नेपाल पत्रकार महासंघ संखुवासभाले १८ औं गणतन्त्र दिवसकाे अवसरमा “गणतन्त्रकाे उपलब्धि र चुनाैती” विषयमा अन्तर संवाद कार्यक्रमकाे आयाेजना गरेकाे छ । महासंघका अध्यक्ष कृष्णराज शाक्यकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यकाे प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समितिकाे सभा हलमा कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।
कार्यक्रममा संखुवासभाका प्रमुख राजनितिक दलका प्रमुखहरूसँग लाेकतन्त्रकाे उपलब्धि र यसका चुनाैतीकाे बारेमा संवाद गरिएकाे थियाे । कार्यक्रममा अन्य सहभागी सामाजिक अगुवाहरूले समेत आफ्नाे धारणा राखेका थिए ।
कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी दिब्यराज पाेखरेल, खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा बज्राचार्य, जिल्ला समन्वय प्रमुख सुमन शाक्यले आफ्नाे धारणा सहित शुभकामना मन्तब्य राखेका थिए । बक्ताहरूबाट गणतन्त्र नै सबैभन्दा उत्तम ब्यवस्था रहेकाे र यसकाे बिकल्प सुधारिएकाे गणतन्त्र भएकाे निश्कर्ष निकालिएकाे थियाे । – Makaluonline