्लामा सलले पासो लगाएर २४ वर्षीया पार्वती मुर्मु र छोरा डेबिट झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।  घरबाहिर रहेका किसनले अपराह्न घरमा पस्दा दुवैजना झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। छोरालाई झुन्ड्याएपछि आमाले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।  घटनाका बारेमा थप अनुशन्धान भैरहेकाे प्रहरिले जनाएकाे छ ।...
नेपाल आईपुगे राष्ट्रसङ्घका महासचिव गुटेरेस
समाचार

नेपाल आईपुगे राष्ट्रसङ्घका महासचिव गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ । राति आइपुग्नुभएका उहाँलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँको कार्यालयमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा शिष्टाचार भेट गर्नुका साथै अन्य विशिष्ट ब्यक्तिहरुसंग भेटवार्ता गर्ने कार्यक्रम छ । सन्...
मुगु सामूहिक हत्या प्रकरण : कतारबाट घर आइपुगे दीपक
मुख्य समाचार

मुगु सामूहिक हत्या प्रकरण : कतारबाट घर आइपुगे दीपक

श्रीमतीसहित तीन सन्तानको सामूहिक हत्याको खबर सुनेलगत्तै वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका दीपक बोहोरा शनिबार घर आइपुगेका छन् । ८ कात्तिकमा माइतीघरबाट टीका थापी तीन सन्तान बोकेर घर फर्किएकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, एक वर्षीय छोरा रहर बोहोरा र सात वर्षीया छोरी अप्सरा बोहोराको शव घरमा भेटिएको थियो । घर आएलगत्तै उनी भावविह्वल भएका छन् । दीपकले आफ्नो हरेक दिन दुई तीनपटक श्रीमतीसहित परिवारसँग भिडियो कल हुने गरेको सुनाए । उनले ८ कात्तिकमा भएको भिडियो कल नै अन्तिम भएको बताए । ‘त्यस दिन परिवारका सबै घर पुगिसकेपछि पनि मोबाइलमा लामो समय कुरा भएको थियो । श्रीमतीले भोलि बारीको सिमी उखेल्नुपर्ने छ, काम सकेपछि फेरि कुरा गरौँला भनेर भिडियो कलबाट दुवैजना छुट्टिएका थियौँ,’ दीपकले भने । श्रीमती श्रीदेवीको फेसबुक आइडीबाट ९ कात्तिक बेलुकी ५ बजेतिर म्यासेन्जरमा पर...
एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले जित्यो
खेलकुद

एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले जित्यो मलेसिया आज भएको एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले हात पारेको छ। आजको खेलमा नेपालले यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले हराउँदै उपाधी हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएईले ११ ओभरमा दुई विकेट गुमाउँदै ५० रन बनाउँदा भिषण बर्षाद भएपछि खेल स्थगित गरिएको थियो । वर्षा रोकिएपछि डकवर्थ लेविस नियमका आधारमा यूएईले २७ ओभरमा एक सय ९८ रनको लक्ष्य प्राप्त गरेको तर, यूएई २६ दशमलव पाँच ओभर एक सय ७८ रन बनाउँदा अलआउट हुनपुग्यो । नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगदान दिए। उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरेका थिए। नेपाललाई जित दिलाउन उत्तम थापा मगरले ५७ रन, अर्जुन कुमालले ५५ रन जोडे। अर्जुन र देवले तेस्र...