Blog - Page 86 of 114 - साझाकुरा
शनिबार, असार १३, २०८३

Blog

लेक लागेर मुस्ताङमा युक्रेन र भारतीय पर्यटकको मृत्यु
मुख्य समाचार, शिक्षा, स्वास्थ्य

लेक लागेर मुस्ताङमा युक्रेन र भारतीय पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागेर युक्रेनी र भारतीय नागरिकको मृत्यु भएको छ । गत असोज १९ गतेपोखराबाट १० जनाको समूहसहित मुस्ताङ भ्रमणका लागि पुगेकी युक्रेनी महिला ३५ वर्षीया अन्ना पानिनाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी दिनेश गौतमले जानकारी दिए । उनले कागबेनीमा बास बसेर असोज १९ गते पैदल हिँडेर झोङ हुँदै मुक्तिनाथ जाने क्रममा बीच बाटोमै उनलाई लेक लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गका सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश गौतमले बताए। युक्रेनी महिला पानिनालाई श्वासप्रश्वास र टाउको दुख्ने समस्या देखिएको थियो। लेक लागेका कारण बिरामी परेकी उनलाई जोमसोम अस्पतालमा उपचार लगिएको थियो। उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गौतमले बताए। लेक लागेर मृत्यु भएकी महिलाको शव हेलिकोप्टरमार्फत् काठमान्डौं लगिएको उनले जनाए । त्यसैगरी भारतको तामेलनाडुबाट मुक्त...
काभा भलिबलः अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित
खेलकुद

काभा भलिबलः अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित

काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानमाथि रोमाञ्चक जित निकालेको छ । आज बुधवार दिउँसो श्रीलङ्कामा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा हरायो । पहिलो सेट जितेको नेपालले दोस्रो र तेस्रो सेट गुमाएको थियो । त्यसपछि चौथो र पाँचौँ सेट जित्दै नेपालले रोमाञ्चक जित हात पारेको हो । पहिलो सेट नेपालले २५–१९ ले जित्यो । दोस्रो र तेस्रो सेट नेपालले २६–१९ र २५–२२ ले गुमायो । यस्तौ चौथो र पाँचौँ सेट नेपालले २५–२१ र १५–१० ले जित्यो । प्रतियोगितामा यसअघि भएका दुई खेलमा नेपालले एकमा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा बङ्लादेशलाई ३–१ ले हराएको नेपाल हिजो मङ्गलवार भएको दोस्रो खेलमा आयोजक श्रीलङ्कासँग ३–० ले पराजित भएको थियो । अब नेपालले पर्सि शुक्रवार साउदी अरेबियासँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । छ टोली सहभागी भएको प्रतियोगितामा राउन्ड रोबिन लिगपछि अङ्क तालिकाका शी...
स्थानीय संस्कृति संम्वर्धन र पर्यटन प्रवर्धनका लागि चिचिलामा अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन (पत्रकार सम्मेलनको भिडियो सहित)
समाचार, समाज

स्थानीय संस्कृति संम्वर्धन र पर्यटन प्रवर्धनका लागि चिचिलामा अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन (पत्रकार सम्मेलनको भिडियो सहित)

यहि असोज २७ गते संखुवासभाको चिचिला गाउँपालिकामा अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन हुने भएको छ । भारत, अमेरिका र चिनियाँ प्रतिनीधिहरुको सहभागितामा सम्मेलन हुन लागेको पत्रकार सम्मेलन मार्फत चिचिला गाउँपालिकाले जानकारी दिएको हो । कार्यक्रम चिचिला गाउँपालिकाको आयोजना तथा मकालु साहित्य समाजको संयोजनमा हुन लागेको हो । चिचिला गाउँपालिकाको साँस्कृतिक तथा पर्यटनको प्रवर्धन गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गर्न लागिएको हो । कार्यक्रममा मुख्य गरि भारत आसामका आदिवासी समुदाय कार्वी कुर्फो आमेईको साँस्कृतिक टोलीको सहभागिता रहने गाउँपालिका अध्यक्ष पासाङ नुर्बू शेर्पाले जानकारी दिनुभयो । कार्यक्रममा चिचिला गाउँपालिका भित्रका जातजातिहरुको साँस्कृतिक झाँकी प्रदर्शन गरिनेछ भने जिल्लाका अन्य स्थानीय तहहरुबाट समेत झाँकी सहितको जनप्रतिनीधिहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा बताईएको छ । कार्यक्रमम...
राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ
अपराध, समाचार

राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ

राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन् । हिजो दिउँसो जुम्लाको सिँजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका-४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका-८ का २३ वर्षीय कमल खनाललाई घुससहित पक्राउ गरेको  प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  हल्दिबारी गाउँपालिकामा उनीहरु कार्यरत थिए । हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार रुपैयाँ लिएपछि घटना सार्वजनिक भएको हो । पौडेलले उनीहरुविरूद्ध  जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएपछि  प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । ...
खाँदबारी युथक्लबद्वारा“पर्यटन प्रवर्धन,खाँदबारी रन” आयाेजना
खेलकुद, समाचार, स्वास्थ्य

खाँदबारी युथक्लबद्वारा“पर्यटन प्रवर्धन,खाँदबारी रन” आयाेजना

“पर्यटन प्रवर्धन,खाँदबारी रन” मनाेरञ्जन संगै आफ्नाे स्वास्थ्यमा सुधार ल्याऔ, असाेज २८ गते “खाँदबारी रन” मा सहभागि बनाैं ।
हमासकाे आक्रमणमा  ज्यान गुमाएका नेपालीहरुकाे शाेकमा भाेलि राष्ट्रिय शाेक बिदा,मृतकका परिवारलाई जनहि १० लाख राहतकाे घाेषणा
अन्तर्राष्ट्रिय, समाचार

हमासकाे आक्रमणमा ज्यान गुमाएका नेपालीहरुकाे शाेकमा भाेलि राष्ट्रिय शाेक बिदा,मृतकका परिवारलाई जनहि १० लाख राहतकाे घाेषणा

इजरायलमा हमासकाे आक्रमणमा परि मृत्यु भएका १० जना नेपालीकाे शोकमा सरकारले भोलि मङ्गलवार राष्ट्रिय शाेक बिदाकाे घाेषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलवार राष्ट्रिय शाेक बिदाकाे घोषणा गरेको हाे । आजकाे बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई नेपाल फर्काउने समेत निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए । इजरायलमा गएकाे शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट 'इन्टर्नसिप' मा गएकामध्ये १० जना विद्यार्थीको मृत्यु भएकाे थियो । ...
अज्ञात समुहले दल्याे ब्यवसायि दुर्गा प्रसाईंलाई कालोमोसो
मुख्य समाचार, स्वास्थ्य

अज्ञात समुहले दल्याे ब्यवसायि दुर्गा प्रसाईंलाई कालोमोसो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्।  काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन्। उक्त होटलमा पत्रकार सम्मेलन सकेर बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो किन र कसले दलेकाे हाे भन्नेबारेमा अनुसन्धानअघि बढाईएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारि दिए । ...
हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु
अन्तर्राष्ट्रिय, मुख्य समाचार

हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु

हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु, एक जना सम्पर्कविहीन भएकाे आधिकारिक रुपमा पुष्टि भएकाे खबरहरु नेपाली संचारमाध्यमहरुले उल्लेख गरेका छन् । नेपाल सरकारले आक्रमणकाे सन्दर्भमा हतारमा प्रतिकृया दिएर ईजरायलकाे पक्षमा उभिएकाे बक्तब्य जारि गर्नु भन्दा पहिले आफ्ना नागरिक बचाउनेतर्फ ध्यान दिनु पर्थ्याे । मृतक र घाईतेहरुकाे (नामावलि सहित)...
हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु, एक जना सम्पर्कविहीन
अन्तर्राष्ट्रिय, मुख्य समाचार

हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु, एक जना सम्पर्कविहीन

प्यालेस्टानी विद्रोही (हमास)को आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। सँगै गएका नेपाली विद्यार्थी नितिन भण्डारीका अनुसार अन्य चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन छन्। अन्य दुई जना भने सकुशल रहेको नितिनले जानकारी दिए। उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू रहेको नितिनको भनाइ छ। मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वरंकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारी रहेका छन्। इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले घटनामा १० नेपालीको मृत्यु भएको अन्नपूर्णलाई पुष्टि गरिन्। ११ महिनाका लागि 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत् कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरूमध्ये सल्यानका प्...