बैसाख २६
इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको ‘माउन्ट डुकोनो’ ज्वालामुखी विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएका छन् ।
सरकारी अधिकारीहरूका अनुसार बेपत्ता हुनेहरूमा नौ जना सिंगापुरका नागरिक रहेका छन् । उक्त विस्फोटका कारण करिब १० किलोमिटर वरपरको क्षेत्रको हावामा धूवाँधूलो फैलिएको छ ।
उद्धार टाेलीले बेपत्ता २० जनाको खोजी कार्य गरिरहेकाे अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।