Blog - Page 89 of 114 - साझाकुरा
शनिबार, असार १३, २०८३

Blog

मकालु गाउँपालिका अध्यक्षकाे कार्यकक्षमा तालाबन्दि
मुख्य समाचार

मकालु गाउँपालिका अध्यक्षकाे कार्यकक्षमा तालाबन्दि

लामाे समय देखि जिम्मेवार पदमा बसेकाे गाउँपालिका अध्यक्ष कार्यालयमा अनुपस्थित हुनेगरेकाे भन्दै संखुवासभा मकालु गाउँपालिकाकाे अध्यक्षकाे कार्यकक्षमा तालाबन्दि गरिएकाे छ । अध्यक्ष अनुपस्थित हुँदा कार्यालयकाे दैनीक सेवाप्रवाहमा समस्या भएकाे र गाउँपालिकाकाे सवारि साधन दुरुपयाेग गरिएकाे भन्दै उनिहरुले लिखित जानकारि सहित निवेदन समेत सार्वजनिक गरेकाे मकालुबाट सञ्चारकर्मि गंगा बिष्टले जानकारी दिएका छन् । यस बिषयमा अहिले छलफल भैरहेकाे गाउँपालिका अध्यक्ष वाङ्दी शेर्पाले जानकारि दिए ।...
डिभीको आवेदन खुल्यो, यस्ता छन् आवश्यक जानकारी
शिक्षा

डिभीको आवेदन खुल्यो, यस्ता छन् आवश्यक जानकारी

सन् २०२५ को डाइभर्सिटी भिसा (डि.भी.) को लागि आवेदन खुला गरिएको छ। इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न अर्थात् नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट आवेदन खुला गरिएकाे छ। डिभीको आवेदन नोभेम्बर ७ अर्थात् कार्तिक २१ गतेसम्म भर्न सकिने छ। इच्छुक आवेदकले निःशुल्क आवेदन दिन पाउनेछन्।   अमेरिकी दूतावासका अनुसार आवेदन दिनका लागि कन्सल्टेन्टको आवश्यकता पर्दैन भने आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन सक्नेछ।   डि.भी. का लागि छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन। तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी. का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्यौल गर्नेछन्। अन्तर्वार्ताका लागि जाँदा आफूसँ...
एक दिवसिय विश्वकप क्रिकेट आजबाट सुरु
खेलकुद

एक दिवसिय विश्वकप क्रिकेट आजबाट सुरु

एक दिवसिय विश्वकप क्रिकेट बिहीबार देखि भारतमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । गुजरातको अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार बिहीबार दिउसो सवा दुई बजे यो खेल सुरु हुनेछ । एक दिवसिय विश्वकप क्रिकेटको यो संस्करणमा १० टोली सहभागि छन् । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफ्गानिस्तान, इंग्ल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्याण्ड र नेदरल्याण्ड्सले समुह चरणमा राउण्ड रोबिन लिग खेल्नेछन् । शिर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिता ४५ दिनसम्म चल्नेछ । क्यारेबीयन टोली वेष्ड इंडीज पहिलो पटक एक दिवसिय विश्वकप क्रिकेटमा छनौट हुन असफल भएको छ । भारतले एक्लै प्रतियोगिता आयोजना गरेको यो पहिलो अवसर हो । ...
मिथिलाञ्चलमा मनाइने जितिया पर्व आजदेखि शुरु
समाज

मिथिलाञ्चलमा मनाइने जितिया पर्व आजदेखि शुरु

जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधिपूर्वक शुरु भएको छ । सन्तानको दीर्घायु तथा पारिवारिक सुख शान्तिका लागि जितिया पर्व मनाउने गरिन्छ । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र मानिने जितिया पर्व मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खाने) विधि गर्दै आजदेखि शुरु भएको हो । व्रत बस्नु अघि आजको दिन महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर त्यही ठाउँमा घिरौलाको पातमा जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गरिन्छ । भोलि शुक्रवार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसेर पर्सि शनिवार बिहान साढे १० बजेपछि मात्रै वर्तालुले व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । व्रत बस्नु अघिल्लो दिनमै वर्तालुले विभिन्न जलाशयमा स्नान गरी...
कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी देशभरमै पहिलो
समाचार

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी देशभरमै पहिलो

जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै पहिलो बनेको छ । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच गएको आर्थिक वर्ष २०७९र८० को कार्यसम्पादन सम्झौता ९सीपीएएस० मूल्याङ्कनको आधारमा ७७ जिल्लामध्ये गुल्मी उत्कृष्ट जिल्ला बनेको हो । गएको आर्थिक वर्षमा ९६ दशमलव ४४ अङ्क प्राप्त गरी अति उत्कृष्टसहित गुल्मीले प्रथम स्थान हासिल गरेको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । गृह मन्त्रालयले दिएको छ वटा सूचक मापनभित्र रहेका ७७ वटा उपसूचकलाई पूरा गरी गुल्मी देशभरका जिल्ला प्रशासन कार्यालयभन्दा आफूलाई अब्बल र उत्कृष्ट जिल्ला बनाउन सफल बनेको हो । गृह मन्त्रालयले दिएका सूचकहरूमा शान्ति सुरक्षा तथा सेवा प्रवाह, मुद्दा फर्स्योट, शासकीय प्रबन्ध, लागुऔषध नियन्त्रण, अपराध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरण लगायतका ...
शेयर बजार ९ अङ्कले बढ्यो, १ अर्ब १८ करोड रुपैयाँको कारोबार
अर्थ/व्यापार

शेयर बजार ९ अङ्कले बढ्यो, १ अर्ब १८ करोड रुपैयाँको कारोबार

शेयर बजार आज बुधवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव २४ विन्दुले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत् र बुद्धभूमि हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै समता घरेलु लघुवित्त कम्पनीको शेयर साढे छ प्रतिशतले ओरालो लागेको छ । आज ४३ लाख २३ हजार कित्ता शेयर एक अर्ब १८ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।...
३ करोड १५ लाख रुपैयाँको स्रोत नखुलेपछि इन्जिनिरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
समाचार

३ करोड १५ लाख रुपैयाँको स्रोत नखुलेपछि इन्जिनिरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ । इन्जिनियर रानाभाटले ३४ वर्ष सरकारी सेवामा रहँदा कमाएको तीन करोड १५ लाख ८१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति देखिएको अख्तियारको दाबी छ । अख्तियारले विशेष अदालतमा दर्ता गरेको मुद्दामा उनले महानिर्देशकको रूपमा सरकारी पदमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको उल्लेख छ । रानाभाट २०४६ असार ३० देखि २०७९ कात्तिक ६ गतेसम्म सार्वजनिक सेवामा रहेका थिए । सार्वजनिक सेवामा रहँदा उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा तीन करोड १५ लाख ८१ हजार रुपैयाँ स्रोत पुष्टि हुन नसकेको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।...
खाँदबारी युथ क्लवद्वारा पर्यटन प्रवर्धन,खाँदबारी रन आयोजना गरिने
खेलकुद, समाचार, समाज

खाँदबारी युथ क्लवद्वारा पर्यटन प्रवर्धन,खाँदबारी रन आयोजना गरिने

संखुवासभाको पर्यटन प्रवर्धन गर्ने उदेश्यले खाँदबारी युथ क्लवले पर्यटन प्रवर्धन खाँदबारी रन खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालीहरुको महान चाड दशैंको शुभ अवसरमा आगामी असोज २८ गते घटस्थापना दिन प्रतियोगिता आयोजना गर्ने तैयारी गरिएको युथ क्लवका महासचिव सुरेन शाक्यले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले २ लाख ६१ हजारको कुल लागतमा बिभागिय पुरुष टिम, खुल्ला पुरुष टिम र खुल्ला महिला टिम गरि तिन वटा बिधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रस्ताव प्रस्तुत गर्दै प्रतियोगितामा सहकार्यका लागि जिल्ला स्थीत बिभिन्न सरकारी तथा गैह्र सरकारी संस्थासंग सहकार्यको अपेक्षा राखिएको बताए । क्लवका कार्यबाहक अध्यक्ष मुनहाङ्ग गुरुङ्गको सभापतित्व तथा पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरीको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा प्रतियोगितामा बिभागिय पुरुष टिमका लागि खाँदबारी टुडिखेलबाट ...
मिर्मिरे लघुवित्तले २५ असोजदेखि एफपीओ निष्कासन गर्ने
अर्थ/व्यापार

मिर्मिरे लघुवित्तले २५ असोजदेखि एफपीओ निष्कासन गर्ने

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ असोजदेखि धितोपत्रको थप सार्वजनिक निष्कासन एफपीओ जारी गर्ने भएको छ । कम्पनीले मर्जरपछि संस्थापक र साधराण सेयर संरचना मिलाउन एफपीओ जारी गर्न लागेको जनाएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम एफपीओ जारी गर्न लागेको कम्पनी उल्लेख गरेको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा एक करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एक लाख २३ हजार ८१६।४५ कित्ता सेयर निष्कासन गर्न लागेको हो । एफपीओका लागि लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । अवधिभित्र माग अनुसार आवेदन नपरेमा निष्कासन अवधि कात्तिक ९ गतेसम्म थप हुनेछ । लघुवित्तको एफपीओ निष्कासनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । लघुवित्तको एफपीओमा न्यून...
कोशीमा शनिबार विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी
राजनीति

कोशीमा शनिबार विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गरेका हुन् । सर्वोच्च अदालतको परमादेशपछि २२ भदौंमा संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् । उनले २० असोजमा विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको पनि २० असोजमा ३० दिन पुग्दैछ ।असोज २० गते नै विश्वासको मत लिने तयारी भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । आजको बैठकमा गत २४ भदौमा सरकारले ल्याएको अध्यादेश टेबल हुनेछ । विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वत पदमुक्त हुनेछन् । उपधारा ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।...