निजी क्षेत्रले जलाशययुक्त विद्युत् आयोजनामा लगानी गरे ४० प्रतिशतसम्म आईपीओ जारी गर्न दिइने - साझाकुरा
शुक्रबार, जेष्ठ १५, २०८३

निजी क्षेत्रले जलाशययुक्त विद्युत् आयोजनामा लगानी गरे ४० प्रतिशतसम्म आईपीओ जारी गर्न दिइने


editor@sajhakura May 29, 2026

सरकारले ऊर्जा प्रवर्द्धकलाई ४० प्रतिशतसम्म सेयर सर्वसाधारणलाई बिक्री गर्ने दिने अनुमति दिने भएको छ । आर्थिक वर्ष २०८३र०८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले जलाशययुक्त आयोजनामा शतप्रतिशत लगानी सुनिश्चित गरे ४० प्रतिशतसम्म आईपीओ जारी गर्न दिने भएको हो ।
‘ठूला तथा जलाशययुक्त जलविद्युत् आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न प्रवर्द्धकले शतप्रतिशत रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष ४० प्रतिशत सेयर सर्वसाधरणलाई बिक्री गर्ने दिने अनुमति दिने व्यवस्था गर्नेछौं,’ उनले भने ।
साथै सरकारले निर्माणमा नगएका आयोजनाको अनुमतिपत्र खारेज गरी नयाँ पीपीए गर्ने भएको छ । योसँगै सरकारले नयाँ विद्युत् खरिदबिक्री सम्झौता ९पीपीए० नगर्ने भएको हो । पीपीए गरेका तर निर्माण सुरू नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी ुटेक अर पेु विधिमा नयाँ पीपीए गर्ने प्रबन्ध गर्ने बताएका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *