Blog - Page 85 of 114 - साझाकुरा
शनिबार, असार १३, २०८३

Blog

कोशीका शेखर पक्षका ८ सांसदको दाबी : इन्द्र आङबोले हाम्रो हस्ताक्षर दुरुपयोग गरे
राजनीति, समाचार

कोशीका शेखर पक्षका ८ सांसदको दाबी : इन्द्र आङबोले हाम्रो हस्ताक्षर दुरुपयोग गरे

कोशीमा नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यले नेकपा माओवादी संसदीय दलका नेता इन्द्र आङबोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएका छन् । उनीहरुले मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस नेता केदार कार्कीले पेश गरेको दाबीमा हस्ताक्षर गरेका छन् । आङबोले पनि उनीहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी परेपछि ८ जनाले आफूहरुको हस्ताक्षर दुरुपयोग गरिएकाे बताए । कार्कीलाई समर्थन गर्नेमा उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीका सुनिता गुरुङ छन् । कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ८ जनाले आङबोलाई समर्थन नरहेकाे प्रष्ट पारेका छन् । अनलाईनखबरले याे समचारलाई प्राथमिकताका साथ प्रकासन गरेकाे छ ।...
एसिसी यू १९ प्रिमियर कप स् इरानमाथि नेपालको सानदार जित
खेलकुद, समाचार

एसिसी यू १९ प्रिमियर कप स् इरानमाथि नेपालको सानदार जित

एसिसी यू १९ प्रिमियर कपमा नेपालले सानदार सुरूवात गरेको छ। बिहीबार मलेसियामा भएको खेलमा नेपालले इरानमाथि २७४ रनको फराकिलो अन्तरको जित निकालेको हो। नेपालले दिएको ३५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमै अलआउट भयो। इरानका लागि विकेटकिपर ब्याट्सम्यान अमेर खुर्सदले ३७ रन जोड्दा अरु ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा नेपालका सुवास भण्डारी र दिपेश कडेँलले ३,३ विकेट लिए। हेमन्त धामीले २ विकेट हात पार्दा आकास चन्दले पनि २ विकेट लिन सफल भए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालले शतकमा ३५३ रन जोडेको थियो।देवले १०० रन जोड्ने क्रममा ६० बलमा १२ चौका र ४ छक्का प्रहार गरे। देवले यू १९ क्रिकेटमा दोस्रो शतक प्रहार गरेका हुन्। यसअघि उनले विश्वकप छनोटमा कुवेतविरुद्ध शतक हिर्काएका थिए। नेपालका लागि यू १९ क्रिकेटमा दुई शतक प्रहार गर्ने कप्तान देव पहिलो खेलाडी हुन्।देवको शत...
टेरामक्स प्रविधि जडानको कार्य तत्काल अघि नबढाउन निर्देशन
राजनीति

टेरामक्स प्रविधि जडानको कार्य तत्काल अघि नबढाउन निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि जडानको कार्य तत्कालका लागि अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले टेरामक्स प्रविधि जडानका लागि भएका प्रक्रियाका बारेमा थप छलफल गर्नुपर्ने भएकाले कार्य तत्कालका लागि अघि नबढाउन सरकारलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले स्मार्ट टेलिकमको दूरसञ्चार अनुमतिपत्र बिक्री प्रक्रियालाई पनि अघि नबढाउन निर्देशन दिएको छ भने ग्रामीण दूरसञ्चार कोषको कार्यान्वयनका सम्बन्धमा पनि थप निर्णय नगर्न नगराउन सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । उनले टेरामक्स प्रविधिको आवश्यकता,ग्रामीण दूरसञ्चार सेवाका बारेमा उठेका प्रश्नहरु गम्भीर रहेकोले थप छलफलको आवश्यकता देखिएको बताए । साथै स्मार्ट टेलिकमका सन्दर्भमा नियमावली नै संशोधन गरेको ...
कोशीमा माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय, राप्रपालाई सभामुख दिने तयारी
मुख्य समाचार, राजनीति

कोशीमा माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय, राप्रपालाई सभामुख दिने तयारी

कोशी प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई  अघिसार्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बसेको गठबन्धनको बैठकले कोशीमा सरकार गठनका लागि अन्तिम विकल्पका रूपमा माओवादीका प्रदेश संसदीय दलका नेतासमेत रहेका आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो । यसअघि माओवादीलाई मुख्यमन्त्री दिन नसकिने अडान लिएको नेपाली कांग्रेस अब कुनै हालतमा आफ्नो पक्षमा बहुमत नजुटेपछि पछि हट्न बाध्य भएको छ । यसअघि कांग्रेसका उद्धव थापा दुई पटकसम्म मुख्यमन्त्री बने पनि विश्वासको मत जुटाउन असफल हुनुभएको थियो । अब फेरि कांग्रेसकै मुख्यमन्त्री बन्दा विश्वासको मत पाउने आधार नदेखिएपछि गठबन्धनले माओवादीलाई दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । माओवादीले आफूहरूले बहुमत जुटाउने दाबी गर्दै आएको छ । यसका लागि प्रध...
इजरायलको तेल अविवका विमानस्थलमा नेपाल फर्किनेहरुको भिड (फोटो फिचर)
मुख्य समाचार

इजरायलको तेल अविवका विमानस्थलमा नेपाल फर्किनेहरुको भिड (फोटो फिचर)

युद्धग्रस्त इजरायलबाट आज २५० जना नेपाली स्वदेश फर्कदै छन्। इजरायलको तेल अविवका विमानस्थलमा स्वदेश फर्कने नेपालीहरुको भिड लागेको छ। विमानस्थलमा नेपालीहरु आफ्नो सामानहरु बोकेर नेपाल फर्किन लागेको तस्बिरहरुमा देख्न सकिन्छ। घाइते भएका नेपालीहरु ह्वलचेयरमा विमानस्थल पुगेका छन्। उनीहरुलाई लिनका लागि नेपाल वायु सेवा निगमको जहाज इजरायलमा अवतरण गरिसकेको छ। जहाज दुई घन्टा होल्ड हुने छ र ३ बजेर ५५ मिनेटमा नेपाल फर्कने छ। नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये सो जहाजमा २५० जना नेपाली फर्किने छन्।...
गोर्खा वेल्फेयर ट्रष्टले पाँचखपन नगरपालिकामा बालबालिकाको पोषण सम्बन्धी मास स्कृनिङ्ग कार्यक्रम गर्ने
समाचार, स्वास्थ्य

गोर्खा वेल्फेयर ट्रष्टले पाँचखपन नगरपालिकामा बालबालिकाको पोषण सम्बन्धी मास स्कृनिङ्ग कार्यक्रम गर्ने

गोर्खा वेल्फेयर ट्रष्टले संखुवासभाको पाँचखपन नगरपालिकामा बालबालिकाको पोषण सम्बन्धी मास स्कृनिङ्ग कार्यक्रम आयोजना गर्नेभएको छ । गोर्खा वेलफेयर ट्रष्टको आर्थिक सहयोग तथा पाँचखपन नगरपालिकाको संयोजनमा जन्मेदेखि २४ महिना सम्मको बालबालिकाको पोषण सुधार कार्यक्रम अन्तर्गत आगामी कार्तिक १५ देखि १८ गते सम्म मास स्कृनिङ्ग कार्यक्रम आयोजना गरिने वेलफेयर ट्रष्टका सोसियल सुपरभाईजर ज्ञानु भोटेले जानकारी दिए । यो कार्यक्रमबाट कुपोषित बालबालिकाको पहिचान र उनिहरुको स्वास्थ्य समस्याको निदान तथा उपचार शुरु गरिने उनले बताए । पाँचखपन नगरपालिकाको वडा नं. १ देखि ९ सम्म घरदैलो कार्यक्रम गरि कुपोषित बालबालिकाको घरघर सम्म महिला स्वास्थ्य स्वयंसेवीका र स्वास्थ्य कर्मिहरु परिचालन गरिने ज्ञानु भोटेको भनाई छ । कार्यक्रममा २७ जना महिला स्वास्थ्य स्वयंसेवीका तथा सम्वन्धीत वडाको स्वास्थ्यकर्मिहरु परिचालन गरि घरदैलो अ...
डा.राजु अधिकारीको नयाँ पुस्तक विवाहअगाडि विवाहपछाडि सार्वजनिक
शिक्षा, समाचार, समाज

डा.राजु अधिकारीको नयाँ पुस्तक विवाहअगाडि विवाहपछाडि सार्वजनिक

डा.राजु अधिकारीको नयाँ पुस्तक विवाहअगाडि विवाहपछाडि सार्वजनिक भएको छ।  योगविज्ञान तथा जीवनशैली प्रशिक्षक अधिकारीको यो १४औं कृति हो। यसमा विवाह सम्बन्धी ज्ञान, विज्ञान र मनोविज्ञान समेटिएको छ।  “यो पुस्तक पढ्न जति रोमाञ्चक छ, वैवाहिक आकांक्षीहरूलाई उपहार दिन त्यत्तिकै मूल्यवान् छ भन्ने मेरो विश्वास छ,” डा. अधिकारीले भने।  पुस्तकमा अधिकारीले विवाहका विविध पाटालाई केलाएर उत्तम छनोटका लागि मानिसलाई मार्गनिर्देश गरेको प्रकाशक संस्था फाइनप्रिन्टका नीरज भारीले बताए। भारतको हरिद्वारस्थित देव संस्कृति विश्वविद्यालयबाट योगविज्ञान एवम् मानव चेतना विषयमा स्नातकोत्तर र विद्यावारिधि गरेका अधिकारीका खाने कसरी पिउने कसरी, योग पनि गरौं भोग पनि गरौं, यस्तो होस् जीवनशैली, जिन्दगी रिल्याक्स प्लिज!, संस्कारी बन्ने काइदा, नैतिक सुखवाद र जीवन मूल्यहरू लगायत पुस्तक प्रकाशन भइसकेका छन्। पुस्तकका लेखक ड...
नेपाली ल्याउन निगमको जहाज बुधबार राति इजरायल उड्ने
मुख्य समाचार

नेपाली ल्याउन निगमको जहाज बुधबार राति इजरायल उड्ने

द्वन्दग्रस्त इजरायलमा फसेका नेपाली नागरिक नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज आज राति त्यसतर्फ प्रस्ताजाने भएको छ। बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज त्यसतर्फ पठाईने तैयारी गरिएको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले उल्लेख गरेको छ। सचिवालयका अनुसार दुबईमा ट्रान्जिट गरी इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज त्यसतर्फ प्रस्थान गर्ने सेड्युअल छ । घर फर्किन चाहने ३ सय ५० बढी नेपालीहरू तेल अभिभस्थित नेपाली दूतावासको सम्पर्कमा बसेका छन्। प्यालेस्टाइनको इस्लामिक समूह हमासको आक्रमणबाट १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ भने केहि सम्पर्क बिहिन भएका छन् । त्यसैगरि केहि उपचारको क्रममा रहेका छन् भने केहि शुरक्षित शहरमा रहेकाले उनिहरु फर्कने नफर्कने दोधारमा रहेको मन्त्रालयको भनाई छ । हराईरहेका नेपालीहरुको खोजिका लागि दूतावासले ईजरायली सरकारसंग बारम्बार पहल गरिरहेको जनाईएक...
मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णय परिभाषित हुनुपर्ने अख्तियार प्रमुख आयुक्त राईको भनाई
अर्थ/व्यापार, मुख्य समाचार

मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णय परिभाषित हुनुपर्ने अख्तियार प्रमुख आयुक्त राईको भनाई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको सम्बन्धमा स्पष्ट परिभाषित हुनुपर्ने धारणा राखेका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आफ्नो धारणा प्रस्तुत गर्दै राईले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको सम्बन्धमा थप स्पष्टता आवश्यक रहेको बताए । । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हालसम्म मन्त्रिपरिषद्ले गरेका सबै निर्णयहरु नीतिगत निर्णय भन्ने बुझाइमा रहेको बताउँदै खरिदका र अफ्ठ्यारो विषयहरुलाई मन्त्रिपरिषद्मा निर्णयका लागि पठाइने गरेको जानकारी दिए । विभिन्न निर्णयहरुको सम्बन्धमा विवाद आउने गरेको भन्दै यस विषयमा गम्भिर रुपले सोच्नुपर्ने अख्तियार प्रमुख राईले सुझाव राखे । भ्रष्टाचार गरेको पैसा अरुको नाममा राख्ने प्रवृत्ति बढेको भन्दै उनले सार्वजनिक पद धारण नगरेका व्यक्तिलाई घुस लेनदेन...
सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकको प्रतिवेदन कानून समितिबाट पारित
समाचार

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकको प्रतिवेदन कानून समितिबाट पारित

कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । मंगलबार समितिलाई उपसिमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी बुधबार समितिले पारित गरेको हो । उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएको सहकारीको विषयमा विधेयकको सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने) मा व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रस्ताव भएको विषय हटाउने गरी सहमति भएको समिति सभापति विमला सुवेदीले बताउनुभयो । उहाँका अनुसार समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरिएको छ । तत्कालिन प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरु कायम राख्ने तर तत्कालिन अवस्थामा ३ किलोमिटरको सीमाको...