Blog - Page 83 of 114 - साझाकुरा
शनिबार, असार १३, २०८३

Blog

‘पत्रकार हुँ’ भन्दै चरित्र हत्यागरि दसैँ खर्च माग्ने ब्यक्ति पक्राउ
समाचार, समाज

‘पत्रकार हुँ’ भन्दै चरित्र हत्यागरि दसैँ खर्च माग्ने ब्यक्ति पक्राउ

बारा । ‘पत्रकार हुँ’ भन्दै प्रहरी र कर्मचारिकाे चरित्र हत्या गरेकाे आराेपमा वीरगन्ज महानगरपालिका–१० अशोकवाटिका बस्ने २६ वर्षीय रवि कुमार वर्णवाल पक्राउ परेका छन् । उनले पत्रकार हुँ भनी अनलाइन न्युज पोर्टल र फेसबुक प्रयोग गरी विभिन्न ब्यक्तिकाे चरित्रहत्या गर्न विभिन्न सामग्रि प्रकाशन गर्नेगरेकाे प्रहरिकाे भनाई छ । भ्रामक प्रचार गर्दै दसैँ खर्च माग गरेको उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहारमा उत्रिएकाले उनिबिरुद्ध आवश्यक कानुनी कारबाही अगाडी बढाइएको प्रहरी कार्यालय बाराले जनाएको छ ।...
संबिधान दिवसका अवसरमा माफी पाएका लोकबहादुर हत्या आरोपमा पक्राउ
समाचार

संबिधान दिवसका अवसरमा माफी पाएका लोकबहादुर हत्या आरोपमा पक्राउ

संविधान दिवसका अवसरमा आचरणमा ब्यापक सुधार आएको भन्दै कैद मिनाहा पाएर जेलमुक्त भएका पश्चिम रुकुमका लोकबहादुर विक पुन हत्या आरोपमा पक्राउ परेका छन् । कारागार मुक्त भएको तीन साता नवित्दै प्रेमिकाको हत्या आरोपमा बिक पुन पक्राउ परेका हुन । मुसीकोट–७ की २७ वर्षीया भावना विकको हत्या आरोपमा उनी पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएको मंगलबार मुसिकोट नगरपालिका– १ खलङ्गाको एउटा होटलमा उनका प्रेमिका भनिएका भावना मृत अवस्थामा फेला परेकी थिइन् । उक्त होटलको कोठामा घाँटी रेटेर हत्या गरी सिरकले छोपेर छाडिएको अवस्थामा भावनाको शव फेला परेको थियो । श्रीमान वैदेशिक रोजगारीमा रहेकी भावना र लोकबहादुरबीच प्रेम सम्बन्ध पाईएको प्रहरीले जनाएको छ । बहुविवाहको मुद्दामा जेल परेका विकलाई ६ महिना नबित्दै उनको आचरणमा ब्यापक सुधार आएको भन्दै मन्त्रीपरिषदको निर्णयमा राष्ट्रपतिबाट आम माफी दिई थुनामुक्त गरिएको थयो ।...
साउदी अरबलाई बिषाल अन्तरले हराउँदै नेपाल सेमिफाईनलमा
खेलकुद

साउदी अरबलाई बिषाल अन्तरले हराउँदै नेपाल सेमिफाईनलमा

साउदी अरबलाई ३ सय १ रनको फराकिलो अन्तरले हराउँदै नेपाल १९ वर्ष मुनिको एसिसी प्रिमियर कपको सेमिफाइनलमा पुग्न सफल भएको छ । मलेसियामा भएको प्रतियोगितामा नेपालले दिएको ३ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९ ओभर १ बलमा ४६ रन बनाउँदै अलआउट भएको थियो । साउदीका वरुण सरावनन मुदाईअरले ११ रन जोडेका थिए । उनी बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । आज भएको खेलमा नेपालका दिपेश कँडेलले ६ विकेट लिएका थिए । उनले ९ ओभर १ बलमा १८ रन दिएर ६ विकेट लिए । त्यसैगरि आकास चन्दले २ र सुवास भण्डारीले एक विकेट लिए । यसअघि मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन जोडेको थिए । नेपालका अर्जुन कुमालले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय कौशल देखाए भने आकाश त्रिपाठीले ८९ दीपक बोहराले २९, बिशाल बिक्रम केसीले २४,...
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त
मुख्य समाचार, राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । कांग्रेसभित्र विद्रोह गरेर एमाले सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएका कार्कीले प्रदेशसभाका दुई तिहाईभन्दा धेरै सांसदको समर्थन पाउनुभएको हो । प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले पेस गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ मतदानका लागि प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । जसमा प्रदेशसभाका ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई मत दिएका छन् । संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदले विपक्षमा मतदान गरे । राप्रपाका एक सांसद भने अनुपस...
शेयर बजार ४३ अङ्कले बढ्यो
अर्थ/व्यापार

शेयर बजार ४३ अङ्कले बढ्यो

आज बुधबार शेयर बजार ४३ अङ्कले बढेर १९ सय विन्दु माथि पुगेको छ । शेयर बजार परिसूचक नेप्से ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ अङ्कमा पुगेको हो । आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा निर्जीवन बीमा समूहको शेयर साढे दुई सय अङ्कभन्दा धेरैले बृद्धि भएको छ । त्यसैगरि आशा लघुवित्त र इन्फिनिटी लघुवित्तको शेयरमा १० प्रतिशतको बृद्धि आएको छ । नेप्से उच्च अङ्कले बढेको भए पनि आज कारोबार रकम भने घट्न गएको छ । कारोबार घटेर एक अर्ब रुपैयाँभन्दा तल झरेको छ । हिजो मङ्गलवार एक अर्ब ८४ लाख रुपैयाँ कारोबार भएकोमा आज ९३ करोड ४८ लाख रुपैयाँको मात्र कारोबार हुनगएको छ भने दुई सय ८६ वटा कम्पनीका ३७ लाख ७२ हजार कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्सको चार करोड ४६ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।...
नेपाललालाई युएईको १ सय ४१ रनको लक्ष्य
खेलकुद, समाचार

नेपाललालाई युएईको १ सय ४१ रनको लक्ष्य

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तगरगत आज भएको खेलमा यूएईले नेपालसामु १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनायो । यूएईका बसिल हमीदले अर्धशतक बनाए । उनी ३८ बलमा ५१ रन बनाएर आउट भए । यस्तै अली नसीरले ३२ रन जोडे । बलिङतर्फ नेपालका करण केसीले ३, गुलसन झाले २ तथा सोमपाल कामी र अविनाश बोहराले १र१ विकेट लिए । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा त्रिदेशीय टी–२० शृङ्खला आज बुधवारदेखि शुरु भएको हो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारीस्वरूप नेपालले प्रतियोगिता आयोजना गरेको हो । नेपालले दोस्रो खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।...
आज बिश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
मुख्य समाचार, राजनीति

आज बिश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

कोशीका नवनिर्वाचित मुख्यमन्त्री केदार कार्कीले आज बिश्वासको मत लिने भएका छन् । अहिले प्रदेश सभामा सदस्यहरुले आफ्ना मन्यब्य राखिरहेका छन् । गएको असोज २० मा स्थगित भएको प्रदेशसभाको बैठक अहिले चलिरहेको छ । आजको बैठक केहिबेरमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदै हनुहुन्छ । सत्ता गठबन्धनमा माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि नेपाली कांग्रेसका कोशी प्रदेश सांसद कार्कीले गठबन्धनको निर्णय विपरीत बिद्रोह गरेर एमालेका ३९ जना र कांग्रेसका ८ जना प्रदेश सांसद सहित ४७ जनाको समर्थन लिएर मुख्यमन्त्रीमा हस्ताक्षर पेश गरेपछि उहाँ गत शनिबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । कार्की कांग्रेस नेता डा. शेखर कोइराला पक्षका नेता हुनुहुन्छ । कार्की संविधानको धारा १६८, ९५० अनुसार मुख्यमन्त्री बन्नु भएको हो ।एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख...
पाथीभरामा भक्तजनकाे घुईचाे एकै दिन दुई हजार ५५ ले गरे दर्शन
समाचार, समाज

पाथीभरामा भक्तजनकाे घुईचाे एकै दिन दुई हजार ५५ ले गरे दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनकाे घुईचाे लागेकाे छ । मंगलबार एकै दिन दुई हजार पाँच सय ५५ भक्तजनले पाथिभरा माताकाे दर्शन गरेकाे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । भक्तजनको आगमन बढेकाले पाथीभरा क्षेत्रमा सुरक्षा, सहज यातायात, खाने बस्ने लगायतका बिषयमा स्थानीय व्यवसायीलगायत सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक प्रबन्ध मिलाईएकाे ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । तीर्थयात्रीको संख्या उल्लेख्य रुपले बढ्दै गएपछि सहजरुपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेकाे भनाई छ । ...
गाजाको अस्पतालमा रकेट आक्रमण हुँदा ५ सयजनाको मृत्यु, डब्लूएचओद्वारा निन्दा
अन्तर्राष्ट्रिय

गाजाको अस्पतालमा रकेट आक्रमण हुँदा ५ सयजनाको मृत्यु, डब्लूएचओद्वारा निन्दा

द्वन्ग्रस्त गाँजाकाे एक अस्पतालमा रकेट आक्रमण हुँदा ५ बढिकाे मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । गाजाको स्वास्थ्य विभागका अनुसार अल अहली अरब अस्पतालमा भएको रकेट आक्रमणमा परी ५ सयजनाको मृत्यु भएको हाे ।   सैंयौंको सङ्ख्यामा बिरामी, घाइते र घरबारबिहीन बनेकाहरू अस्पतालमा रहेको बेला आक्रमण भएको गाजाको स्वास्थ्य विभागलाई उध्रित गर्दै बिबिसिले जनाएकाे छ । स्थानीयका अनुसार हमास–इजरायल आक्रमणबाट बच्नका लागि मानिसहरू अस्पतालमा शरण लिन पुगेका थिए। अस्पतालका एकजना चिकित्सकका अनुसार झन्डै ४ हजार मानिसहरू शरणका लागि अस्पतालमा थिए। उनले आक्रमण पछि अस्पतालको ८० प्रतिशत सेवा प्रभावित बनेको बताए।   आक्रमण पछि विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हनोम घेब्रीयससले दुःख व्यक्त गर्दै घटनाको निन्दा गरेका छन्। ...
इजरायलबाट थप १९ जना नेपालीलाई उद्धार गरियो
अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

इजरायलबाट थप १९ जना नेपालीलाई उद्धार गरियो

ईजरायल र प्यालेस्टिनी उग्रबादी समुह हमास बिच भएको युद्धका कारण ईजरायल छाड्न चाहने १९ नेपालीलाई नेपाल सरकारले उद्धारगरेर नेपाल ल्याएको छ । उनिहरुलाई मंगलबार भारतीय बिमानमार्फत तेल अभिवबाट उद्धार गरिएको जनाईएको छ । परराष्ट्रमन्त्रालयले जनाए अनुसार इजरायलको तेल अभिवबाट उनिहरुलाई मंगलबार बिहान ९ बजे भारतीय स्पाइस जेटमार्फत् उद्धार गरिएको मन्त्रालयले जनाएको छ । । उद्धार गरिएका १९ नेपाली मंगलबार बेलुकी ७ बजेसम्म भारतको नयाँ दिल्ली आइपुग्ने परराष्ट्र मन्त्रालयको भनाई छ । केहि दिन अघि पनि सरकारले द्धन्दग्रस्त क्षेत्रबाट २ सय ५३ जना नेपालीको उद्धार गरेको थियो ।...