Blog - Page 90 of 114 - साझाकुरा
शनिबार, असार १३, २०८३

Blog

इटालीमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

इटालीमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

एजेन्सी । इटालीको भेनिस शहरमा बस फ्लाइओभरबाट खसेर आगलागी हुँदा दुई बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । मेस्ट्रे जिल्लामा रहेको फ्लाइओभरको बेरियर तोड्दै बस रेलवे ट्र्याकमा खस्न पुगेको थियो । मृत्यु हुनेमा ५ जना युक्रेनी नागरिक, १जना जर्मन नागरिक र इटालीका ड्राइभर रहेको अधिकारीहरूले जानकारी दिएका छन् । बस पर्यटकहरूलाई भेनिसबाट मर्घेरा जिल्लामा रहेको क्याम्प साइटमा लैजान भाडामा लिइएको बताइएको छ । बस मिथेन ग्यासबाट चल्ने भएकाले बिजुलीको तारमा खस्दा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गृहमन्त्री माटेयो पियान्टेडोसीले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । घटनामा कम्तीमा १८ जना घाइते भएका छन् जसमध्ये ५ जनाको अवस्था चिन्ताजनक रहेको बताईएको छ । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।...
एमाले गण्डकी प्रदेशको नेतृत्व चयनका लागि आज मतदान
राजनीति

एमाले गण्डकी प्रदेशको नेतृत्व चयनका लागि आज मतदान

नेकपा एमालेको गण्डकी प्रदेशको नयाँ नेतृत्व चयलका लागि बुधबर मतदान हुँदैछ । एमाले गण्डकीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै नयाँ नेतृत्व चयनका लागि बुधबार दिउँसो १ बजेदेखि चुनाव हुने जनाएको हो । प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बुधबार  दिउँसो १ बजेदेखि चुनाव हुने जानकारी दिनुभएको हो । एमाले गण्डकीमा नयाँ नेतृत्व सहमतिमा चुनिने सम्भावना न्यून छ । गण्डकीमा पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङ ९पि।एस० र स्थायी कमिटी सदस्य खगराज अधिकारी ९के।आर०को दुई समूहबीच टकराव छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीद्वय गुरुङ र अधिकारीबीचको लडाईले प्रदेश अधिवेशनलाई निर्वाचनतर्फ धकेलेको हो । उपमहासचिव गुरुङलाई एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलको साथ छ भने पूर्व संगठन विभाग प्रमुख अधिकारीलाई महासचिव शंकर पोखरेलको साथ छ । गुरुङ समूहले नवराज शर्मालाई प्रदेश अध्यक्षमा अगाडि बढाउँदा अधि...
भारतीले सुरु गरिन् अनशन, रिगललाई जेलमै राख्नुपर्ने माग
समाचार

भारतीले सुरु गरिन् अनशन, रिगललाई जेलमै राख्नुपर्ने माग

भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल ९रिगल०लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी छन् । माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताइन् । अनशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्, ‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु । म मर्न तयार छु तर न्याय नपाएसम्म फर्किन्न ।’ रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटे...
बझाङ भूकम्पः एक जनाको मृत्यु, १३५ घर भत्किए
समाचार

बझाङ भूकम्पः एक जनाको मृत्यु, १३५ घर भत्किए

बझाङमा हिजो गएको भूकम्पबाट एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो। बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका–७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की १५ वर्षीया आँसु रोकाया, मष्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का १८ वर्...
नेपालगञ्जमा आज पनि कर्फ्यू
समाचार, समाज

नेपालगञ्जमा आज पनि कर्फ्यू

बाँकेको नेपालगञ्जमा बुधबार पनि कर्फ्यू जारी छ। मंगलबारदेखि कर्फ्यू लागेको नेपालगञ्जमा बुधबार स्थिति सामान्य बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले आज बिहानदेखि नेपालगञ्जको स्थिति शान्त र सामान्य बन्दै गएको बताए। अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा परिचालन भएको पनि उनले जानकारी दिए। मानिसहरू भीडभाड हुन, जम्मा हुन रोक लगाइएको छ। ‘आज त्यस्तो कुनै स्थिति पनि देखिएको छैन,’ एसपी राठौरले भने ‘नेपालगञ्जवासीले ठूलो सावधानी र संयमता अपनाउनुभएको छ।’ स्थिति सामान्य बन्दै गएको हुँदा परिस्थिति विश्लेषण गरी सुरक्षा समितिको बैठक बसेर कर्फ्यू कति लम्ब्याउने भन्नेबारे थप निर्णय गरिने उनले बताए। उनका अनुसार बाँकेको जमुनाहा नाका झन्डै नौ सयको नेपालीहरू रोकिएकाले उनीहरूलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ। ‘भारतबाट विभिन्न ठाउँबाट गए राति...
टिस्टा नदीमा भिषण बाढीमा परि २३ सैनिक बेपत्ता
समाचार

टिस्टा नदीमा भिषण बाढीमा परि २३ सैनिक बेपत्ता

नयाँ दिल्लीः उत्तर सिक्किमको टिस्टा नदीमा बाढी आउँदा २३ जना सैनिक बेपत्ता भएका छन्। प्रशासनले आसपासका मानिसहरूलाई सतर्क रहन आग्रह गरेको छ। खोजी अभियान जारी छ। गुवाहाटीका डिफेन्स पीआरओका अनुसार उत्तरी सिक्किमको लोनाक तालमा अचानक बाढी आएको थियो। २३ सैनिक बेपत्ता हुनुका साथै ४१ सवारी साधन माटोमा पुरिएका छन्। चुङथाङ बाँधबाट पानी छोडेपछि तलाउमा पानीको बहाव एकाएक १५ देखि २० फिट उचाइमा पुगेको थियो । जसका कारण सिङ्ताम नजिकै बर्दाङमा पार्किङ गरिएका सेनाका ४१ सवारी साधन पुरिएको हो। सरकारी संयन्त्रको प्रयोग गरी जनताको ज्यान जोगाइएको छ। केही व्यक्ति बेपत्ता छन्। उनीहरुको खोजी भइरहेको छ।...
वरिष्ठ गायिका दिलमाया खातीको निधन
समाचार

वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा उहाँको जन्म भएको हो । उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो ।  उहाँकाे गएराति निधन भएकाे हाे ।  दिलमाया खाती पहिलो पटक सन् १९६२ मा काठमाण्डौ आउनु भएको थियो । काठमाण्डौ आएका बेला आफन्तकोमा उहाँले गाउनु भएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गर्नु भएको थियो । त्यसपछि उहाँले नेपाली गीत गाउन थाल्नुभयो । अविवाहित दिलमायाले वरिष्ठ गायक गायिका एवम् संगीतकारसँग काम गर्नु भएको छ । संगीतकार एवम् गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग उहाँले गीत गाउनु भएको छ । यस्तै, युवा पुस्तामा गायक शैलेश सिंहसँग पनि उहाँले सहकार्य गर्नु भएको छ । नारायण गोपालसँग दिलमायाको भेट सन् १९७२ तिर दार्जिलिङमै भएको थियो । नारायण गोपालको ...
नाइजेरियामा डुङ्गा दुर्घटना : ४० जनाभन्दा धेरै बेपत्ता, १० जनाको उद्धार
अन्तर्राष्ट्रिय

नाइजेरियामा डुङ्गा दुर्घटना : ४० जनाभन्दा धेरै बेपत्ता, १० जनाको उद्धार

नाइजेरियाको उत्तरी राज्य केबीमा यात्रुसवार डुङ्गा पल्टिँदा ४० जनाभन्दा धेरै बेपत्ता भएका छन् । डुङ्गामा कम्तीमा ५० जना यात्रु रहेका थिए । अहिलेसम्म १० जनाको उद्धार भएको र अरु हराइरहेकाहरुको खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ । उत्तर–मध्य राज्य नाइजर र केब्बीलाई जोड्ने नदी पार गर्दै गर्दा मुसलधारे वर्षाका कारण डुङ्गा पल्टिएको अनुमान छ । नाइजर राज्यको आपतकालीन व्यवस्थापन निकायका प्रमुख सालिहु गरबाले स्थानीय गोताखोरलाई बेपत्ताको खोजी तथा उद्धारका लागि परिचालन गरिएको जानकारी दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पश्चिम अफ्रिकी देशहरुमा अत्यधिक भार र खराब मौसम कारण डुङ्गा दुर्घटनाका घटना हुँदै आएका छन् ।...
धादिङकाे मलेखुमा ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीकाे ज्यान गयाे, राजमार्ग अवरुद्ध
समाचार

धादिङकाे मलेखुमा ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीकाे ज्यान गयाे, राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत धादिङकाे गजुरी गाउँपालिका-२ फुर्केखाेलामा आज बिहान ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीकाे ज्यान गएकाे छ । काठमाण्डाैबाट मुग्लिनका लागि छुटेकाे प्रदेश ०२–००१ख  ६४१३ नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएकाे हाे । दुर्घटनामा बागेश्वरी मावि मलेखुमा कक्षा ८ को कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका वडा नम्बर  ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठको ज्यान गएको हो । उनीहरुकाे घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयाे । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनापछि आक्रोशित मृतकका आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।...
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। बुधबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यस्तै, बसधबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशक...