बैसाख २६
गत अप्रिल १ मा अर्जेन्टिनाकाे एक डच कम्पनीको ‘एमभी होन्डियस’ नामक जहाजमा यात्रा गरेका यात्रुहरूमा हन्टाभाइरसको ‘एन्डेस स्ट्रेन देखिएपछि विशेषज्ञहरूले चिन्ता मानेका छन्।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार यो संक्रमण हन्टाभाइरसको ‘एन्डेस स्ट्रेन’ हो। सामान्यतया मुसाबाट मानिसमा सर्ने यो भाइरस यसपटक भने मानिसबाट मानिसमा सरेको पाइएको छ, हालसम्म ५ जनामा संक्रमण पुष्टि भएको छ भने ३ जनाको दुखद मृत्यु भइसकेको जनाईएकाे छ ।
जहाजमा २८ विभिन्न देशका १५० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरू सवार थिए, जो अहिले विश्वका विभिन्न कुनामा पुगिसकेका छन्। ।
बेलायती स्वास्थ्य निकायले आफ्ना ३ नागरिकमा संक्रमणको आशंका गर्दै निगरानी बढाएको छ। अमेरिकाका ५ वटा राज्यमा पनि उक्त जहाजमा यात्रा गरेका व्यक्तिहरूको खोजी भइरहेको छ।
चिकित्सकहरूका अनुसार हन्टाभाइरस लागेमा सुरुमा ज्वरो आउने, अत्यधिक थकान महसुस हुने र मांसपेशी दुख्ने गर्दछ। संक्रमण बढ्दै जाँदा फोक्सोमा पानी भरिने, श्वास फेर्न गाह्रो हुने र अन्तत मृत्युकाे जाेखिम रहने जनाईएकाे छ ।