Blog - Page 82 of 114 - साझाकुरा
शनिबार, असार १३, २०८३

Blog

हेलिकप्टर दुर्घटनामा घाईते भएका पाइलट सेढाईंको मृत्यु
समाचार, स्वास्थ्य

हेलिकप्टर दुर्घटनामा घाईते भएका पाइलट सेढाईंको मृत्यु

असोज २७ गते मनाङ्ग एयरकाे हेलिकप्टर दुर्घटना हुँदा शरिरकाे ५० प्रतिशत भाग जलेर गंभिर घाईते मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधनभएको छ। उनले उढाएकाे हेलिकोप्टर गत शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पतालमा उपचार हुन नसकेपछि भारतकाे मुम्बई लगिएको थियो। नेसनल बर्न सेन्टर, मुम्बईमा उपचारका क्रममा रहेका उनको मंगलबार निधन भएको मनाङ एयरले विज्ञप्ति प्रकाशित गरि जनाएकाे छ। ...
दुर्गा मूर्ति विसर्जनमा गएका दुई जनाको डुबेर ज्यान गयाे , एक जना बेपत्ता
समाचार

दुर्गा मूर्ति विसर्जनमा गएका दुई जनाको डुबेर ज्यान गयाे , एक जना बेपत्ता

रुपन्देही  – दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर ज्यान गएको छ ।ज्यान जानेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिनुभयो । त्यसै ठाउँका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताउनुभयो । बेपत्ता सन्तकुमारको खोजी भैरहेको उहाँले बताउनुभयो । रुपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ । उज्यालाे अनलाईनमा याे खबर छ ।...
यूएईलाई ५ विकेटले हराउँदै त्रिदेशिय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालकाे चाैथाे जित
खेलकुद, समाचार

यूएईलाई ५ विकेटले हराउँदै त्रिदेशिय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालकाे चाैथाे जित

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार चाैथाे जित निकालेकाे छ । शृङ्खलाअन्तर्गत समूह चरणकाे आफ्नाे अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हरायाे । यूएईले दिएकाे १ सय ६५ रनकाे लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए । उनी ५० बलमा ६२ रन बनाएर आउट भए । यस्तै कप्तान राेहित पाैडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले १५ बलमा नटआउट ४० रन बनाए । बलिङतर्फ यूएईका मुहम्मद जवदुल्लाहले २ विकेट लिए । यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो । यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५ रन बनाए । बलिङतर्फ नेपालका साेमपाल कामी र अविनाश बाेहाेराले २/२ तथा गुलसन झा र करण केसीले १/१ विकेट लिए । नेपाल समूह चरणको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले प...
टिकाको उत्तम साईत भोलि मङ्गलबार बिहान ११:०२ मिनेटमा
समाचार, समाज

टिकाको उत्तम साईत भोलि मङ्गलबार बिहान ११:०२ मिनेटमा

टिकाको उत्तम साईत मंगलबार बिहान ११.०२ बजे रहेको नेपाल प.ञ्चाङ्ग निर्धारण समितिले जनाएको छ । उत्तम साईत मंगलबार बिहान ११.०२ मा रहेपनि दिनभर र कोजाग्रत पुर्णिमाको दिनसम्म मान्यजनको हातबाट टिका ग्रहण गर्न सकिने शास्त्रीय नियम रहि आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज बुधवार बिहान नेपाल फिर्दै
मुख्य समाचार

उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज बुधवार बिहान नेपाल फिर्दै

चिन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालको प्रतिनिधीत्व गर्दै चिन भ्रमणमा रहेका श्रेष्ठलाई केहि दिन अघि हृदयघात भएको थियो । हृदयघात पछि उनलाई बेइजिङको पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा भर्ना गरिएको थियो । उपचारका लागि उनलाई पाँच दिन सम्म अस्पतालमै राखेर उपचार गरिएकोमा आज उनलाई डिस्चार्ज गरिएको जनाईएको छ । तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन बीएफआरमा सहभागी हुन बेइजिङ पुगेका उपप्रधानमन्त्री श्रेष्ठ कार्तिक १ गते हृदयघातका कारण अस्पताल भर्ना भएका थिए । आज अस्पतालबाट डिस्चार्जु हुने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न सम्पुर्ण चिनियाँ चिकित्सक, अस्पताल परिवार र बेइजिङमा रहेको नेपाली दूतावासप्रति सहयोगका लागि आभार प्रकट गर्दै आफ्नो स्वास्थ्य अवस्थाप्रति चासो, चिन्ता र शुभेच्छा राख्ने सबैलाई धन्यबाद ...
गाजापट्टीमा इजरायलले आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने इरानको चेतावनी
अन्तर्राष्ट्रिय

गाजापट्टीमा इजरायलले आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने इरानको चेतावनी

इरानले गाजापट्टी क्षेत्रमा इजरायलले आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने चेतावनी दिएको छ । गाजा क्षेत्रमा भइरहेको सैन्य कारबाही रोक्न इरानले इजरायल र अमेरिकालाई चेतावनी दिएको हो । इरानका विदेश मन्त्री हुसेन अमिर अब्दुल्लाहनले सैन्य कारबाही नरोके मध्य पूर्व नियन्त्रणभन्दा बाहिर जाने बताएका बीबीसीले जनाएको छ । उहाँले गाजा क्षेत्रमा मानवता विरुद्धको अपराध भइरहेको भन्दै तत्काल आक्रमण रोक्न आग्रह गर्नुभएको छ । इरानले प्यालेस्टाइनको समर्थन गर्दै आएको छ भने अमेरिकाले इजरायललाई सहयोग गर्दै आएको छ । गएको असोज २० गते प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेपछि गाजा क्षेत्रमा युद्ध चलिरहेको छ । युद्धका कारण इजरायल र प्यालेस्टाइनका चार हजार जनाभन्दा धेरैको ज्यान गइसकेको छ । गाजा क्षेत्रको अवस्था जटिल बनेको छ ।...
एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार
समाचार, समाज

एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार

काठमाडौं( गैरआवासीय नेपाली संघ ९एनआरएनए० को नयाँ नेतृत्वले कार्यभार सम्हालेको छ । आजदेखि कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन । त्यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो । सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने नवनिर्वाचि अध्यक्ष केसीले बताएका छन् । अध्यक्ष केसीको यो प्रतिबद्धतासँगै निर्वाचनसम्बन्धी विवाद निरुपण भएको छ । कारोबार राष्ट्रिय दैनीकले समचार प्रकाशन गरेको छ ।...
इजरायलमा ज्यान गुमाएका ४ नेपालीकाे शव आजै परिवारलाई बुझाईने
मुख्य समाचार

इजरायलमा ज्यान गुमाएका ४ नेपालीकाे शव आजै परिवारलाई बुझाईने

प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० मध्ये ४ नेपाली विद्यार्थीको शव आज काठमाडौँ आइपुग्ने भएको छ । कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपाने अनि दार्चुलाका लोकेन्द्रसिंह धामी र दिपेशराज बिष्टको शव इजरायलबाट दुबई हुँदै बिहान ९ बजे त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल काठमाडौँमा ल्याउन लागिएको हो । आजै नेपाली सेनाको हेलिकप्टरबाट चारैजनाको शव धनगढी लैजाने र आफन्तको जिम्मा लगाईने बताईएकाे छ । बझाङका गणेशकुमार नेपालीको शव भने कागजी प्रक्रिया पूरा भैनसकेकाले केही समय पछि मात्रै नेपाल ल्याईने भएको छ । ...
दशमलव १ रेक्टरस्केलको भूकम्पपछि धादिङमा पटक-पटक परकम्प, सतर्कता अपनाउन विज्ञको आग्रह
समाचार

दशमलव १ रेक्टरस्केलको भूकम्पपछि धादिङमा पटक-पटक परकम्प, सतर्कता अपनाउन विज्ञको आग्रह

६ दशमलव १ रेक्टरस्केलको भूकम्पपछि धादिङमा पटक-पटक परकम्प, सतर्कता अपनाउन विज्ञको आग्रह बिहान धादिङ केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि पटक-पटक परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो भूकम्पपछि लगातारजसो परकम्प गइरहेका छन् । थप ठूलो धक्कासमेत आउन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन  उहाँको आग्रह छ । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई खुलाचौरमा बस्न उहाँको अनुरोध छ । भूकम्पको धक्का काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । भूकम्पका कारण क्षति भए नभएकाेबारे विवरण आउन बाँकी छ । यसअघि गएको असाेज महिना बझाङ केन्द्रबिन्दु बनाएर पटक-पटक भूकम्प गएको थियो  ।...
अरुण भ्याल्ली फुटबल प्रतियाेगिता आयाेजना गर्दै एडभान्स
खेलकुद, समाचार

अरुण भ्याल्ली फुटबल प्रतियाेगिता आयाेजना गर्दै एडभान्स

सामाजिक सद्भावका लागि युवा एकता, बिकृति र बिसंगतिका बिरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिवद्धता भन्ने नारा सहित संखुवासभाको खाँदबारी ३ मानेभञ्ज्यांग स्थीत एडमान्स क्लवले आठौं अरुण भ्याल्ली आमन्त्रित फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । सनिबार क्लवले एक पत्रकार सम्मेलनको आयोजनागरि प्रतियोगिताको बारेमा बिस्तृत जानकारी दिएकोे हो । आगामि कार्तिक २० गते देखि २४ गते सम्म संचालन हुने फुटवल प्रतियोगितामा जिल्लाका १२ टिमको सहभागिता रहने जनाईएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु दुई लाख र दितिय हुने टिमलाई नगद रु एक लाख पुरस्कारको ब्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्नका लागि सबैको सहयोगको अपेक्षा गरिएको क्लबका सल्लाहकार मेदिनी घिमिरेले जनाए । उनले पर्यटन प्रवर्धन संगसंगै युवा एकता र सामाजिक बिकृति बिसंगति न्युनिकरणमा खेलक्षेत्रको...